ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
खानेपानीको चुनाव :

एमाले,कांग्रेस र माओवादी गठबन्धनका १९ उम्मेदवार रास्वपा, जनमुक्ति र स्वतन्त्रबाट पराजित

सत्ता पक्ष र प्रतिपक्ष मिलेर आफू अनुकुलका दलकै मान्छे निर्वाचन समितिमा राखेर चुनावलाई प्रभावित पार्न र धांधलीजन्य काम गरेर एकलौटी गर्न खोजेपनि सचेत उपभोक्ताले आंशिकरुपमा असफल बनाइदिए
२७ पुष २०८०, शुक्रबार
२७ पुष २०८०, शुक्रबार

तिलोत्तमा,२७ पुस । केन्द्रमा सत्ता पक्ष र प्रतिपक्ष जे भएपनि स्थानीय स्तरमा नेकपा एमाले र नेपाली कांग्रेसबीच पदीय भागबण्डा गरेर वर्षौंदेखि पार्षद र पदाधिकारी चयन हुंदै आएको आनन्दवन शंकरनगर खानेपानी संस्थामा पहिलोपटक आम उपभोक्ताबाट पार्षद चयन भएका छन् । तिलोत्तमाका अन्य खानेपानी संस्था, सामुदायिक बन र सिंचाई कुलोमा समेत यी दुई दलबीच पालैपालो संस्थाको नेतृत्व लिने गरी भागबण्डा चल्दै आएको छ ।

उपभोक्ता समिति तहका सार्वजनिक संस्थाहरु समेतमा सीमित दलको मिलेमतोविरुद्ध आनन्दवन शंकरनगर खानेपानी संस्थामा यसपाली पहिलोपटक विद्रोह भएको छ । ९ वटै सेवा क्षेत्रमा चुनाव गरी पार्षद र क्षेत्रीय संयोजकको चुनावमा उपभोक्ताले दलीय गठबन्धनलाई अस्वीकार गर्दै एक्लै लडेको रास्वपा, जनमुक्ति र स्वतन्त्र उम्मेदवारलाई जिताएका छन् । संस्थाको नेतृत्वमा कांग्रेस र एमालेले मात्रै भागवण्डा गरेर अन्य दललाई एक, दुई जना सदस्य र पार्षद दिने रणनीति बनेपछि माओवादी केन्द्र सहित राष्ट्रिय जनमुक्ति पार्टी,जनमुक्ति लगायत अन्य दलहरुको मोर्चा बनेको थियो । तर लगत्तै माओवादी पनि कांग्रेस एमाले गठबन्धनमा मिसिन गएको थियो ।
तीन ठूला दलको गठबन्धनलाई चुनौति दिंदै रास्वपाले चुनावमा जानुपर्ने अडानपछि संस्थामा पहिलोपटक पूर्ण चुनाव भएको रास्वपा तिलोत्तमा सभापति रुस्तम कंडेलले बताए ।

९९ पार्षद र ९ जना क्षेत्रीय संयोजक (जो संस्थाको कार्यसमितिमा पदेश सदस्य हुन्छन् ) को चुनावमा सत्ता पक्ष र प्रतिपक्षको गठबन्धन लाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र कांग्रेसकै बागी उम्मेदवारले राम्रै चुनौति दिए । ९ जना क्षेत्रीय संयोजक मध्ये तीनजना गठबन्धन इतरका उम्मेदवार विजयी भए । जसमा क्षेत्र नं ३ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका क्रमशः लक्ष्मण मल्ल र डिल्लीराज गौतम विजयी भए । यस्तै सेवा क्षेत्र १ बाट कांग्रेसका बागी बाला कुंवर विजयी भए । क्षेत्र नं १ को संयोजकमा तीन दलको साझा उम्मेदवार कांग्रेसका डोलराज भण्डारीलाई स्वतन्त्र उम्मेदवार बाला कुंवरले दोब्बर मतले पराजित गरे ।
भण्डारीले ७२ मत पाउंदा कुंवरले १३३ मत पाए भने जनमुक्ति पार्टीका चन्द्रबहादुर श्रीसले ७४ मत ल्याए ।
सेवा क्षेत्र नं. ३ मा गठबन्धनबाट एमालेका रुकु पाण्डेलाई हराउंदै रास्वपाका लक्ष्मण मल्ल विजयी भए । यस्तै सेवा क्षेत्र नंं ८ मा गठबन्धनका सूर्य बन्जाडेलाई हराउंदै रास्वपाका डिल्लीराज गौतम विजयी भए ।

