ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

‘रोजगारी सिर्जना गर्ने प्रतिबद्धता असफल’

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

संघीय सरकारले बार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको एक बर्ष हुँदैछ । प्रधानमन्त्री प्रचण्डले सरकारको प्राथमिकता घोषणा गर्नेक्रममा बार्षिक ५ लाख युवालाई रोजगारी दिने कुरा प्रमुखता साथ प्रचार प्रसार गरिएको थियो । सरकारले गत पुस १० गते एक बर्ष पूरा गरेको छ । तर, बार्षिक ५ लाख नेपालीले रोजगारी त पाएनन, उल्टो मासिक एक लाख बढी युवा रोजगारीकै लागि बैदेशिक यात्रा तय गर्न बाध्य भएका छन । युवालाई रोजगारीमा जोड्ने सरकारको योजना असफल भएको छ । विगतमा कोरोना कहरका कारण हजारौं युवा स्वदेश फर्किए । ती अधिकांश विदेश गए, नेपालमै केही गर्छु भन्ने युवाहरू भौतारिन बाध्य छन । सरकारको रोजगारी सिर्जना गर्ने योजना असफलतातर्फ उन्मुख छ । खासगरी युवालाई श्रमसंग जोड्न सकेमात्र देश विकास हुन्छ भन्ने आम मान्यता छ तर त्यो मान्यता स्थापित गर्न गरिनुपर्ने कामको विषयमा भने सम्वन्धित निकाय बेखबर हुने गरेको छ । युवालाई देशको मेरुदण्ड, खम्बा तथा कर्णधार आदि विभिन्न नामले सम्बोधन गरिन्छ तर मुलुक हाँक्ने जिम्मेवार दल र निकायले भने युवालाई आफ्ना विभिन्न सङ्गठन दस्तामा प्रयोग गर्दै आएका छन्, जसका कारण उनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दलहरूको गोटी वनेर समय बर्बाद गरिरहेका छन । युवाशक्तिलाई राष्ट्र निर्माणका कार्यमा लगाउनु पर्नेमा गलतरूपमा प्रयोग गरिँदै आएको छ ।

धेरै बर्ष विदेश बसेर स्वदेश फर्केर आएका युवालाई काममा लगाउने कुरा महत्वपूर्ण छ । उनीहरू अव विदेश जान चाहँदैनन् । तर, नेपालमा पनि राम्रो कामको अवसर पाउँदैनन् । आदर्शबादी भएर घर परिवार चलाउन गाह्रो छ । एक दुईजना किसान, व्यवसाय र उद्योगबाट सफलता पाएकाहरूको सफलताको कथा पढेर त्यही काम गर्ने प्रवृत्ति पनि सफलता उन्मुख नहुन सक्छ । तसर्थ विदेशबाट फर्किएकाहरूको क्षमता, कौशलता प्रदर्शन तथा श्रमको विषयमा स्पष्ट हुनु जरुरी छ । उनीहरूको कला र सीपको पहिचान गरी सोही अनुसारको रोजगारी दिनु जरुरी छ । सीप र अनुभवको प्रयोग गर्न नपाएपछि ती सिर्जनशील हातमा गाँजा, चरेस कोकिन जस्ता लागूपदार्थ पर्नु अस्वाभाविक होइन । त्यसकारण सरकार र सम्वन्धित निकायले यस विषयमा हेक्का राख्नु जरुरी छ । कतिपय युवा युवती जीविकोपार्जनको लागि गलत मार्ग प्रयोग गर्न बाध्य छन् जसले के देखाउँछ भने देशका बेरोजगार युवा लागूऔषध ओसारपसारको बाटोमा लागिरहेका छन् ।

त्यसै त युवाशक्ति लागूपदार्थको दुव्र्यसनमा फसेका कारण देशमा आपराधिक गतिविधि बढ्दो छ । बढ्दो बेरोजगारीकै कारण ग्रामीण भेगमा होस् वा सहर बजारमा लागूपदार्थ दुव्र्यसनको जत्था बढ्दो छ । मुलुकमा जति पनि तन्त्रहरू (राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र) आए ती सबै आउनुमा युवाशक्तिको ठूलो हात रहेको छ । तर, जुन तन्त्र आए पनि युवाले रोजगारीको अवसर भने पाउन सकेनन् । सरकारले युवाको मन र मुटु छामेर स्वदेशमै रोजगारी दिलाउन नसक्नु चिन्ताको बिषय हो । यस विषयमा अव सवै गंभीर बन्ने बेला आएको छ । संघीय सरकारसंगै लुम्बिनी प्रदेश सरकारले पनि बार्षिक दुई लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । तर, प्रदेश सरकारको घोषणा पनि युवाका लागि आकासको फलमात्र हुने भएको छ । त्यो पाकेर झर्ने कहिले हो ? स्वयं प्रदेश सरकारलाई समेत अत्तोपत्तो छैन । प्रदेश सरकार आफै पुँजीगत खर्च गर्न नसक्ने अवस्थामा छ । चालू आर्थिक बर्षको ६ महिना हुन लाग्दा पनि १५ प्रतिशत हाराहारीमा पुँजीगत खर्च हुनु भनेको चिन्ताकै बिषय हो । पुँजीगत खर्च गर्न नसक्ने सरकारले त्यतिधेरै संख्यामा रोजगारी सिर्जना कसरी गर्न सक्छ ? प्रश्न यहीँ छ । अहिले संघीय र प्रदेश सरकारलाई रोजगारी सिर्जनाको कुरा ठूलो समस्या भैसकेको छ । सरकारले भन्न सक्नुपयो, तथ्याँक देखाउनु प¥यो तर बिडम्बना सरकारसंग देशमै युवालाई श्रममा जोड्ने कुनै आधार छैन । रोजगारी सिर्जना गर्ने कुनै माध्यम छैन । सरकारको प्रतिवद्धता हावामा बेलुन उडे सरह भैरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?