ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

देश बनाउन युवा लाग्नुपर्छ । —मेयर खाँड

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

बुटवल, २६ पुस । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले युवा स्वरोजगारबाट नै देशको आर्थिक विकास हुने बताएका छन । विदेशमा सिकेका सीपलाई स्वदेशमा उपयोग गरि आर्थिक समृद्धिमा युवाहरु लाग्न उनले आग्रह गरे । वैदेशिक रोजगारबाट फर्किएर पर्यटनमा अग्रसर युवा दिपक पाण्डेले शुरु गरेको फ्रेण्डसिप होटल लज एण्ड रेष्टुरेन्टको विहिबार उद्घाटन गर्दै उनले स्वरोजगार युवा अभियानमा नगरपालिकाबाट अभियानहरु चालेको बताए । ससाना व्यापार, ब्यवसायमा अडाउने गरि युवाहरुलाई विभिन्न तालिमहरु चलाउदै आएको उनले बताए । स्वदेशमा स्वरोजगार बन्ने गरि धेरै अभियानहरु चलाएको उनले बताए । देशको आर्थिक अवस्था बिस्तारै सुधार हुने उनले आशा ब्यक्त गर्दै पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्घता जनाए ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी देवि चौधरी, वडा नं ६ का वडाअध्यक्ष गणेश पाठक, वडा नं ७ का देविप्रसाद पंगेनी, उद्योग वाणिज्य संघ तिलोत्तमका महासचिव राजेन्द्र पाण्डे, शान्ति नमुना माबिका प्राचार्य कुलप्रसाद लामिछाने सफलताको शुभकामना दिए ।

होटलका संचालक दिपक पाण्डेले तिलोत्तमा नगरपालिका वडा नं ६ मा निजि जग्गामा ३२ धुर क्षेत्रफलमा पुर्वाधार निर्माण भएको बताए । जग्गाबाहेक करीब १ करोड रुपैया लगानीमा होटल तयार भएको उनले बताए । होटलमा ईण्डियन, चाईनिज, कन्टिनेन्टल गरि हाईजेनिक परिकार उपलब्ध छ । जहाँ ४ वटा एटेज रुम, ८० क्षमताको मिटिङ हल समेत रहेको संचालक दिपक पाण्डेले बताए । यसैगरि होटलमा खुल्ला रेष्टुरेन्ट समेत रहेको छ ।

सन २००६ मा दुबईमा सेल्समा काम गरेका थिए । स्वदेश फर्किएका उनी ४ वर्ष रेष्टुरेन्ट चलाए । कोभिडले समस्या परेपछि उनी केही समय रियल स्टेट हुदै कलाकारीतामा पनि रमाएका थिए । उनि १३ वर्ष दुबईमा बसोबास गरेका उनी बुटवलमा हिलसाईड क्याफे एण्ड रेष्टुरेन्ट संचालन गरे । तर उनि फेरि उहीँ पर्यटन पेशामा फर्किएका छन । पछिल्लोसमय आफ्नो लगानीलाई उनले तिलोत्तमा नगरपालिका वडा नं ६ मा फ्रेण्डसिप होटल, लज एण्ड रेष्टुरेन्ट शुरु गरेका छन । होटलको शुभारम्भको अवसरमा पुस २६ देखि २९ गतेसम्म विशेष छुटको ब्यवस्था रहेको छ । किचनमा एक जना सेफ, सहयोगी सहित ६ जना कर्मचारी छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?