Butwal Today

एपीएफलाई हराउँदै पुलिस बन्यो ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन

२६ पुष २०८०, बिहीबार
अ+
अ-

सुर्खेत ।

साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि उचालेको छ।

सुर्खेतस्थित वीरेन्द्रनगरमा बिहिबार सम्पन्न फाइनलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस क्लब च्याम्पियन बनेको हो। पहिलो सेट गुमाएको पुलिस क्लबले त्यसपछिका तीन सेटमा लगातार जित हात पर्दै विजेता बनेको हो।

पुलिस क्लबले पहिलो सेट २५–२२ ले गुमाएको थियो। दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिस क्लबले २५–१९ ले नतिजा आफ्नो पक्षमा पार्यो।

तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले चौथो तथा अन्तिममा २५–२३ को नतिजा हात पार्न सफल भयो।

उपाधिसँगै पुलिस क्लबले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

आज नै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो।