ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवलमा पार्किङस्थलको खोजी

२३ पुष २०८०, सोमबार
२३ पुष २०८०, सोमबार

बुटवल, २३ पुस ।

बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघ पार्किङ ब्यवस्थापनमा अग्रसरता देखाएको हो ।

बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । संघको तीन बर्षे रणनीतिक योजना अन्तर्गत आइतबार संघको सचिवालयमा भएको पार्किङ व्यवस्थापन सम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गएिको हो ।

बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका बरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे सह संयोजक रहेको कार्यदलमा बुटवल उपमहानगरपालिकाका, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका वडा नं. ६, वडा नं. ४ का प्रतिनिधि तथा रूपन्देही व्यापार संघ र रूपन्देही उद्योग व्यापार संगठनका प्रतिनिधि सदस्य रहेको संघका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले पार्किङको समस्याका कारण उपभोक्ताहरू बुटवलका पसलमा आउने क्रम कम हँुदै जान थालेकोले संघले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको जानकारी गराए । पार्किङ ब्यवस्थापनले बुटवल बजारको सौन्दर्यकरण बढ्नुका साथै बजार थप चलायमान हुने उनको विश्वास छ ।

अन्तत्र्रिmया कार्यक्रममा बुटवल वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका राजश्व शाखाका उपनिर्देशक डोलराज पौडेल, सशस्त्र प्रहरी बेस क्याम्प बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक आश्विन गुरूङ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक ओमप्रकाश वाग्ले, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानिया, बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका महासचिव मुक्ति अधिकारी लगायतले बुटवलमा पार्किङ ब्यवस्थापन जरुरी रहेको भन्दै उपयुुक्त पार्किङ स्थलको खोजी गर्नुपर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?