Butwal Today

आजको मौसम : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

२ माघ २०८०, मंगलवार
अ+
अ-

बुटवल,२ माघ । तराईका अधिकांश स्थानहरूमा आज हुस्सु र कुहिरो लागेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव र बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण चीसो पनि बढेको छ । जसको कारण देशको पहाडी भू भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।