ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

उद्योगीलाई हतोत्साही बनाउने काम नगर

२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार

सरकारले डेडिकेटेड र ट्रंक लाइन महसुल सम्बन्धी विवादमा काटिएका २० उद्योगको लाईन खोल्न निर्देशन दिएपछि उद्योगीहरूले अव केही सहज वातावरण सिर्जना हुने अपेक्षा गरेका छन । मन्त्रिपरिषदको मंगलवार सम्पन्न बैठकले उद्योगको काटिएको लाईन जोड्न निर्देशन दिनुका साथै डेडिकेटेड र ट्रंक लाइन महसुलसम्बन्धी विषय छानबिन गर्न समिति गठन गरेको छ । सरकारले गरेको यो निर्णयवाट लामो समयदेखि विवादको रूप लिएको यो विषयले किनारा पाउने संभावना बढेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा समिति गठन गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकले गरेपछि उद्योगीहरूले स्वागत गरेका छन । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा विगतको महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले २४ वटा उद्योगको लाइन काटेको थियो । विद्युत प्राधिकरणले हतारमा काटेको लाईन अहिले जोड्न बाध्य भएको छ । यसले उद्योगीहरूको जीत भएको छ । निश्चितरूपमा यति गंभीर बिषयमा प्राधिकरणले हतार र आवेगमा लाईन काटने निर्णय गर्नु उचित थिएन । उद्योगीहरूले आफूहरूले डेडिकेटेड र ट्रंक लाइन बिद्युत उपयोग नगरेको बताईरहँदा प्राधिकरण हठात आवेशमा आएर हजारौं नेपालीलाई रोजगारी दिएका उद्योगको लाईन काटनु गलत थियो । यसबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको साख खस्किएको छ । प्रधानमन्त्रीले हस्तक्षेप नै गरेर ठिक समयमा छानविन आयोग नै गठन गर्ने निर्णय गरेका छन । समस्या समाधानका सन्दर्भमा यो स्वागतयोग्य निर्णय हो । कुलमान घिसिङले उर्जा मन्त्री र प्रधानमन्त्रीलाई समेत गुमराहमा राखेर उद्योगहरूको लाईन काटने गलत निर्णय गरेको अहिले आएर स्पष्ट भएको छ । सरकारले यो बिषयमा छानविन आयोग नै गठन गर्नुपर्ने अवस्था आएको छ । यो प्राधिकरणका लागि हतारमा गर्ने निर्णय गलत पनि हुन सक्छ भन्ने सन्देश हो । मुलुकका ठूला उद्योगमा मनपरी रूपमा लाईन काटनु गलत हो भन्ने कुरा आम नेपाली जनताले मात्रै होइन, सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले समेत ठहर गरेका छन । प्रधानमन्त्री स्वयम् पनि आयोग गठन गर्न तयार भएका थिए । तर, डेडिकेटेड र ट्रंक लाइनको बिललाई प्रमाणित गर्ने तथ्यहरू नभएको र त्यसले भविष्यमा आफूलाई पनि अप्ठ्यारोमा पार्नसक्ने देखेका कुलमानले यस्तो न्यायिक आयोग बन्न नदिन हरसम्भव प्रयास गरेको देखिएको छ । आफ्नो निर्णय असफल भएकोमा कुलमानलाई अव पदमा बसिरहन कुन नैतिकताले दिन्छ ? नैतिकता छ भने कुलमानले राजीनामा दिनुपर्दछ । उद्योगीहरूलाई तनाव दिने काम अव बन्द गर्नुपर्दछ ।

मुलुकको आर्थिक अवस्था निरासाजनक भैरहेको बेला र हजारौं नेपाली रोजगारीकै अभावमा विदेश गैरहेका छन । यता नेपालका उद्योगहरूले निरासाका बीच पनि आशाको ज्योति बालेका छन । रूपन्देहीकै उद्योगहरूले हजारौं नागरिकलाई रोजगारीमा जोडेका छन । तर, सरकारले ती उद्योग संरक्षण, राहत दिने र प्रोत्साहित गर्ने काम गरिरहेको छैन । सरकार न आफू उद्योग चलाउन सक्षम छ न त नीजि क्षेत्रलाई उद्योग चलाउन उद्योगीलाई संरक्षण गर्छ । तर, पनि नीजिस्तरमा स्थापना भएका उद्योगले धिपधिप भएपनि उद्योगको दियो बाल्ने प्रयास गरिरहेका छन । अव सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादको समाधानमात्र होइन, उद्योगहरूलाई विभिन्न प्याकेजमार्फत सुविधा दिने र प्रोत्साहन गर्ने काम गरोस् । सरकारले उद्योगीको मनोबल गिराएर भएका उद्योग पनि धरासायी बनाउने काम भएकोमा सम्बद्ध दोषीमाथि कारवाही गरोस् । यही तालले सरकारको देश विकासको सपना पूरा होला ? अव सरकार उद्योगलाई हेर्ने बिषयमा सच्चिनु जरुरी छ । साथै आयोगले निष्पक्ष भएर काम गरोस् । देशको विद्यमान अवस्थामा भएका उद्योगको संरक्षण गर्नु सरकारी निकायको पहिलो प्राथमिकता हो भन्ने कुरा मनन गर्नु जरुरी छ । नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने उद्योगीहरूलाई हतोत्साही गरेर सरकारले नेपाल बनाउने होइन बिगार्ने प्रयास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?