ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भूमि ऐन र वन ऐन बाँझिदा

७७ हजार निवेदन थन्क्याउँदै भूमि आयोग
२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

लमही, २७ पुस । सुकुम्बासी तथा अव्यवस्थित बस्ती ब्यबस्थापन गर्न बनेको भूमि आयोग पछिल्लो समयमा अन्यौलमा परेको छ । भूमि ऐन र बन ऐन एक आपसमा बाँझिदा आयोग अलमलमा परेको भूमि आयोग समिति दाङका अध्यक्ष लेखराज रेग्मीले बताए । सरकारले निकुञ्ज घोषणा गर्नुभन्दा पहिले देखि बसोबास गर्दै आएका अधिकांश बस्तीहरू बन कार्यालयको रेकर्डमा बन क्षेत्रमा छन् । त्यसैमध्येको भालुबाङ बजार पनि एक भएको उनको भनाइ छ ।

२०२८ साल देखि बसोबास भएको यस्ता बस्ती जिल्लामा धेरै छन् । ती बस्तीहरू नाप्ने काम गर्न खोज्दा राष्ट्रिय निकुञ्जले सार्बजनिक सूचना जारी गरि ती बस्ती प्रवेसमा रोक लगाएको आयोग अध्यक्ष रेग्मीले बताउँछन् । दाङका अधिकांश सुकुम्बासी, अव्यवस्थित बस्तिहरू बन क्षेत्रमा बसेको तथ्यांकले देखाउँदछ ।

जिल्ला डिभिजन वन कार्यालय दाङले बन ऐन र भूमि ऐन बिचको बाँझिएको समस्या समाधान नहँुदा सम्म वन क्षेत्र प्रवेश गरि नापजाँचमा रोक लगाएको छ । अहिले भूमी आयोग जिल्ला समितिमा अध्यक्ष सहित ९ जनाको समिति रहेको छ । जुन समितिमा अध्यक्ष सहित सरकारमा प्रवेश गरेका दलका प्रतिनिधि छन । उनीहरूले राज्यमन्त्री सरह सेवा सुबिधा पाउने गरेका छन् । समिति गठन गरेको लामो समयसम्म सेवा सुबिधा लिएको भएपनि ती समिति बेकामे जस्तै बनेका छन । अव्यवस्थित रूपमा बसोबास गर्नेलाई व्यवस्थित गर्न गठित भूमि आयोगको एकातिर कानुनी जटिलता छ भने अर्को तिर काम पर्याप्त कर्मचारी नहँुदा काम सुस्त गतिमा छ ।

दस वटा स्थानीय तहमध्ये सात गाउँपालिका र दुईवटा उपमहानगर १ नगरपालिकामा रहेका जिल्लाको ग्रामीण शहरी उन्मुख क्षेत्रमा बसोबास गरेका मध्ये अव्यवस्थित रूपमा बसोबास गर्ने मध्येलाई व्यवस्थित तुल्याउन गठित आयोगका लागि एकजना कर्मचारीले मात्र व्यवस्थापनदेखि अन्य काम अगाडि बढाउन परेको आयोगका अध्यक्ष रेग्मी बताउँछ । दाङमा समिति गठन भएयता सुकुम्बासी र अव्यवस्थित गरि ७७ हजार २ सय ७९ जनाको निवेदन परेको छ । जसमध्ये घोराहीमा १६ हजार १ सय ९६ , तुलसीपुरमा २३ हजार ३ सय २६, दगिशरणमा ३ हजार ७ सय ७५, बबईमा ६हजार २ सय २८, शन्तिनगरमा ३ हजार ७ सय ३७ निवेदन परेका छन । त्यसै गरि लमहीमा ७ हजार ७ सय ५२, गढवामा ७ हजार ३ सय २०, राजपुरमा ३ हजार ४ सय ३, राप्तिमा ४ हजार ५ सय ३२ र बगालाचुलीमा ९ सय ५२ निवेदन परेको भूमि आयोग जिल्ला समितिले जनाएको छ ।
(
स्थानीय तहमार्फत भूमिहीन तथा सुकुम्बासी, विद्यालय, वन अव्यवस्थित रूपमा बसोबास गर्नेको निवेदन संकलन गर्ने देखि पालिकामा केही जग्गा नापजाँच बाहेक सबै काम हुन सकेको छैन । जम्मा भएको निवेदनलाई कार्यान्वयन गर्नका लागि आयोग तत्पर भएपनि कानुनी जटिलता आबश्यक जनशक्ति नहुँदा जनताले अपेक्षा गरे अनुरूप काम अगाडि बढाउन नसकिएको आयोगका पदाधिकारीहरू बताउँछन् ।
सरकारले गत बर्ष साउनमा आयोग गठन गरेको हो । आयोग गठन गर्दा पदाधिकारीहरूको मात्र व्यवस्थापन भयो । आयोग गठनसंगै आयोगलाई आवश्यकता पर्ने प्राविधिक प्रशासनिक तहका कर्मचारीको व्यवस्थापन नगर्दा अर्को समस्या भएको हो । आयोग गठन संगै आयोगले नै कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी र अख्तियार पाएको भए यस्तो समस्या हुने थिएन कि आयोगका सदस्य गोबिन्द रेग्मी बताउँछन् ।
आयोगको श्रोत नै छैन श्रोत नहुँदा नहुँदै पनि नापी कार्यालय र विशेष नापी कार्यालयका प्राविधिकलाई न्यूनतम पारिश्रामिक दिएर काम गराउन परेको छ । कम्प्युटर अपरेटरलाई एक बर्षदेखि उधारोमा काम गराएको रेग्मिले बताए ।आयोगले काम गर्दा फिल्डमै हप्तैदिन बसेर काम गर्नुपर्ने हुँदा पनि नापी कार्यालयका प्राविधिकहरू आयोगको काममा अप्ठेरो मान्ने गर्दछन् ।
२०४८ सालदेखि गठित सरकारका समयमा गठित सुकुम्बासी समस्या समाधान आयोगबाट पटक पटका नापजाँच भएपनि हालसम्म लालपुर्जा वितरणको काम अगाडि बढ्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?