ट्रेंडिंग:

>> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ

जानकीनगरमा ४० करोडको द क्राउन इन : फरक विशेषताको विजनेस होटेल (भिडियो सहित)

आफ्नो देशमा केही हुंदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर मुलुकको विषम परिस्थिति केही वर्षमा पक्कै राम्रो हुन्छ र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विश्वास र आशा सहित विदेशमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेको छोरालाई नेपाल फर्काएर होटेलमा लगानी
१ माघ २०८०, सोमबार
१ माघ २०८०, सोमबार

बुटवल,१ माघ ।   आर्थिक मन्दी, अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा नचलेको जस्ता कारण अरबौं लगानी भएका थुप्रै होटलहरु विक्रिमा र कतिपय बन्द हुंदै गरेको अवस्थामा तिलोत्तमाको हाइवे जानकीनगरमा ४० करोड लगानीमा फरक विशेषतासहितको पूर्णत बिजनेस होटेल ‘द क्राउन इन’ सञ्चालनमा आएको छ ।

सेमि स्वीट,डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम सहितको होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र सय वटा चार पांग्रे गाडी अट्ने पर्याप्त पार्किङ सुविधा रहेको होटेलका सञ्चालक अनन्त थैवले बताए ।

बुटवल–भैरहवा सिक्स लेन सडकको जानकीनगर गेट छेउको प्राइम लोकेसनको २ कठ्ठामा बनेको ६ तले भवनको होटेलमा ग्राहक र पाहुनाका लागि बेस्ट बेड, बेस्ट बाथ र बेस्ट ब्रोडब्याउण्ड (इन्टरनेट) थ्री बी तथा सेफ्टी र सेक्युरिटीलाई उच्च प्राथमिकता दिइएको थैवले बताए ।

स्थानीय देखि राष्ट्रिय र वहुराष्ट्रिय कम्पनीका व्यवसायी, उद्योगी, कर्पोरेट सेक्टर, बैंकर तथा आन्तरिक र वाह्य पर्यटक सबैका लागि उचित दरमा उच्च गुणस्तरको सुविधासहित बास बस्ने होटलका रुपमा यसलाई दीगो रुपमा चलाउने आफूहरुको लक्ष्य रहेको थैवले बताए ।

‘अरु होटेल भन्दा हाम्रो होटेलमा केही नौलोपन र विशेषताहरु छन्, यो पूर्णत बिजनेस होटेल हो, सबै रुमहरुमा पांचतारे होटेलको स्टाण्डर्ड मेन्टेन गरेका छौं, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरेका छौं किनकी अहिलेको दुनियामा मान्छेहरु बरु भोकै बस्न सक्छन् तर गुणस्तरीय इन्टरनेट विना चल्नै सक्दैनन्’–थैवले भने–‘प्रतेक रुमबाट बुटवल र तिलोत्तमादेखि भैरहवासम्मको मनोरम दृश्य देख्न सकिन्छ,प्रतेक रुममा फायर एक्जिट प्रविधि राखेका छौं, जसले गर्दा सुरक्षामा ढुक्क भएर बस्न सकिन्छ ।’

होटेलमा प्रत्येक रुममा चुरोट वा अरु कुनै धुंवा रुमको सिलिङमा अटोमेटिक सोस्ने प्रविधि जडान गरिएको छ । रुमहरुमा जान र रुफ टप बारमा जानका लागि अलग अलग लिफ्ट सुविधा छन् ।

होटेलको अर्को विशेषता भनेको विवाह पार्टी ठूला गोष्ठी केही नहुने भएकाले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरण हुने थैवले स्पष्ट पारे । रुममा साउण्ड प्रुफ प्रविधि राखिएकाले हाइवेतर्फका रुममा पनि गाडीको कुनै आवाज नसुनिने थैवले बताए ।
रेष्टुरेन्ट,बार र हुक्का बारमा मोबाइल चार्जिङका लागि पनि पर्याप्त चार्जिङ प्वाइन्ट र स्मोकिङ जोन बनाइएको छ ।

यस्तै भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन बनाइएको छ । जसले गर्दा शाकाहारी र मांशाहारी खानेहरु ढुक्कले आफ्नो रोजाईको खाना खान सक्ने होटेलका जनरल म्यानेजर देविलाल सोमैले बताए ।

मदिरा पिउने ग्राहकहरुलाई एमआरपी मूल्यमै उपलब्ध गराउने नयां विशेषता पनि रहेको उनले खुलाए । ‘गेस्टहरुलाई अन्यत्र भन्दा गुणस्तरीय र फरक अनुभूति सहित पूर्ण सन्तुष्ट बनाउने हाम्रो उद्देश्य हो त्यसैले मदिरा एमआरपी मूल्यमै दिने योजना छ ’– जनरल म्यानेजर सोमैले भने–‘ठूलो लगानीको राम्रो होटेलमा मदिरा असाध्यै महंगो हुन्छ भन्ने परिभाषालाई हामी बदल्न चाहेका छौं ।’

पाहुना र ग्राहकलाई सबै सेवामा नौलोपन र फरक विशेषता दिन होटेलको बिल्डिङ र रुम, बाथरुमहरुको डिजाइन मुम्बईको भिमानी एण्ड एशोसिएट्सले गरेको होटेलका एमडी शान्तम थैवले बताए । होटेलमा आफ्नै ब्राण्डको बेकरी क्याफे पनि रहने उनले बताए ।

माघ १ गतेदेखि सफ्ट ओपनिङ भएको होटेलमा तीन महिनासम्म कमी कमजोरी देखिए ग्राहकको फिडब्याक अनुसार सुधारेर नयां वर्ष २०८१ को अवसरमा बैसाखमा ग्राण्ड ओपनिङ गर्ने तयारी भइरहेको एमडी शान्तम थैवले बताए ।

आफ्नो देशमा केही हुंदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर मुलुकको विषम परिस्थिति केही वर्षमा पक्कै राम्रो हुन्छ र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विश्वास र आशा सहित विदेशमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेको छोरालाई नेपाल फर्काएर होटेलमा लगानी गरेको सञ्चालक अनन्त थैवले खुलाए ।

‘पढेलेखेका बौद्धिक र बिजनेस म्यानले नै नेपालमा केही हुंदैन खत्तम भयो भन्दै सबै विदेश गएर देश कसरी बन्छ’–प्रश्न गर्दै थैवले भने–‘नेपालमा पर्यटन र हस्पिटालिटीमा राम्रो संभावना छ, हामीले गुणस्तरीय सेवालाई सकेसम्म सस्तोमा दिने सोंच राख्यो भने व्यवसाय सफल हुन्छ ।’
होटेलमा ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका जनरल म्यानेजर सोमैले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?