ट्रेंडिंग:

>> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

माघको पहिलो हप्ता पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

बुटवल, २७ पुस । ग्रासरुट खेलकुद विकासको आधारको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पाचौ संस्करणको तयारीलाई बुटवल उपमहानगरपालिकाले तयारी शुरु गरेको छ । माघ ४ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगिता आयोजना गर्न विधागत उपसमितिहरु गठन गरि तयारी शुरु भएको नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बताए । ‘१० वटा उपसमितिहरु गठन गरेका छौ ।’—उनले भने । यो वर्ष प्रतियोगितामा गतवर्षको च्याम्पियन कालिका माबि सहित १९ वटा सामुदायिक र २२ वटा नीजि गरि ४२ वटा विद्यालयहरुले भाग लिने उनले बताए । कुल १७ वटा विधाका ५४ खेलमा ३ सय ५० जना विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्ने उनले बताए । ‘यो युवा खेलाडीलाई प्लेटफर्म दिने प्रतियोगिता हो ।’—उनले भने । प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, उसु, रिले, तेक्वान्दो, कराते खेलहरु हुने उनले बताए । नगरस्तरीय प्रतियोगिताबाट उत्कृष्ट छनौट भएका खेलाडीहरुले जिल्ला र राष्ट्रिय प्रतियोगितामा भाग लिने पाउने उनले बताए । १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिने प्रतियोगितामा बीमाको समेत ब्यवस्था गरिएको उनले बताए ।

विद्यार्थीहरुलाई खेलमार्फत अनुसासित र भातृत्व विकास गर्ने गरि प्रतियोगिता खेलाईदै आएको नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताईन । धेरै पटक विवाद आएकोप्रति औल्याउदै उनले प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले संचालन हुनुपर्नेमा जोड दिईन ।
यसवर्ष प्रतियोगिता संचालनको लागि नगरबाट २० लाख रुपैया र केन्द्र सरकारबाट १ लाख रुपैया बजेट बिनियोजन भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए ।

प्रतियोगिता तयारीको विहिबार बसेको बैठकमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले विद्यार्थीहरुलाई शैक्षिकसंगै शारिरीक रुपमा सबल बनाउने महत्वपूर्ण पाटोका रुपमा खेलकुद गतिविधि भएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मद्धत पुग्ने बताए ।
नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २५ हजार , १७ हजार र १० हजार नगद सहित पुरस्कार प्रदान गरिने बताए । उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्याङ्कनको अधारमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने उनले बताए । बैठकमा बुटवल वडा नंं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, प्रतियोगिताका सहसंयोजक लालहरि पाण्डेय, खेलकुद शाखा अधिकृत कोपिला ज्ञवालीले गतवर्षमा भएका कमीकमजोरीलाई हटाउदै ब्यवस्थित ढंगबाट कार्यक्रम गरिने बताए ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?