ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा वस्तुगत समिति गठन

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

बुटवल, २४ पुस ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा वस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योग तर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी वस्तुगत समिति गठनको प्रकृयामा रहेको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

संघमा २५ वटा भन्दा बढी वस्तुगत समिति छन् । वस्तुगत समिति गठनका लागि संघले कार्यसमिति सदस्यहरुलाई वस्तुगत समिति समन्वयकर्ताको जिम्मेवारी प्रदान गरेको थियो । सोही अनुसार उद्योगतर्फ उद्योग उपाध्यक्ष र वाणिज्य तर्फ वाणिज्य उपाध्यक्षको नेतृत्वमा वस्तुगत समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।

संघको अधिवेशन भएको तीन महिना भित्र वस्तुगत समिति गठन गरिसक्नु पर्ने व्यवस्था अनुसार अहिलेसम्म उद्योगतर्फ डेरी व्यवसायी, टुर एण्ड ट्राभल्स, ढुवानी व्यवसायी, फूड एण्ड वेभरेज, महिला उद्यमी समिति, ड्राईभिङ, व्यूटीपार्लर, होटल रेष्टुरेन्ट तथा क्याटरिङ, होजेरी गार्मेन्ट तथा फूटवेयर, कृषि तथा लाईभस्टक, क्याटरिङ तथा मिष्ठान्न वस्तुगत समिति गठन गरिएको संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराए ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सी, कपडा व्यवसायी, दैनिक उपभोग्य समिति, फूटवेर तथा व्याग, मोटर्स, औषधि, स्टेशनरी, हार्डवेयर, सुनचाँदी, कस्मेटिक, ईलेक्ट्रोनिक्स, भाडा तथा प्लाष्टिक र मोवाई स्तुगत समिति गठन गरिएको वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले बताए ।

उद्योगतर्फ डेरी व्यवसायी वस्तुगत समितिको सभापतिमा कृष्णप्रसाद उपाध्याय र उपसभापतिमा जीवलाल न्यौपाने, टुर एण्ड ट्राभल्सको सभापतिमा अञ्जन श्रेष्ठ र उपसभातिमा बरुण ज्ञवाली, ढुवानी व्यवसायी समितिको सभापतिमा कमलराज ढुंगाना र उपसभापतिमा विकास शर्मा आचार्य, फूड एण्ड वेभरेजको सभापतिमा दिपक वास्तोला र उपसभापतिमा मोहनीलाल न्यौपाने, महिला उद्यमी समितिको सभापतिमा श्रृष्टि गुरुङ र उपसभापतिमा सोनाली गुरुङ, ड्राईभिङको सभापतिमा कविन्द्रमान श्रेष्ठ र उपसभापतिमा श्रीधर अर्घालीलाई चयन गरिएको छ । उद्योग तर्फ नै व्यूटीपार्लर वस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य, होटल तथा रेष्टुरेन्ट समितिको सभापतिमा सन्तोष खड्का र उपसभापतिमा तुलसीराम भण्डारी, होजेरी गार्मेन्ट तथा फूटवेयरको सभापतिमा नेत्रप्रसाद भुर्तेल र उपसभापतिमा अयोध्याप्रसाद थैव, कृषि तथा लाईभस्टकको सभापतिमा शम्भुप्रसाद गुप्ता र उपसभापतिमा नुरुद्धिन शाह, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समितिको सभापतिमा लक्ष्मण पोखरेल र उपसभापतिमा ज्ञानप्रसाद खनाललाई चयन गरिएको छ ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सीको सभापतिमा अरुणकुमार श्रेष्ठ र उपसभापतिमा शंकर ज्ञवाली, कपडा व्यवसायी समितिको सभापतिमा राकेशकुमार कसौधन र उपसभापतिमा हरेन्द्र पटवा, दैनिक उपभोग्य समितिको सभापतिमा नारायण भुसाल र उपसभापपितमा माधव पोखरेल, फूटवेर तथा व्याग सभापतिमा विजयकुमार वर्णवाल र उपसभापतिमा लक्ष्मण पाण्डे, मोटर्स वस्तुगत समितिको सभापतिमा भूमिप्रसाद सापकोटा, औषधि वस्तुगत समितिको सभापतिमा एकदेव बस्याल र उपसभापतिमा दीप खनाल, स्टेशनरीको सभापतिमा बोधराज शर्मा र उपसभापतिमा प्रकाश भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै हार्डवेयर वस्तुगत समितिको सभापतिमा राजन पाण्डे र उपसभापतिमा धर्मेन्द्र कसौधन, सुनचाँदीको सभापतिमा किशोरकुमार विश्वकर्मा र उपसभापतिमा दलबहादुर रिसाल, कस्मेटिकको सभापतिमा नरसिंहप्रसाद कान्दु र उपसभापतिमा जनककुमार श्रेष्ठ, ईलेक्ट्रोनिक्सको सभापतिमा सुशिलप्रसाद श्रेष्ठ र उपसभापतिमा नारायण रायमाझी, भाडा तथा प्लाष्टिकको सभापतिमा गोकुल नेपाल र उपसभापतिमा अर्नलराज शाक्य, मोवाई स्तुगत समितिको सभापतिमा शिवदेव अर्याललाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?