ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

पशुमा बाँझोपन हटाउन ‘डोर टु डोर’

गाईभंैसी बाँझोपनको उपचार पनि हुन्छ,भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ,भन्ने डोर टु डोर सेवामा दिईने कार्य गरिएको छ ।
२८ पुष २०८०, शनिबार
२८ पुष २०८०, शनिबार

नवलपरासी, २८ पुस । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय, नवलपरासीले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्न थालेको छ । घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशुपालनमा देखिएको समस्याहरूको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्य शुरु गरेको हो ।

पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैंसी मध्ये अधिकांशमा बाँझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभूति सिंहले बताईन् । उनका अनुसार पशु स्वास्थ्यकर्मी सहित चिकित्सकहरूको टोली पशुपालक किसानको डोर टु डोर पुग्ने र सेवा दिईने अभियानको रूपमा चलाइको छ ।

यसले पशुपालक कृषकमा उत्साह थपिएको छ, उनले भनिन्, किसानहरूले यस्तो पहिलो पटक घरदैलोमै आएर पशु (गाईभैंसी) को समस्या बुझ्ने कार्य भई रहेको छ । पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रूपमा देखिएको छ । पशु बिरामी हँुदा त किसानले थाहा पाउने र उपचारका लागि आफै सक्रिय हुने गरेको भए पनि बाँझोपनलाई समस्याको रूपमा नलिई समान्य रूपमा हेर्ने गरेको हुदा यस्मा किसानले सकेसम्म ती गाईभैंसीलाई पाल्ने र नसके बिक्री गर्नुका साथै छाडा पनि छाडिदिइने गरेका छन् ।

खासगरि भैंसीको मासु नेपालमा खाने प्रचलनले बाँझो भैंसी त मासुका लागि बिक्री भई नै हालेका छन्, डा.सिँहले भनिन्, तर गाईलाई काट्ने मासु खाने नेपालमा खुलेयाम प्रचलन नभएको हुँदा छाडा छाड्ने समस्या देखिएको हो । यसले छाडा गाईको संख्या बढ्नु एउटा कुरा हो, तर त्यसले किसानका लागि घाटा पनि हो । बाँझोपन समस्यालाई निराकरण गर्न सकियो भन्ने पशुपालक किसानलाई नोक्सानी ब्यहोर्न नपर्ने उनको भनाइ थियो । गाईभैंसी बाँझोपनको उपचार पनि हुन्छ, भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ, भन्ने डोर टु डोर सेवामा दिईने कार्य गरिएको छ । घरेलु उपचार, स्याहासुसार जस्ता चेतनाको जानकारी गराउँदै नमुना छनौटमा परेका पशुको चिकित्सा उपचार पनि गरिएको चिकित्सक डा.सिँहले बताईन् ।

उनका अनुसार सुनवल नगरपालिकामा ५१ वटा गाई र १४ वटा भैसीमा बाँझोपन देखिएको थियो । त्यसैगरि बर्दघाट नगरपालिकामा पनि ३४ गाई र १७ वटा भैसीमा बाँझोपन समस्या भेटियो, पशु चिकित्सक डा.सिँहले भनिन्, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली घरमै पुगेर सेवा दिदा किसानमा खुशी देखियो । पशुपालन तर्फ उत्साह पनि ब्यक्त गरेका थिए । यो सेवा निरन्तताको अपेक्षा पनि किसानले गरेको उनको भनाइ थियो । एउटा फर्ममा ५ वटा पशुमा बाँझोपन देखिएकोले यो समस्या जिल्लाभरि धेरै हुनसक्ने अनुमान रहेको छ । यसलाई अभियानकै रूपमा अब पशु सेवा केन्द्रले सञ्चालन गर्ने बताउँदै उनले नगरपालिका र गाउँपालिका भित्र रहेका पशु सेवा शाखाले पनि सक्रियता देखाउनु पर्ने आग्रह गरिन् ।

स्थानीय तहमा पशु चिकित्सक नभए पनि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रसँग सहकार्य गरेर पनि गाउँपालिका र नगरपालिकाले यो अभियानको निरन्तरता दिईनु पर्छ । गाउँपालिका तथा नगरपालिकाले आफ्नो आर्थिक विकास शाखाको प्रमुख आधार कृषि पशु र उद्योगलाई राख्ने तर त्यस क्षेत्रमा प्रभावकारी लगानी गर्ने कार्य प्राथमिकतामा नपर्ने देखिएको छ ।

