ट्रेंडिंग:

>> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’

लुम्बिनीमा एक जनाको उम्मेदवारी फिर्ता

२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

दाङ, २७ पुस ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार पुस २३ गते लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका थिए । थापाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका प्रमुख लक्ष्मीदत्त चलाउनेले बताए ।

दिउँसो १ बजे अगाबै थापाले उम्मेदवारी फिर्ता लिएको र दिउँसो २ बजेपछि उम्मेदवारको अन्तिम नामाबली प्रकाशित गरिएको उनले जानकारी दिए । अब लुम्बिनीमा दुई सिटका लागि ६ जनाका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।

महिला कोटामा नेकपा एमाले दाङकी नेतृ तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसबाट गुल्मीकी नेतृ विष्णुकुमारी सापकोटा, र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कपिलबस्तुकी नेतृ विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यमा एमालेबाट पाल्पाका नेता झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्र रोल्पाका नेता झक्कुप्रसाद सुवेदी र जनमत पार्टीबाट नवलपरासी पश्चिमका नेता बालगोविन्द चौधरीको उम्मेदवारी परेको छ ।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेका छन् । एक सय नौ स्थानीय तहका दुई सय १८ प्रमुख र उपप्रमुख छन ।
प्रदेश सभा सदस्यको एक मत बराबर ५३ र स्थानीय तहका पदाधिकारीको एक मत बराबर १९ मत भार गणना हुने गर्छ । राष्ट्रिय सभा सदस्य चुन्न लुम्बिनी प्रदेशमा कुल तीन सय पाँच जनाले मताधिकार पाउने छन् ।

लुम्बिनीमा प्रदेशमा प्रदेश सभा सदस्य तर्फ कूल मत भार चार हजार ६ सय ११ र स्थानीय तह तर्फको कुल मतभार चार हजार एक सय ४२ रहेको छ । यो प्रदेशमा कूल मतभार आठ हजार सात सय ५३ रहेको छ ।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिन लागेपछि रिक्त हुन जाने पदपुर्तिका लागि माघ ११ गते निर्वाचन तोकिएको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?