ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

पृथ्वीचन्द्र अस्पतालः बिरामीको मन जित्दै

अहिले अस्पतालमा बिरामीको चाँप बढन थालेको छ, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर बिरामीको चाप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन । सरकारी अस्पताल भएका कारण आउने बिरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि छैन ।
२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

नवलपरासी, २३ पुस । राणाकालिन इतिहास बोकेका जिल्लाको पृथ्वीचन्द्र अस्पताल अहिले विभिन्न आरोह र अवरोह पार गर्दै बिरामीको मन जित्न उन्मुख देखिन थालेको छ । अल्पकालिन र दिर्घकालिन चुनौतिको बीचमा पनि सेवा विस्तार र गुणस्तर वृद्धिमा अस्पतालले अग्रसरता देखाउन थालेको हो ।

अल्पकालिन चुनौतीको रूपमा अस्पताल भित्र जनशक्ति अभावसँगै पुर्वाधारको पनि समस्या छ नै दिर्घकालिन चुनौतीमा नीतिगत समस्या,शुरक्षा, अविश्वास, बेला बेलामा हुने मुखभेड जस्ता पनि कायम नै छ, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेडन्ट डा.किरण पाण्डे भने, तर पनि दैनिक विरामीको चाप बढदै गएपछि अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सेवा थप गर्ने भएको छ । दैनिक २ सय देखि ३ सय विरामी आउन थालेपछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको उनको भनाइ छ ।

१९६८ सालमा तत्कालिन श्री ५ पृथ्वी विक्रम शाह र श्री ३ चन्द्र समसेर जबरा सरकारले स्थापना गरेको अस्पतालको नाम पनि पृथ्वीचन्द्र अस्पताल राखिएको हो । राणाकालिन सरकारी सेवा प्रवाह हुदै आएको पाल्हीमाझ खण्डको हुलाकी राजमार्ग लक्षित गरि परासीमा उतm अस्पताल स्थापनाकाल देखी सो अस्पतालबाट नेपाली मात्रै नभई भारतिय विरामीले पनि सेवा लिँदै आएका छन् । तर पनि जुन गतिले यो अस्पतालको विकास हुनु पथ्र्यौ हुन नसक्नु दुःखद कुरा भएको डा.पाण्डे बताए । तर अहिले मुलुक संघियतामा गए पश्चात यो ५० सैयाको अस्पताल लुम्बिनी प्रदेश सरकार अन्तर्गत आएको छ, उनले भने, अस्पताल प्रदेश सरकार मातहत भए पनि यो अस्पतालको विकास बिस्तारका लागि संघीय सरकार र स्थानीय सरकारसँगको सहकार्य उत्तिकै आवश्यक छ ।

विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने बिरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ, सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः अर्को दिन नियमित सेवाका लागि अर्को दिन आउने विकल्प दिईने कार्य हुन्छ ।

इएचसी सेवाका लागि चिकित्सकलाई थप इन्सेन्भि (रकम) दिइनु पर्ने हुन्छ । त्यसको लागि आन्तरिक गृहकार्य भई रहेको उनको भनाई थियो ।
अस्पतलले निकट भविष्यमै दुई प्रकारको प्याथोलोजि(ल्याब) केन्द्रिय ल्याब र आकस्मिक ल्याब सञ्चालन गरिनुका साथै मृगौलाका विरामीका लागि डाईलासिस सेवा पनि चलाउने योजना छ । सरकारले एक जना फिजिसियन र एक जना एनेथेसियोलोजिष्टको उपलब्धता गराई दिएमा सबै पुर्वाधार भएर पनि सञ्चालनमा ल्याउन नसकिएको आईसियुु सेवा पनि सञ्चालनमा ल्याउन सकिने भनाई डा.पाण्डेको रहेको छ । यसका लागि ५० सैयाको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ,उता पिसिआर भवन निर्माण सम्पन्न भई सकेको छ । यि दुबै भवन प्रयोगमा आए पछि अस्पतालको भौतिक पुर्वाधारका धेरै जसो समस्या समाधान हुनेमा उनले विश्वास ब्यक्त गरेका थिए ।
विरामीको चाँप हेर्दा थोरै जनशतिmले आएका सबै विरामीलाई नियमित सेवाबाटै सेवा प्रवाह गर्न कठिनाई भई रहेको भए पनि कार्यरत चिकित्सकहरू दायित्व बोध गरि पुरै समय दिएर कम गर्दै आएका छन् । यसको लागि चिकित्सक टोलीले अस्पताल विकास समितिसँग परामर्श गरी ब्यवस्थान गर्ने कार्य भई रहेको छ । अस्पताल प्रति विरामीको विश्वासले अहिले भिडभाड हुन थालेको छ । त्यो विश्वास कायम नै राखिनु पर्नेमा अस्पताल ब्यवस्थापन गम्भीर छ ।

त्यसका लागि आवश्यक जनशक्तिले नै सेवा मिलाउनका लागि यो एइचसी सञ्चालनमा ल्याउन लागिएको छ । सरकारले तोके अनुसारका अझै पनि धेरै स्वास्थ्यकर्मीको पदपुर्ति छैन् । आन्तरिक स्रोतले चिकित्सक राख्नका लागि आन्तरिक आय चाहिन्छ, डा.पाण्डेले थपे, जिल्लाका पालिकाहरूले पनि यसबारे सोच बनाउन आवश्यक रहेको छ । अखिरमा जिल्ला अस्पतालमा सेवा लिन आउने तिनै पालिकाकै जनता हुन, । त्यो भएर आन्तरिक स्तरबाट अस्पताललाई सहयोग गरे अस्पतालको सेवा अझै प्रभावकारी बनाउन सकिन्छ । विरामीको आकर्षण हेदौ एउटा ५० सैयाको अस्पताललाई यतिको सेवाग्राही प्रयाप्त हुन् ।

तर अब अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा(ओपिडि) अन्तर्गत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्रिी तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक,जीन स्पट सेवा, सस्थागत क्लिनिक सेवा, प्लाष्टर। सामाजिक सेवा इकाई, सोधपुछपरामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक, २ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।

दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज, प्रेस, निजी क्षेत्र, प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ । यो तिन पक्ष मिलेर काम गरियो भन्ने अस्पताल निश्चित रूपमा प्रभावकारी सेवा दिइनमा सक्षम हुदै जाने उनले विश्वास ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?