९९ पार्षदमा रास्वपाबाट १४ जना र जनमुक्तिका ४ जनाले तीन दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन् । गठबन्धनबाट क्षेत्र नं २ संयोजकमा गणेश गुरुङ,४ मा गोकर्ण भुसाल,५ मा जगत पौडेल,६ मा टिकाराम चापागाई, ७ मा केशव कोइराला र ९ मा विकास पाण्डे विजयी भएका छन् ।
क्षेत्रीय संयोजकमा निर्वाचित पार्षदहरु स्वतः कार्यसमति सदस्य हुन्छन् । रास्वपा तिलोत्तमाका अध्यक्ष रुस्तम कंडेलले तीन दल मिलेर भागबण्डा गरी खानेपानी जस्तो सार्वजनिक संस्थामा रजाई गर्न अरु दललाई जबरजस्ती बेवास्ता गरेर जान खोजेपछि आफूहरुले चुनावको माग गरेपछि वाध्य भएर सबै क्षेत्रमा चुनाव भएको बताए ।

सत्ता पक्ष र प्रतिपक्ष मिलेर आफू अनुकुलका दलकै मान्छे निर्वाचन समितिमा राखेर चुनावलाई प्रभावित पार्न र धांधलीजन्य काम गरेर एकलौटी गर्न खोजेपनि सचेत उपभोक्ताले आंशिकरुपमा असफल बनाइदिएको बताए ।
‘निर्वाचन समितिले निर्वाचन आचार संहिता विपरित, गोपनियता विपरितका काम गर्ने देखि मतदाता प्रभावित गर्ने काम गरे, बृद्धबृद्धाको मत उनीहरुले भने विपरित खसालेको र विदेशमा भएकाको नाममा समेत मत खसालेको पाइयो’–कंडलले भने–‘महिलाहरुलाई आमा समूहबाट निकाल्छौं, मलामी पनि जान्नौं भन्नेसम्म तल्लो स्तरमा गिरेर चुनाव प्रभावित गर्न खोजियो तै पनि पहिलो प्रयासमै गठबन्धनलाई राम्रै धक्का दिन सफल भयौं ।’ उपभोक्ताको सार्वजनिक संस्थामा ठूला दलले भागबण्डा र मिलेमतो गरेर भ्रष्टाचार र अपारदर्शितालाई मलजल गरिरहेको गलत अभ्यास तोड्न जरुरी भएको कंडेलले बताए ।

रास्वपाबाटै पार्षदमा विजयी ज्ञानबहादुर केसीले खानेपानी संस्थामा जम्मा भएको करोडौं रकममाथि दुई ÷तीन वटा दलको रजाई र अनियमितता रोक्न उपभोक्ताले विकल्प खोजेर आफूहरुलाई जिताएको बताए । अब आफूहरुले उपभोक्ताबाट धारा जडानमा लिइने चर्को शुल्क, संस्थाको वजेटमा गरिने मनोमानी नियन्त्रण गर्न पहल गर्ने बताए । केसीले आफूहरुले उपभोक्ताबाट उठाइएको रकम वैठक भत्ता वापत नलिने र अरु पदाधिकारी र सदस्यलाई पनि लिन नदिने व्यवस्थाका लागि काम गर्ने बताए ।

राष्ट्रिय जनमक्ति पार्टी तिलोले त्तमा अध्यक्ष भोमबहादुर बुढाले नगरभित्र क्रियाशील सबै दललाई न्यायोचित ढंगले समावेश गरेर सहमतिमा पार्षद र नेतृत्व चयन गरौं भन्दा ठूला दलले दम्भ देखाएर एकलौटी गर्न खोजेको हुंदा चुनावका नाममा उपभोक्तालाई दुख र सास्ती दिने काम भएको बताए ।

संस्थामा ८ हजार ५ सय बढी धाराका उपभोक्ता सदस्य छन् । १२४ जना कुल पार्षद मतदातामा १५ जना पुर्व कार्यसमति सदस्य,३ जना लेखा समति सदस्य र ८ जना मनोनित गर्ने विधानमा व्यवस्था रहेको अध्यक्ष केशवराज न्यौपानेले बताए । अध्यक्ष न्यौपानेले संस्थाको विधान अनुसार निष्पक्ष चुनाव भएको दावी गरे ।
क्षेत्रगत चुनाव सकिएपछि संस्थाको अध्यक्ष,उपाध्यक्ष,लेखा समिति र कार्यसमिति सदस्यहरुको चुनाव हुनेछ । संस्थामा महासचिव,सचिव कोषाध्यक्ष जस्ता पदहरु नभएको अध्यक्ष न्यौपानेले बताए । निर्वाचनका लागि माधव पाठक संयोजक भएको निर्वाचन समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?