ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

माघी पर्वको सांस्कृतिक महत्व

१ माघ २०८०, सोमबार
१ माघ २०८०, सोमबार

यतिखेर माघी मेलाको माहोल बढदै छ । हरेक बर्ष माघे सक्रान्तीमा नेपालका बिभिन्न धार्मिक क्षेत्र जस्तै रिँडी, त्रिवेणी, देबघाट, राम्दी जस्ता तीर्थस्थलहरूमा तिर्थालुहरूको भीड लाग्ने गर्छ । कतिपय तिर्थस्थलहरूमा त सक्रान्तीको दिनमा मात्र नभएर पाँच दिनसम्म मेला लाग्ने गरेको छ । मेला लागेका ठाउँहरूमा देशका बिभिन्न ठाउँहरूमा उत्पादित बस्तुहरू बिक्री गर्न लगिन्छ । हुम्ला, जुम्ला, मुस्ताड. जस्ता जिल्लाहरूमा निर्माण गरिएका काम्ला, नाम्ला, डोका, सोली, डालाडाली, सुपा, अनि खाने कुराहरूमा घाजी, ओखर, सिलादी, बिरेनुन जस्ता सामानहरू ल्याएर बिक्री गर्ने गरिन्छ । यो अवसरमा बिभिन्न साँस्कृतिक नाचगान गर्नेदेखि विभिन्न मनोरन्जन दिने लगायत नदी किनारमा स्नान गर्ने र मठ मन्दिरहरूमा पुजा आजा गर्नेदेखि आ–आफ्ना धार्मिक माहोल झल्किने गरेको देख्न सकिन्छ । परापूर्व कालदेखि परम्पराका रूपमा धार्मिक तथा सामाजिक रूपमा माघे सक्रान्ती मनाउने चलन चल्दै आएको छ । यो पर्व मनाउने पनि आ–आफ्ना तरिका छन । जातजातीका प्रचलन तथा भेषभुषाको आधारमा यो माघे सक्रान्ती मनाउने गरिएको छ ।

बिशेषगरेर देशको तराईका थारु जातीले माघे सक्रान्तीलाई सबैभन्दा ठूलो चाडको रूपमा मनाउदै आएका छन । यो चाडमा काम बिशेषले टाढा टाढा छरिएर रहेका आफन्तजन तथा परिवारका सदस्य घरमा फर्केर आउने गर्दछन । नाचगान गरेर मिठामिठा परिकार बनाएर खाने र ठाउँठाउँमा मेला लगाएर निकै रमाइलो गरेर यो पर्व मनाउने गरिन्छ । थारु समुदायमा माघी पर्व कसरी मनाइन्छ भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । माघीमा गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँट गर्ने, गएको वर्षभरिको कामको समिक्षा र नयाँ नीति नियम बनाउने आदि काम पनि थारु जातीले यसैबेला गर्ने गर्छन । वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारु समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्व रहेको उनीहरू बताउँछन । आदिवासी जनजाती अन्र्तगत पर्ने यो समुदायमा माघीलाई नयाँ वर्षका रूपमा लिने गरिन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा थारु समुदायको जनसंख्या १७ लाख ३७ हजार ४७० थियो । २०७८ सालमा लिइएको जनगणनाको पूर्णरूपमा तथ्यांक सार्वजनिक हुन बाँकी छ । तथापी नेपालको पूर्व, मध्य र पश्चिमी तराईमा यो समुदायको ठूलो बसोबास रहेको पाइन्छ । झापा, मोरड., सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सिराहा, रौतहट, महोत्तरी, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड., बाँके, बर्दिया, सुर्खेत, कैलाली र कन्चनपुर गरी २२ जिल्लामा आदिकालदेखि नै थारु जातिको बसोबास रहेको पाइन्छ ।

