Butwal Today

स्वस्थ्यका कारण अस्ट्रेलियन ओपन गुमाउदै नाडाल

२३ पुष २०८०, सोमबार
अ+
अ-

काठमाडौँ, २३ पुस । प्रभावशाली स्पेनिस टेनिस खेलाडी राफेल नाडालले चर्चित ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा सहभागिता नजनाउने पक्का भएको छ । ३७ वर्षीय अनुभवी खेलाडी नाडालले स्वास्थ्य समस्याका कारण अन्तिम समयमा आएर प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन ।

अस्ट्रेलियन ओपन यसै महिना मेलबर्नमा सुरु हुँदैछ । स्वास्थ्य समस्याका कारण वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता नखेल्ने उनले बताए । ‘मांसपेशी सम्बन्धि समस्याले मलाई पिरोलेको छ ।’ उनले सामाजिक संजाल एक्स (साविकको ट्वीटर) मा लेखेका छन ।

नाडालले हालसम्म २२ पटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको उपाधि पनि दुई पटक जितेका छन् । उनले सन् २००९ र सन् २०२२ मा अस्ट्रेलियन ओपनको एकल उपाधि जितेका थिए ।

नाडालले दुई पटक विम्बल्डनको उपाधि पनि चुमेका छन् । उनले सन् २००८ र सन् २०१० मा विम्बल्डनको एकल उपाधि जितेका थिए । उनले सबैभन्दा बढी १४ पटक फ्रेन्च ओपनको उपाधि हात पारेका छन् । यसका अतिरिक्त उनले चार पटक यूएस ओपनको उपाधि पनि जितेका छन् ।