पूर्वाधारलाई प्राथमिकता त्यसपछि समाजिक क्षेत्र रहेको तर स्थानीय सरकारको आर्थिक विकास शाखा भनेर चिनाउने क्षेत्रमा लगानी कम भेटिनु दुःखद भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । स्थानिय तह पनि जनतासँगको नजिकको सरकार हो, तर सरकारको प्राथमिकतामा आर्थिक विकास परेको देखिएको छैन । प्रदेश सरकारसँग सहकार्य गरि विज्ञ सेवा पनि दिलाउन सक्छ, त्यसका लागि पशु सेवा विज्ञ कार्यालय तत्पर रहेको उनको भनाइ थियो । बाँझोपनको समस्याका प्रमुख कारण लम्पी स्किन, खोरेत तथा अन्य महामारी रोग आउनुका साथै पशुलाई दिईने सन्तुलित आहारा नहुँदा सन्तुलित पोषण अभावका कारण पनि बाँझोपन बढेको उनले बताए ।

साँढे वा राँगो खोज्दा पशुले विभिन्न लक्षणहरू देखाउँछ,जस्मा प्राथमिक लक्षण अरू पशुलाई आफू माथि उक्लन दिइनु महŒवपूर्ण लक्षण मानिन्छ । शुरुको अवस्था आफू अर्को पशुमाथि उक्ले पनि स्टाण्डिगँ हिटमा भने अरू पशुलाई आफूमाथि उक्लन दिन्छ । यी बाहेक सुत सुन्निनु, सूतको भित्रिभागमा रातो अथवा गुलाफी रँग जस्तो देखिनु तुरतुर पिसाब फेरि रहनु, दुध घटाउनु, कराउनु जस्ता लक्षण समेत देखाएको बारे किसानलाई सुझाव दिइएको थियो । त्यसैगरि सबै पशुमा यस्ता लक्षणहरू राम्रोसँग नदेखिन पनि सक्छ । यस्तो ऋतुकाललाई मन्द ऋतुकाल भनिन्छ । यस्तोमा पशुको प्रत्यक्ष हेरचाह गर्ने ब्यक्ति अझ चनाखो हुनु जरुरी छ र प्राविधिकले पनि भित्रि अंगहरूको परिक्षण गरी निक्र्याैल गर्न जरुरी हुन्छ ।

प्रजनन् दर उच्च हुनका लागि मुख्यत ऋतुकाल पहिचान गर्ने दक्षता कृत्रिम गर्भाधानकर्ताको क्षमता पशुको प्रजनन् क्षमता र वीर्यको प्रजनन् क्षमतामा भर पर्नेगर्छ । यसका लागि गर्भ रहने दर बढाउन ऋतुकाल शुरु भएको १२ देखि २० घण्टा भित्रको समयलाई कृत्रिम गर्भाधान गराउन उपयुतm समय मानिन्छ, सोही बेला कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु मन्द ऋतुकालमा हुन सक्छ त्यस्तो अवस्थामा किसान चनाखो हुनु पर्छ र प्राविधिकले प्रजनन अंग परीक्षण गरेर मात्र पशु ऋतुकालमा आए नआएको निधो गर्नु पर्छ । पशु ब्याएको कम्तीमा पनि ४५ देखी ६० दिन पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशु तुहाएको छ भने त्यस्तो अवस्थामा दुईवटा ऋतुकाल छोडेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ ।
यसैगरि कहिलेकाहीँ गर्भाधानमा पनि पशु ऋतुकालमा आउन सक्छ यस कारण कृत्रिम गर्भाधान गर्नु पूर्व इतिहास लिने र गर्भ परिक्षण गर्ने कार्य गर्नुपर्छ । यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याइएको भए कम्तीमा पनि १५ मिनेट आराम गर्न लगाई त्यसपछि मात्र कृत्रिम गर्भाधान गराउनु पर्छ ।

पशु बिरामी भएको अवस्थामा वा ज्वरो आएकोमा कृत्रिम गर्भाधान गर्नु हँुदैन यदि गरेमा पनि गर्भधारण दर कम हुन्छ । यदि पशु ऋतुकालको समय १७ दिन भन्दा कम र २५ दिन भन्दा बढि छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशुलाई दाना वा अनाजमा भन्दा धेरै खनिज पदार्थ हरियो घाँसमा हुन्छ । हरियो घाँस खान नपाएको अवस्थामा मिनरल मिक्स्चर किनेर दानामा मिसाएर खुवाउनु पर्ने हुन्छ, जस्ता सन्देश पनि यो अभियान भित्रै दिँदै आएको केन्द्रले जानकारी गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?