ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ लमही, तानसेन र बुटवलमा पुस २९ देखि शुरु हुने 

२०५० मा जिल्लास्तरबाट शुरु भई प्रदेशकै ब्राण्ड बनेको यसलाई राष्ट्रियस्तरको बनाउने लक्ष्य छ
२६ पुष २०८०, बिहीबार
२६ पुष २०८०, बिहीबार
बुटवल, २६ पुस । लुम्बिनी प्रदेशकै ब्राण्ड बनेको न्यू होराइजन प्रदेशस्तरीय अन्तर मावि  क्वीज (हाजिरीजवाफ) प्रतियोगिताको ३० औं संस्करण यही पुस २९ गते शुरु हुने भएको छ ।
न्यू होराइजन माध्यमिक विद्यालय बुटवलले विद्यार्थीको वौद्धिक प्रतिभा प्रष्फुटन,ज्ञान विज्ञानका गहनतम पक्ष अभिवृद्धि  र सरकारी र निजी विद्यालयबीच आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा जिल्लास्तरीय क्वीज प्रतियोगिता शुरु गरेको थियो  । जिल्लास्तरीयबाट अञ्चलस्तरीय हुंदै गत वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता भएको हो ।
३० औं संस्करणको प्रतियोगिताको प्रथम चरणको  छनोट पुष २९ गते एकसाथ बुटवल, दाङको लमही र पाल्पाको तानसेनमा शुरु हुने प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए । प्रतियोगिताको फाइनल भने बुटवलमा माघ २६ गते हुने उनले बताए । लमही केन्द्रमा दाङ, रोल्पा, बाँके, बर्दियाका विद्यालयका विद्यार्थी सहभागी हुने छन् भने पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र  अर्घाखाँची तथा रूपन्देही केन्द्र बुटवलमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका विद्यालयका विद्यार्थी सहभागी हुने प्राचार्य उपाध्यायले जानकारी दिए । प्रतियोगितालाई निष्पक्ष बनाउने उद्देश्यले यो प्रतियोगितामा न्यू होराइजन संस्था अन्तर्गतका कुनै पनि विद्यालय र विद्यार्थीले भाग नलिने तर प्रतियोगिता अवलोकन गरेर वौद्धिक क्षमता विकासमा सहभागी गराइने उनले स्पष्ट पारे ।
तीनवटै केन्द्रमा हिट राउण्डबाट ६ वटा विद्यालय सेमी फाइलनमा प्रवेश गर्ने छन् ।  सेमी फाइलनलमा प्रत्येक केन्द्रमा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार,  तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई  प्रति समूह  १५ सयका दरले प्रदान गरिने क्वीज प्रतियोगिताका संयोजक कमलापति अर्यालले जानकारी दिए ।
फाइनल राउन्डमा प्रत्येक केन्द्रबाट सेमी फाइनलमा प्रथम र द्वितीय भएका ६ विद्यालय  प्रवेश पाउने छन् । फाइनलमा प्रथम हुनेलाई ३३ हजार, द्वितीय हुनेलाई २४ हजार, तृतीय हुनेलाई १८ हजार तथा  सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक अर्यालले बताए ।  फाइनलमा  ३ वटै प्रतियोगी समूहलाई प्रोत्साहन पुरस्कार  प्रति समूह  ३ हजारका दरले नगद र प्रमााणपत्र दिइने छ । लमही केन्द्रमा हुने प्रतियोगिताका लागि शिक्षक प्रकाश खनाल,पाल्पा केन्द्रमा विष्णुप्रसाद बस्याल र बुटवल केन्द्रमा मुक्तिनाथ पौडेललाई संयोजक तोकिएको विद्यालयका उपप्रचार्य वासुदेव अर्यालले बताए ।
‘विद्यार्थीको वौद्धिक क्षमता प्रष्फुटनका लागि वर्षेनी लाखौं खर्च गेर निरन्तरता दिइएको क्वीज प्रतियोगिता अहिले प्रदेशकै ब्राण्ड बनेको छ, अब निकट भविष्यमै यसलाई राष्ट्रियस्तरको बनाउने हाम्रो लक्ष्य छ’–प्राचार्य लोकनाथ उपाध्याले भने –‘२०४६ सालमा स्थापित भई शिक्षा क्षेत्रमा राष्ट्रमै विशिष्ट  पहिचान बनाउन सफल भएको न्यू होराइजनले  गुणात्मक शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्र र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र विभिन्न खेलकुद प्रतियोगितामार्फत क्षमतावान् युवा लाई राष्ट्रमा पहिचान दिलाउने काम गरेको छ ।’
प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले न्यू होराइजनले शैक्षिक गुणस्तर,अतिरिक्त क्रियाकलाप र खेलकुदमा शुरु गरेका अभ्यास र उपलब्धी सरकारी र अन्य निजी विद्यालयले अनुशरण गर्दै आएको बताए । निजी विद्यालयले देशको समग्र शैक्षिक उपलब्धी हासिलमा  अग्रणी भूमिका खेलेपनि समाज र राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको औंल्याए । पत्रकार सम्मेलनमा उपप्राचार्य बालकृष्ण भण्डारी,शिक्षकहरु भाष्करनाथ पाण्डे,क्वीज मास्टर पशुपति अर्याल लगायतले बोल्दै क्वीज प्रतियोगिताले विद्यार्थीलाई चौतर्फी क्षेत्रका ज्ञान दिलाउने भएकाले यसमा सरकारी निकायको सहयोग हुनुपर्ने धारणा राखेका थिए । प्रतियोगितामा भौगोलिक विकटताका कारण रुकुम पुर्व र प्युठानबाट विद्यालय सहभागी हुन कठीन हुने आंकलन गरिएको छ । गत वर्ष करिब डेढ सय विद्यार्थी सहभागी भएको प्रतियोगितामा दाङको तुलसी माथि प्रथम, एभरेष्ट मावि बुटवल दोस्रो र बुद्ध पब्लिक मावि देवदह तेस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?