Butwal Today

‘लिटिल बुद्ध’ बम्जनको घरबाट ३ करोड बढी नगद बरामद

२५ पुष २०८०, बुधबार
अ+
अ-

बुटवल,२५ पुस । लिटिल बुद्ध उपनामले परिचित बौद्ध धर्मका अनुयायी भनिने रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका बम्जनको बुढानीलकण्ठस्थित घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।

सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिइन् । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।
बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको छ। बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।