ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

जेष्ठ नागरिकको स्वास्थ्यसँगै सरकार

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

रोल्पा, २५ पुस । स्वास्थ्य कार्यालय रोल्पाले ८० वर्ष माथिका जेष्ठ नागरिक र अपांगता असक्त नागरिकहरूसंग स्वास्थ्य कार्यक्रम संचालन गरेको छ । पौष २२ देखि सुरु भएको उक्त कार्यक्रम माघ ७ गते सम्म चल्ने स्वास्थ्य कार्यालय रोल्पाको भनाइ छ ।
स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा जिल्लाका दश वटै स्थानीय तहहरूको सहकार्यमा उक्त कार्यक्रम संचालन भईरहेको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिए । उक्त कार्यक्रममा रोल्पा जिल्लाका सवै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूबाट घरमै गई निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा संचालन गरिने स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए ।

कार्यक्रमका लागि जिल्लाभरका करिब ३ सय जना स्वास्थ्यकर्मी परिचालन भएको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । कार्यक्रमको अनुगननमा लागी स्वास्थ्य कार्यालय रोल्पा, स्थानीय तह र तत् तत् कार्यालयहरूमा समेत संयन्त्र बनाएका छौ कार्यालय प्रमुख सुवेदीले भने ।
८० वर्ष माथिका जेष्ठ नागरिक तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरू लाई लक्षित गरि सो कार्यक्रम संचालन गरिएको छ । रोल्पामा ८० वर्ष माथिका जेष्ठ नागरिकको संख्या २ हजार २६२ जना रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । स्थानीय तह अनुसार रोल्पाको सुनछहरी गाउँपालिकामा सवभन्दा धेरै ८० वर्ष माथिका जेष्ठ नागरिक रहेको देखिएको छ । सुनछहरी गाउँपालिकामा ८० वर्ष माथिका जेष्ठ नागरिकको संख्या ४४१ जना देखिएको छ । यो संख्या जिल्लाका अन्य स्थानीय तहको तुलनामा सवभन्दा वढी हो । यो संख्या जिल्लामा रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको कुल संख्याको करिव २० प्रतिशत हो ।

स्वास्थ्य कार्यालय रोल्पाले दिएको तथ्यांक अनुसार ८० वर्ष माथिका जेष्ठ नागरिकको सवभन्दा कम संख्या भने त्रिवेणी गाउँपालिकामा देखिएको छ । त्रिवेणी गाउाँपलिकामा ८० वर्ष माथिका १ सय जना मात्रै जेष्ठ नागरिक देखिएका छन । जिल्लामा सुनछहरी गाउँपालिका लाई जिल्लाको कम जनसंख्या र त्रिवेणी गाउँपालिकालाई जिल्लाको धेरै जनसंख्या भएको स्थानीय तहको रूपमा लिने गरिन्छ ।

यसै गरि जिल्लामा पालिका अनुसार ८० वर्ष माथिका जेष्ठ नागरिकको संख्या थवाङ गाउँपालिकामा १७२ जना, परिवर्तन गाउँपालिकामा २४५ जना, गंगादेव गाउँपालिकामा १६० जना, माडी गाउँपालिकामा १२८ जना , रोल्पा नगरपालिकामा ३०७ जना, रुन्टीगढी गाउँपालिकामा १४१ जना, सुनिलस्मृती गाउँपालिकामा २८८ जना र लुंग्री गाउँपालिकामा २८० जना रहेका छन ।

यसका साथै जिल्लामा अपांगता अशक्त क वर्गको ६०४ जना र ख वर्गको ४६९ गरि कुल लक्षित सेवाग्राही संख्या ३ हजार ३३५ जना रहेका छन । जिल्लामा सरकारी अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी ४९, आधारभूत स्वास्थ्य केन्द्र २२, सामुदायिक स्वास्थ्य ईकाई ३४, शहरी स्वास्थ्य केन्द्र ५ गरि ११३ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन । यसका साथै जिल्लामा गाउँघर क्लिनिक १७५, खोप क्लिनिक २२० र महिला स्वास्थ्य स्वयमसेविका ४५९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?