ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

प्याब्सन रूपन्देहीको २० औं साधारण सभा : ‘निजी विद्यालयहरु गुठीमा जांदैनन्, बरु बन्द हुन्छन्’

२४ पुष २०८०, मंगलवार
२४ पुष २०८०, मंगलवार

बुटवल,२४ पुस । निजी विद्यालयहरु गुठीमा जान तयार नभएको बरु सरकारलाई ताला चाबी बुझाएर बन्द गर्ने चेतावनी दिएका छन् ।
सरकारले बनाउन लागेको नयां शिक्षा ऐनमा निजी विद्यालयहरुलाई गुठीमा लैजाने गरी विधेयकको मस्यौदा बनेको छ । तर सरकारले निजी विद्यालयहरुमाथि भेदभावपूर्ण र सौतेलो ब्यवहार गर्दै जबरजस्ती गुठी अन्तर्गत लैजान खोजे देशभरका निजी तथा आवासीय विद्यालयका तालाचाबी सरकारलाई बुझाएर बन्द गर्ने प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले बताए ।

प्याब्सन रूपन्देहीको २० औं साधारण सभा तथा ३२ औं प्याब्सन दिवसको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष पन्थीले निजी विद्यालयहरुलाई विगतमा राज्यले नै कम्पनी ऐन अन्तर्गत सञ्चालन गर्न अनुमति दिएकाले गुठीमा जान तयार नभएको स्पष्ट पारे । उपाध्यक्ष पन्थीले विश्व विद्यालयको खस्कंदो शैक्षिक गुणस्तर, परीक्षा र नतिजाको निश्चित समय तालिका अभावमा विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश पलायनको समस्या बढेको बताए । विद्यार्थीको पलायनमा सरकारकै कमजोरी भएको उपाध्यक्ष पन्थीले बताए ।

अभिभावक महासंघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले निजी विद्यालयहरूमा सरकारको ठूलो लगानी हुंदाहुंदै विभिन्न शिर्षकमा शुल्क लिनु नाजायज भएको बताए । उनले शुल्कमा एकरूपता र सरकारी नीति नियम पालना गर्नुपर्ने बताए ।
प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले मुलुकको समग्र शैक्षिक गुणस्तरमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएपनि सरकारले सौतेलो व्यवहार गरेको गुनासो गरे । उनले गुठीमा जान वाध्य पारिए सरकारले सम्पत्ति मुल्यांकन गरेर भौतिक पुर्वाधार राष्ट्रियकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने परिपाटी डरलाग्दो बनेकाले यसलाई रोक्न निजी विद्यालयले पनि भूमिका खेल्नुपर्ने बताए ।उनले अङ्ग्रेजी माध्यम र नाफा आर्जनलाई मात्र प्राथमिकता दिन नहुने भन्दै गुणस्तर बृद्धिमा प्राथमिकता दिनपर्ने र पब्लिकलाई सकारात्मक बनाउनुपर्ने सुझाव दिए ।

प्याब्सन प्रदेश अध्यक्ष लालहरी पाण्डे, पूर्व अध्यक्ष लेखनाथ पौडेल, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाई, प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा , सचिव दीपक खनाल, कोषाध्यक्ष भोजराज पौडेलले बोल्दै आफ्नो हक हितका लागि आपसी एकतामा जोड दिएका थिए ।

कार्यक्रममा गत वर्षको एस ई ई मा ३.९ जिपिए ल्याउने न्यू होराइजनका इशा भुसाल र समीप अर्याल, अक्सफोर्ड माविका अभिषेक बेल्बासे र दर्शन खनाल , बुटवल पब्लिक स्कूलका वैभव क्षेत्री, होराइजन जीबिएसका सौगात न्यौपाने, प्रभात बोर्डिङ मुर्गियाका प्रशान्त भट्टराई, काशी नोबेल एकेडेमीका अमन बेल्बासे सहित विद्यालयका प्राचार्यहरु , उत्कृष्ट अंक हासिल गराउने विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?