बसाइसराईका कारण काठमाण्डौ उपत्यका लगायत अन्यत्र जिल्लाहरूमा पनि थारुहरूको बसोबास बाक्लिँदै गएको छ । तर, जहांँसुकै बस्दै आएपनि थारु समुदायका लागि माघी सबैभन्दा महत्वपूर्ण चाडका रूपमा रहेको पाइन्छ । कन्चनपुर र कैलालीको थारु समुदायमा पनि माघीका अवसरमा विशेष चहलपहल हुने गरेको पाइन्छ । सबैतिरका थारुहरूले माघी मनाउने तरिकामा लगभग समानता नै रहेको उनीहरू बताउँछन । माघीका दिन बिहानै उठेर नजिकैको खोलामा नुहाएर चेलीबेटीलाई चामल, दाल, नुन र दक्षिणाको रूपमा दिने चलन छ जसलाई मिस्राउ भनिन्छ । नयाँ लुगा लगाउने, ढिकरी भनिने थारु समुदायको विशेष परिकार जुन पिठोबाट बनाएर मम जस्तै बाफमा पकाएर खाने गरिन्छ तर त्यसमा मासु वा तरकारीको सट्टा गुलियो वस्तु राख्ने गरिन्छ । माछा, घोँंगी, गंगटा र सुँगुर बँगुरको मासु लगायत खानेकुरा खाएर, परिवारका अग्रज सदस्यहरूबाट आर्शिवाद लिने र आफुभन्दा सानालाई दक्षिणा सहित आशिर्वाद दिएर माघी मनाउने गरिन्छ । माघे सक्रान्तीको दिन बिहानै थारु समुदायका बच्चादेखि वृद्धसम्मले नदी तलाउ नजिकै भए त्यहीँं गएर नत्र घरमै नुहाउने चलन रहेको छ र यसो गर्दा पाप पखालिन्छ भन्ने जनविश्वास रहेको छ । कतै कतै अघिल्लो दिन चोकमा धुनी बाल्ने, रातभर भेला भएर जाग्राम बस्ने र बिहान भएपछि नुहाउन जाने गरिन्छ । नुहाएर आइसकेपछि चामलको सेतो टिका लगाएर चामल, नुन, दाल र दक्षिणाको मिश्राउ छुटयाउने चलन छ । छुटयाएको मिश्राउ सोही दिन वा भोलीपल्ट आफ्ना दिदीबैनी या चेलिवेटीलाई दिने गरिन्छ । मिश्राउलाई कतैकतै निसराउ पनि भनिन्छ । यसरी रमाइलो गरेर थारु जातीले माघी पर्व मनाउने गर्दछन् ।

थारु जातीले विभिन्न तरिकाले यो पर्व मनाउँछन भने हिन्दु धर्म मान्ने ब्राहमण क्षेत्री तथा अन्य जातीले मनाउने तरिका आफ्नै खाले छ । नेपालीहरूले परम्पराका रूपमा मनाउदै आएको माघे सक्रान्तिलाई जाती अनुसार बिभिन्न नामले पुकार्ने गरिन्छ– जस्तै मकर सक्रान्ती, माघी, माघे सक्रान्ती र खिचडी आदि छन । उक्त दिनमा नेपालमा सार्वजनिक विदा दिने चलन छ । माघे सक्रान्तीका दिन नेपालमा विभिन्न नदीनाला, तलाउ तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पुजाआजा गर्ने प्रचलन रहेको छ । माघे सक्रान्तीका दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै मकर सक्रान्ती भनिएको हो भन्ने भनाई रहँदैआएको छ । सोही दिनदेखि सुर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने हँुदा दिन लम्बिँदै जाने र रात छोटिँदै जाने बिश्वास गरिन्छ । माघे सक्रान्तीका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, सखरखण्ड, आदी खाने चलन रहेको छ ।

यो दिनमा हिन्दु धर्म मान्ने सबै जातीमा चेलीवेटी बोलाउने, सखरखण्ड, तरुल, चाकु खिचडी आदी खान दिने र आफूहरूले पनि खाने चलन रहेको छ । जेहोस यो पर्वमा सबैको भेटघाट हुने, आफन्तको भेट हुने, चेलीबेटीहरूको भेट हुने, भान्जा भान्जी मावलीमा रमाउन पाउने आदीले गर्दा पनि यो माघी सबै नेपालीको एउटा पर्वका रूपमा रहेको छ । यो पर्बलाई बिभिन्न जातजातीले आ–आफ्नै तरिकाले मनाएपनि प्रायः सबै देशबासीले आफ्नै पर्बको रूपमा लिनुलाई राम्रो पक्ष मान्नुपर्छ । हाम्रो देशमा पर्यटन क्षेत्रलाई उकास्न पनि बेलाबखत मेला महोत्सव हुनु जरुरी छ । कसैले यो पर्ब अथवा कुनैपनि पर्बमा बिकृतीको रूपमा मदिरा सेवन गर्ने र मात्तिने गरेको पनि देखिन्छ । यस्तो गर्नु कुनैपनि हालतमा राम्रो होइन । सभ्य तरिकाले मितव्ययी भएर यो पर्व मनाउनु पर्छ । आफ्नो आर्थिक अवस्था हेरेर कुनै पनि चाडपर्व मनाउनु पर्छ । भनिन्छ– आयो चाड ढोलक बजाई, गयो चाड ऋण बोकाई भन्ने हुनुहुदैन । सबैले यो माघीलाई रमाइलो गरेर मनाउँ । परिवारमा खुसी भित्र्याउँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?