ट्रेंडिंग:

>> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

पुर्नस्थापनामा सरकारको ढिलासुस्ती !

२३ पुष २०८०, सोमबार
२३ पुष २०८०, सोमबार

गत कार्तिक ११ गते जाजरकोट, दैलेख र रुकुम पश्चिममा गएको भुकम्पका कारण प्रभावित भएकाहरू अहिलेसम्म उचित राहत, पुनस्र्थापना र न्यायको पर्खाइमा छन् । भुकम्प गएको दुई महिना बढी हुँदा पनि उनीहरूलाई सरकारले प्रतिवद्धता गरे अनुसारको नयाँ सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको घोषणा र प्रतिवद्धता कोरा कागज जस्तैमा सीमित भएको छ । भुकम्पका कारण जाजरकोट, दैलेखसंगै रूकुममा ठूलो मानवीय क्षति र करोडौं बराबरको भौतिक क्षति भएको थियो । भुकम्पले क्षति पुगेका त्यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि राज्यले अस्थायी टहरा–पाल होइन, छिटोभन्दा छिटो राज्यको संयन्त्र र राजनीतिक दलका कार्यकर्ता, स्वयंसेवकहरू समेतको सेवा लिई स्थायी बसोबासको बन्दोबस्त गर्नु जरुरी छ । अहिलेपनि दलहरूले अस्थायी आवास निर्माण सम्पन्न गरेका छन तर अस्थायी आवासले प्रभावितहरूको दिर्घकालीन व्यवस्थापन हुन सक्दैन । अर्कोतर्फ सरकारको प्रतिवद्धता कार्यान्वयन हुन सकेको छैन । भुकम्प प्रभावितहरूमा परेको आर्थिक, सामाजिक, शारीरिक, मानसिक समस्याप्रति राज्य अभिभावक बन्न सकेको छैन । जाजरकोट, रुकुम र दैलेखका बासिन्दालाई यतिबेला आश्वासन हैन सुरक्षित बासको खाँचो छ । चिसो बढिरहेको बेला शारीरिक र स्वास्थ्य सुरक्षाका लागि छट्पटाइरहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरूलाई सरकारले स्वास्थ्य सुरक्षाको प्रत्याभूत गराउन जस्तोसुकै मूल्य चुकाउनुपरे पनि पछि पर्नुहुन्न । देशका हरेक नागरिकको रक्षाका लागि आम राजनीतिक दल, नागरिक, स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाहरू राजनीतिभन्दा माथि उठेर मानवीय भावनाका साथ अघि बढ्नु जरुरी छ । अहिले त्यस क्षेत्रमा चिसो बढेको छ । अस्थायी त्रिपालमा बसिरहेकाहरू प्रभावित भैरहेका छन । दुःखको कुरा के छ भने एक दर्जन बढी सुत्केरीले मृत्युबरण गर्न बाध्य भएका छन ।

भूकम्पपछि पालमा बसेका एक महिनाकी बालिकामात्र नभएर ज्येष्ठ नागरिकको समेत चिसोका कारण मृत्यु भएको छ । यो अत्यन्तै दुःखद हो । चिसो बढेसँगै जाजरकोटमा बिरामीको संख्या दिनानुदिन बढ्दै छ । औषधिको अभाव, स्वास्थ्य संस्थासम्म पुग्ने समस्या र पालको बासले असुरक्षा भैरहेको कुरामा सम्वन्धित निकाउको ध्यान जाओस् । शक्तिशाली भूकम्प गएको आज ७३ दिन पुगेको छ । सरकारले तत्काल राहतको घोषणा गरेर लाखौँ रुपियाँ र राहत सामग्री संकलन गर्दा पनि त्यस क्षेत्रका हजारौं जनता अझैपनि राहत पाउन नसकेको भन्दै राहतकै पखाईमा छन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत दिने घोषणा गर्दा पनि जनताले पर्याप्त राहत पाउन नसकेको अवस्था छ ।

उद्धारमा सरकारी संयन्त्रको जुन तदारुकता थियो, सोही अनुसार काम भएको भए यतिबेला त्रिपाल नै बेरेर भएपनि प्रभावितहरू बस्ने छाप्रोको व्यवस्था भइसक्थ्यो । उच्च पदस्थ नेताह जाजरकोट र रुकुम पश्चिम पुगे पनि त्यहाँका भूकम्पपीडितले भोकभोकै बस्नुपर्ने अवस्था रोकिएको छैन । भुकम्प पीडितलाई देशबाट मात्र होइन विदेशबाट पनि ठूलो राहत सहयोग आएको छ । छिमेकी मुलुक भारत र चीन लगायतका देशले राहत उपलब्ध गराएका छन् । तरपनि पीडितले राहत सामाग्रीमा समेत बिभेद गरिएको गुनासो गरेका छन । पीडितको घरमा न चुल्हो बलेको छ, न त शरीर ढाक्न पाएका छन् । यस्तो दुःखद परिस्थितिमा तत्काल राहत सामग्री वितरण सुरु गर्नुपर्छ । अव भुकम्प प्रभावितहरूमाथि न्याय गरियोस् । अर्कोतर्फ संभावित जोखिमवाट बच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकता छ । तसर्थ यो विषयमा सरकारको ध्यान जाओस् । अहिले राहतसंगै पुनस्र्थापनाको कुरामा पनि राज्य चुकेको छ । अझैपनि प्रभावितलाई राहत र पुनस्र्थापनामा विभेद गर्ने हो भने निश्चितरूपमा सरकारको भूमिकामाथि प्रश्न गर्नुपर्ने अवस्था छ । अझैपनि समय छ– न्यायोचित राहत र पुनस्र्थापनाको बिषयमा अझै ढिलाई नगरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?