ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रिडीमा माघे संक्रान्ति मेला

१ माघ २०८०, सोमबार
१ माघ २०८०, सोमबार

गुल्मी, १ माघ ।  माघे संक्रान्ति पर्वको अवसरमा आजदेखि गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रमा माघे संक्रान्ति मेला शुरु हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लबको मुख्य आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।

भोलिदेखि शुरु हुन लागेको मेला यसपटक छ दिनसम्म सञ्चालन हुने बताईएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिएका छन । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सँगम स्थल रिडी क्षेत्रको कालीगण्डकी नदीमा माघे संक्रान्तिको दिन स्नान गर्नका लागि आजदेखि नै श्रद्धालुहरूको चहलपहल शुरु भैसकेको छ ।

संक्रान्तिको दिन तीन जिल्लाको संगम स्थल कालीगण्डकी नदीमा स्नानगरि नजिकै रहेको भगवान ऋषिकेषको मन्दिरमा पूजाआजा र दर्शन गर्नाले देब ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाम मध्यको एक धामको रूपमा प्रसिद्ध रुरुक्षेत्रमा मेला हेर्न र स्नान गर्नका लागि नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरूको घुँईचो लाग्ने गर्दछ ।

मकर संक्रान्तिको अवसर सञ्चालन हुन लागेको रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । माघे सँक्रान्तिको अवशरमा आयोजना हुने मेलामा व्यापारका लागि प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँवाट व्यापारीहरू आइतबारनै रिडी आईपुगेका छन । मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञानकेन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादित सामग्री लगायत कृषि उपजका वस्तुहरू प्रदर्शनमा राखिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी गराए । मेला अबधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरूको साँगितिक प्रस्तुति समेत राखिएको छ । मेलालाई व्यवस्थीत रूपमा सञ्चालनका लागि स्थानीय एक दर्जन भन्दा बढी संघ संस्थाहरूको पनि सहयोग रहेको क्लबका अध्यक्ष थापाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?