ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन उद्घाटन

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

कपिलवस्तु, २ माघ । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ३ को जमुनीस्थित नवनिर्मित वडा कार्यालय भवन तथा जमुनी आधारभुत स्वास्थ्य केन्द्रको भवन उदघाटन गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले एक कार्यक्रमका बिच दुवै नवनिर्मित भवनको उदघाटन गरे । मन्त्री आचार्यले १ करोड ७ लाखका लागतमा १ कठ्ठा १५ धुर जग्गाको क्षेत्रफलमा निर्मित वडा कार्यालय भवन र ४४ लाखको लागतमा उपभोक्ता समितिद्वारा निर्मित आधारभुत स्वास्थ्य केन्द्रको भवन उदघाटन गरेका हुन ।

दुवै भवन निर्माणले वडाबासीका लागि सेवा प्रवाह सहज हुने मन्त्री आचार्यले बताए । निर्मित भवनबाट गरिने सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्नेमा उनको जोड थियो । यस बर्ष जाजरकोटमा आएको भुकम्पका कारण संसदिय बिकास कोषको बजेट रकमान्तर भएकाले कतिपय क्षेत्रका योजनामा लगानी हुन नसकेको उनले बताए । आफु मन्त्री हुदा केन्द्रिय बजेटको काम लगभग टुंगेको अवस्था भएकाले बजेटमा आफ्नो योजनाहरु प्राथमिकतामा पर्न नपाएकाले यस बर्ष जिल्ला र निर्वाचन क्षेत्रका लागी बिकासका योजना ल्याउन आफुले पहलकदमी शुरु गरेको उनले जानकारी दिए । बिकासका योजनासगै युवा स्वरोजगार, महिला सिप बिकास र अन्य सामाजिक क्षेत्रका कार्यक्रम ल्याउन आफुले पहल गर्दै आएको उनले बताए । हुलाकी क्षेत्र जोडिएको यस पालिकामा ठुला उद्योगहरु ल्याउन पहल गरि युवालाई स्वरोजगारका कार्यक्रम सँग जोड्न आफु तत्पर रहने उनको भनाई थियो ।

कार्यक्रममा वडा कार्यालयको लागी १ कठ्ठा १५ धुर र सो को बाटो निकासका लागी थप १ १ कठ्ठा जग्गा प्रदान गरेका दाता सुन्नर मुराउको परिवारका सदस्य, स्वास्थ्य केन्द्रलाई जग्गा प्रदान गर्ने दाता निराजन सिंह चौधरी र वडाको भवन निर्माण गर्ने निर्माण व्यवसायी खुसी कन्ट्रक्सनका प्रोपराईटर प्रमोद यादवलाई कार्यक्रममा सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले पालिकाका सबै वडा र स्वास्थ्य केन्द्रलाई पुर्वाधार र सुबिधायुक्त बनाउने निती अनुरुप निर्मित भवनले आम नागरिकलाई सेवा प्रवाह सहज हुने बताए । पुर्वाधार सगै शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिन राष्ट्रिय सभाका पुर्व सदस्य दिर्घनारायण पाण्डेयले सुझाव दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले सम्पन्न योजनाको लागत प्रस्तुत गर्दै निर्मित संरचनाका कारण कार्य सम्पादन थप प्रभावकारी हुने बताए । वडामा निर्मित भवनका कारण कार्य सम्पादन प्रभावकारी हुने वडा नं. ३ का अध्यक्ष नैनदास मुराउको भनाई थियो । पालिकाका सव ईन्जिनियर सुरेन्द्र कुमार चौधरी, एमआईएस अपरेटर बृजेश यादव लगायतले वडा पुर्वाधार युक्त बनेका कारण सेवा प्रवाह सुदृढ हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?