ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लाजले लुक्यो स्तन क्यान्सर

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

गुल्मी, २१ पुस। पछिल्लो समयमा लाज र डरका कारण रोग लुकाउने प्रचलन महिलाहरूमा बढी देखिन्छ । यसै विषयमा सचेतना जगाउने उद्देश्यले गुल्मीमा निशुल्क रूपमा स्तन क्यान्सर जाँच सचेनता कार्यक्रमको आयोजना गरिएको छ । डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेसन तथा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको संयोजनमा जिल्लामा पहिलो पटक स्तन क्यान्सरको जाँच तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

क्यान्सरलाई निकै ठूलो डर लाग्दो रोगको रूपमा बुझेका नागरिकहरूलाई समयमै यस रोगको बारेमा जानकारी हुन सकेकमा क्यान्सरबाट बच्न सकिन्छ र यो रोग लागिहाले पनि निको हुन्छ भन्ने कुराको समुदायस्तरमा जानकारी गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ रेसुङ्गाका उपाध्यक्ष गुणानिधि पाण्डेले जानकारी दिए ।

कार्यक्रममा डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेसनका संस्थापक अध्यक्ष एवं बिशेषज्ञ डाक्टर सञ्जय पाण्डेले स्तन क्यान्सरको बर्तमान अबस्था, सम्भावित कारणहरू, लक्षण तथा चिन्ह र हुनसक्ने जोखिमको विषयमा जानकारी गराएका थिए । उनले स्तन क्यान्सरको उपचार उपलब्ध भए पनि मानिसहरू समयमै उपचार केन्द्रसम्म नजानु, रोगलाई लुकाएर राख्नु, स्तनमा गिर्खा देखिए पनि सामान्य हो भनेर हेलचक्राई गर्नु जस्ता मुख्य समस्या रहेको बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले जनचेतनाको अभावका कारण हाम्रो समाजमा स्तन क्यान्सर भएका मानिसहरू अझै पनि लुकेर रहेको बताईन । उनले यो रोगको बारेमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताएकी छन ।

समाजमा लाज र डरका कारण खुलेर आफ्नो कुरा राख्न नसकेको कारण पनि स्तन क्यानसर समयमै पहिचान गर्न नसकिएको बताईएको छ । समयमै यसको पहिचान हुन सकेमा यसबाट हुने मृत्युलाई न्यून गर्न सकिने बताईएको छ । एक दिने निशुल्क शिविरमा एक सय ५० जना महिलाहरूले स्तन क्यान्सरको जाँच गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?