ट्रेंडिंग:

>> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान 

उपेक्षामा प्रगति माविः पाँच वर्षसम्म उठेन महायज्ञकै दान

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

बुटवल, २६ पुस । देशकै ठूलो वडाको रूपमा रहेको छ बुटवल उपमहानगरपालिका वडा नम्बर ११ । दुई दशकमा यो वडामा हजारौं नयाँ घरहरू निर्माण भएका छन । तिलोत्तमा नदी किनारमा रहेको बुटवल वडा नं ११ को अब्यवस्थित बसोबासीको बस्तीमा मजदुरी गर्नेहरूको बाहुल्यता रहेको छ । दैनिक ज्यालादारी गरेर जिविका चलाउनेहरूको बढी रहेको बस्तीमा बि.सं. २०५४ सालमा प्रगति विद्यालय स्थापना भएको हो । ज्यालादारी गर्ने गरिब, निमुखाहरूका छोराछोरीलाई शिक्षाको ज्योती दिने उद्देश्यका स्थापना भएको यो विद्यालय अहिले २५ वर्ष पुरा गरेको छ ।

शैक्षिक र भौतिक विकास गर्दै २५ वर्ष पार गरेर प्रगति अहिलेको युवा अवस्थामा आईपुगेको छ । विद्यालयमा ४ जना प्राबि राहतका शिक्षक, निमाबिमा शिक्षक सिकाई केन्द्रबाट १ जना, माबि नगर अनुदान ३ जना, निजी श्रोतबाट ४ जना शिक्षकहरू छन । सावर्जनिक जग्गामा स्थानीय शिक्षाप्रेमी, अभिभावकहरूका अगुवाईमा संघीय सरकारको सहयोगमा पूर्वाधार निर्माण भएर वर्तमान अवस्थामा आइपुगेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जित बहादुर मल्ल बताउँछन । श्रमिक, गरिब, जनजातीहरूका छोराछोरीहरूलाई शिक्षा दिँदै आएको विद्यालय नगर सरकारको पहुँचमा पुग्न नसकेको उनको दुखेसो गरे । ‘स्थानीय सरकारसँग धेरै हार गुहार गरेपनि सहयोग पाउन सकेनौं,’— उनले भने । सामुदायिक विद्यालयमा सरकारको दृष्टिकोण सकारात्मक नभएको उनी बताउँछन । ‘सामुदायिक विद्यालय संचालन गर्न केवल १० प्रतिशत सरकारी बजेट पर्याप्त हँुदैन,’ उनले भने ।

विद्यालयको पुरानो भवन बि.सं. २०७२ सालमा भूकम्पबाट प्रभावित भएको हुँदा यसलाई पुर्ननिर्माण गर्न धेरै पहल गरे पनि सहयोग पाउन नसकेको उनले दुःख बताए । ‘बालबालिकाहरू भूकम्प प्रभावित भवनमा पढ्न बाध्य छन,’ उनले भने । विद्यालयको शैक्षिक विकासको उद्देश्यका साथ बि.सं. २०७५ साल बैशाख २२ बाट २९ गतेसम्म विद्यालयले महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट कुल १ करोड ९७ लाख रूपैया उठेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मल्ल बताउँछन । महायज्ञबाट विद्यालयको स्तरोन्नती गरि माबि चलाउने सफल भएको उनले बताए ।

महायज्ञ संचालन खर्च कटाएर बचेको ४६ लाख रूपैयाँ फिक्स डिपोजित रकमबाट निजि श्रोतका शिक्षकलाई तलब खुवाउँदै आएको उनले बताए । विद्यालयमा माबि पढाइ शुरु गरेपनि सरकारबाट विषयगत शिक्षक उपलब्ध नगराउँदा कठिनाई भोग्नुपरेको विद्यालयकी प्रअ शिव कुमारी अर्यालले बताईन । ३ वर्ष एसईईमा सहभागी हुदा नीजि विद्यालयबाट शिक्षक सहयोग मागेर विद्यार्थीहरूलाई पठनपाठन गराएको उनी बताउँछन । ‘बि.सं. २०७७, २०७८, २०७९ सालमा एसईई परीक्षामा सहभागी हँदा विषयगत शिक्षक नहुँदा कठिनाई भोगेका थियौं,’— उनले भनिन ।

विद्यालयमा समाजसेवी गोपाल रानाबाट स्थापना भएको ६ लाख ५५ हजार रूपैयाँ, बालकुमारी भण्डारीको १ लाख ११ हजार, साबित्रा टण्डनको ५१ हजार रूपैयाँ, बासु खनालको ५१ हजार १ सय ११, अर्जुन रसाईलीको ५० हजार रूपैयाँ, दोण प्रसाद रमाईलीको ५० हजार रूपैयाका अक्षयकोषहरू छन ।

अझै पनि विद्यालयको पुर्वाधार अभाव झेलिरहेको छ । भुकम्पले प्रभावित भवन बनाउनुपर्ने अवस्थामा छन । ससाना बालबालिका यही भवनमा जोखिम मोलेरै अध्ययन गरिरहेका छन । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थीहरू अध्ययरत छन ।

पाँच वर्षसम्म उठेन महायज्ञकै दान

विद्यालयको स्तरोन्नतीको लागि पाच वर्ष अघि महायज्ञ गरियो । महायज्ञमा धेरै दाताहरूलाई अबिरजात्रा गरि टोल परिक्रमा गर्ने र दानको रकमबारे प्रचार गरियो । तर अहिलेसम्म तत्कालिन समयमा घोषणा भएको करीब ५७ लाख रूपैया रकम उठ्न बाकि रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मल्लको दुखेसो छ । महायज्ञबाट १ करोड ९७ लाख रूपैया उठेको भएपनि खर्च कटाउँदा ४६ लाख रूपैयाँमात्र बचत भएको उनले बताए । यही रकमको ब्याजबाट ३ जना शिक्षकलाई तलब खुवाउँदै आएको उनले बताए । विद्यालयबाट महायज्ञ संचालन गरि माबि संचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?