© 2026
निरु गुरुङ (मनु)
बुटवल ।
रुपन्देहीको टिकुलीगढमा जारी नव टिकुलीगढ युवा क्लब द्वारा आयोजित नक आउट फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ ।
फाइनल खेलमा अमुवा एफसीलाई शुन्यको बिरुद्ध न्यु सृजना एफसीले २ गोल गरेको छ । न्यु सृजनाको तर्फबाट खेलको ४ मिनेटमै प्रवेश क्षेत्रीले १ गोल गरे भने खेलको २५ मिनेटमा बिशाल सुनारले थप १ गोल गर्दै खेलाई अग्रता दिलाए । खेलमा म्यान अफ द म्याच न्यु सृजनाका गोलाकिपर बिष्णु पल्ली मगर बने । त्यस्तै खेलमा सर्बाधिक गोलकर्ता न्यु सृजनाकै प्रवेश क्षेत्री भएका छन् भने सर्वोत्कृष्ट खेलाडी अमुवा एफसीका सुजन रानामगर बने । त्यस्तै उदयीमान खेलाडीको पगरी न्यु राइज युथ क्लबका ईन्द्र भण्डारीले गुथे ।
समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले युवाहरुलाई जोड्ने गरी आयोजना गरिएको खेलकुदले स्वास्थ्यसंगै राष्ट्रका लागि समेत ठुलो योगदान गरेको बताए । प्रतियोगितामा बिजेता र उपविजेतालाई मेडल ट्रफी नगद सहित सम्मान गर्दै नगर प्रमुख खाणले ग्रामीण तहमा गरिएको यस्ताखाले प्रतियोगिताले देशकै खेल जगतमा ठुलो छाप पार्ने र युवाहरुमा प्रतिभा प्रष्फुटन गर्न मद्दत गर्ने बताए । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले नव टिकुलीगढ युवा क्लबले देखेको समाज सुधारमा निकै लागिपरेको र खेलकुद क्षेत्रको विकासमा योगदान दिएकोप्रति खुशी ब्यक्त गरे । सो अवसरमा बोल्दै कार्यपालिका सदस्य रवि सेन्चुरीले स्थानीय स्तरमा खेलको माध्यमबाट युवा मैत्री स्थानीय शासन निर्माणमा जोड दिंदै समाजका हरेक क्रियाकलापमा जोड्न युवालाई प्रेरित गरेकोप्रति खेलका आयोजकलाई धन्यबाद दिएका थिए ।
सो अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, कार्यपालिका सदस्य रवी सेन्चुरी, जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, वडा सदस्यहरु तथा स्थानीय सरोकारवालाहरुले खेलकुदको विकासले समाजलाई सही दिशातिर डोर्याउने बताए । खेलको समापन गर्दै क्लबका अध्यक्ष बिजय गुरुङले खेलमार्फत सहयोग गर्ने तथा प्रतियोगितामा प्रायोजक बनेर खेल हेरेर सहभागी भएर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।