ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

विद्युत सम्झौताः पछुताउनु नपरोस्

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

नेपाल र भारतबीच विहिवार संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । जस अनुसार आगामी १० बर्षभित्रमा नेपालले १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्नेछ । नेपाल र भारतबीच सम्पन्न भएको सम्झौताका सर्तहरू सार्वजनिक भैसकेका छैनन तर विगतमा जस्तो नेपाल चुक्ने काम नहोस् । भारतको अगाडि नतमस्तक बन्ने विगतको शैली र परम्परामा अझै सुधार आउन सकेको छैन । नेपालका शासकहरूले विगतमा जस्तै कोशी, गण्डक र महाकाली सम्झौता जस्तै गरि विद्युत निर्यातको सम्झौता गरेको भए त्यो घातक हुनेछ । तसर्थ नेपाल र भारतबीच भएको उर्जा ब्यापार सम्झौतालाई हतारमा स्वागत भन्दा त्यसको पूरा प्रतिवेदन आएपछिमात्र त्यसको बिषयमा टिप्पणी गर्नु सान्दर्भिक हुनेछ । नेपालको नीजि क्षेत्रले विहिवार भएको सम्झौताले नेपालको विकासको ढोका खोलेको भन्दै स्वागत गरेको छ । हतारमा गरिएको काम लतपत हुनेकुरा विगतमा भारतसंग भएका सन्धि सम्झौताले देखाएकै छन । तसर्थ अहिले हामी धेरै आशाबादी बन्नु हुँदैन । आगामी १० बर्षमा नेपालले उत्पादन गर्ने बिद्युतको खपत नेपालमै पनि हुन सक्छ । नेपाललाई जापान, अमेरिका, कोरिया, चीन लगायत देशको औद्योगिकरणको बाटोमा अघि बढाउन सक्ने हो भने त्यो बिजुली नेपालमै खपत हुनसक्छ । तसर्थ बिजुली बिक्री गर्ने कुरा एउटा हो तर आफ्नै देशमा खपत बढाउन सके त्यो सर्वोत्तम हुने कुरालाई नजरअन्दाज गरिनुहुँदैन ।

निश्चितरूपमा आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्व सहमतिले हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । दुई देशका प्रधानमन्त्रीहरूले यो सम्झौतालाई ऐतिहासिक भनेपनि नेपालले त्यसबाट कति लाभ हासिल गर्न सक्छ त्यो धेरै पछिको कुरा हो । तसर्थ अहिले नै नेपालको लागि कायापलट हुन्छ भन्न हतारको कुरा हो । सम्झौतापछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् । नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति बनाएको छ तर के त्यति बिजुली नेपालले उत्पादन गर्न सक्छ ? यदी नसकेको अवस्थामा के हुन्छ ? सम्झौतामा निश्चितरूपमा सर्त र सिमाहरू छन । ती सर्त र सिमाका कुराहरूले नेपाललाई बाँध्ने काम नहोस् । उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको भन्दै अहिले नीजि क्षेत्रले हतारमा प्रतिकृया दिएको छ । नीजि क्षेत्रका लागि यो फुर्सदमा पछुतााउने काम नहोस् । विद्युत ब्यापार सम्झौतासंगै चारवटा सहमति भएको छ । ती सहमतिले नेपालको भन्दा भारतको हित गर्ने अवस्था देखियो भने नेपालका लागि दुर्भाग्य हुनेछ । तसर्थ दुई देशबीच भएको सम्झौता र सहमति हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?