ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
सुन्तला मोह

८१ वर्षका हुमनाथले देखाएको गोरेटो

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

अर्घाखाँची, २५ पुस ।

वारी पारीबाट हेर्दा फुल फुलेर पहेंलपुर भएजस्तै देखिने मनोरम वातावरणको दृश्य । यो दृश्य फुल फुलेको होईन, पुसमा सुन्तला पाकेर पहेंलपुर भएको गाउँको हो । जाडोको समय भए पनि खाउँखाउँ हुने मिठो रस सहितको सुन्तला गाउँका बगैँचाभरि छन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका पणेनाको सिम्लेको दृश्य हो यो । यहाँ गएपछि कृषकहरुले चियाको सट्टा पाहुनाहरुलाई सुन्तलाले स्वागत गर्छन् ।

भारतमा सिपाहीको जागिर गर्दैगर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेना सिम्लेका ८१ वर्षका हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला किसान बन्न सफल भएका छन् ।

यस गाउँमा सुरुमा सुन्तलाको बिरुवा ल्याउने स्वर्गीय निलाराज पौडेल र हुमनाथ पौडेल हुन् । उनीहरुले सुरुमा गुल्मी जिल्लाको नयाँगाउँ भन्ने ठाउँबाट सुन्तलाका बिरुवा ल्याएका थिए ।

२०२७ सालमा भारतमा जागिर गर्दैगर्दा भारतीयले नेपालीप्रति गरेको घृणाको वचन सहन नसकी जागिर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गरेका हुन् । पौडेल परिवारको सुन्तला खेतीको बगैँचा हेर्नलायक छ ।

पौडेलले आफूले मात्रै सुन्तला लगाएनन्, सारा गाउँलेलाई नै सुन्तला खेती गर्न प्रेरित गरे । अभियानका साथ आफै डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा र्पुयाए । पैसा हुनेलाई बिरुवा बेच्ने, नहुनेसँग श्रम साटे भने कसैसँग अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गरेर गाउँभरी सुन्तला लगाउन स्थानीयलाई प्रेरित गरे । केहीलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तला लगाउन प्रेरित गरे ।

एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पाणिनी गाउँपालिका १ पणेना र २ पोखराथोकमा समेत प्रमुख उत्पादनको स्रोत बनेको छ ।

रेवतीराज पौडेलपछि ४० वर्षीय छोरा चिरन्जीवी पौडेलले बुबालाई साथ दिए । १८ वर्षको उमेरदेखि नै सुन्तला खेतीमा लागेका पौडेल विदेश जाने उमेरमा गाउँमै व्यावसायिक सुन्तला कृषक बनेका छन् । यसवर्ष २८० क्वीन्टल सुन्तला उत्पादन गर्ने पौडेलले करिब २० लाखको सुन्तला विक्री गर्ने लक्ष्य राखेका छन् । ‘१२० क्वीन्टल सुन्तला यहाँ नै रहेको शितभण्डारमा कोल्ड स्टोर गरेर राखेका छौँ, पौडेलले भने ।

सुन्तला पाकेको थाहा पाएपछि व्यापारीहरु गाउँमै पुग्छन् । उत्पादन भएको सुन्तला विक्री गर्न यातायातको समस्या छैन, अर्गानिक सुन्तलाको माग बढ्दो छ । घरबाट पनी विक्री हुन्छ, जिल्लाको सदरमुकाम सन्धिखर्क, पाल्पाको तानसेन र रुपन्देहीको बुटवलमा पनि विक्रीका लागि पठाईन्छ ।

पणेना, पोखराथोकका व्यावसायिक कृषकहरुले घटीमा १ लाख ५० हजारदेखि बढीमा २० लाखसम्म आम्दानी एकै सिजनमा गर्छन् ।

पणेना सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका हरिप्रसाद पौडेलको बगैंचामा झण्डै ३५० सुन्तलाका बोट छन्, ५ रोपनीमा सुन्तला खेती गरेका पौडेलले यसवर्ष १४ लाखको आम्दानी गर्न सफल भए ।

सुन्तला बिक्रीको लागि पनि सिम्लेका सुन्तला उत्पादक किसानलाई कुनै समस्या छैन । यहाँ उत्पादन भएको सुन्तलाप्रति किलो ५५ रुपैयाँ देखि ७८ रुपैयाँमा बुटवलको बजारमा बिक्री भइरहेको छ ।

रोजगारीको लागि भारत र अन्य देशमा गएका नेपाली पनि सिम्लेका हुमनाथको जस्तै विचार लिएर अगाडि बढ्न सके देशमा आर्थिक क्रान्ति गर्न सकिन्छ । रोजगारीको लागि विदेशको मुख ताक्नु नपर्ने र देशमा असल राजनेता नहुँदा नेपालको विकास हुन नसकेको उनीहरुको भनाई रहेको छ ।

स्थानीय सरकारले ध्यान दिएन

अर्घाखाँची जिल्लाकै सबैभन्दा सुन्तला उत्पादन हुने ठाउँ पाणिनी गाउँपालिका हो । तर यहाँका कृषकहरुलाई प्रेरित गर्न स्थानीय सरकारको चासो छैन । सामान्य कार्यक्रमबाहेक ठोस कार्यक्रम पनि छैन । यहाँको व्यावसायिक सुन्तला खेती पाणिनीका अन्य वडामा पनि विस्तार गर्न सकिन्छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने भन्छन् ‘कोल्डरस्टोर प्रदेश सरकार मार्फत बनेको छ, यसलाई व्यवस्थित रुपले सञ्चालन गर्नका लागि ठोस योजना बनाएर अगाडि बढ्छौँ ।’ सिम्लेको उदाहरण हेर्दै माटो परीक्षण मार्फत पाणिनीमा सबै वडामा सुन्तला खेती विस्तार गर्न सकिने न्यौपानेले बताए ।

कोल्डस्टोर बनेपछि कृषक खुशी

सुन्तला बढी उत्पादन भएपछि यहाँका कृषकहरुले कोल्ड स्टोर निर्माणका लागि सरकारसँग आग्रह गरेका थिए । लुम्बिनी प्रदेश सरकार र स्थानीय शिवशक्ति कृषक समूहको साझेदारीमा यो ठाउँमा ३ वर्षअगाडि नै कोल्ड स्टोर बनेको छ । गतवर्ष सुन्तला राखिएको कोल्डस्टोरमा प्राविधिक दक्षता नभएका कारण केही समस्या आएतापनि यसवर्षदेखि सहजता हुनेमा कृषकहरु विश्वस्त छन् । यसवर्ष पनि ३०० टन सुन्तला कोल्डस्टोरमा राख्ने तयारी छ । अहिले मौसमी रुपमा सस्तो मूल्यमा बेच्नुभन्दा कोल्डस्टोरमा राखेर बेमौसमी समयमा महंगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषकहरु खुशी भएका छन् ।

विगतका वर्षमा नष्ट भएर जाने सुन्तला अहिले कोल्डस्टोरमा राखेर अफ सिजनमा महंगो मूल्यमा बिक्री गर्न पाएपछि उनीहरुको चिन्ता कम भएको छ । अर्घाखाँचीको पाणिनीको पणेना, पोखराथोक, खिदिम, पटौटी, मालारानीको खन, खनदह, छत्रदेवको भगवती लगायतका ठाउँमा सुन्तला खेती हुन्छ । अर्घाखाँचीका सरकारी निकायहरुको तथ्यांक अनुसार यसवर्ष करिब ५ करोडको सुन्तला उत्पादन हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?