Butwal Today

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया लमहीमा शुरु

२२ पुष २०८०, आइतबार
अ+
अ-

लमही ,२२ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी, दाङ्गमा आज भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको आयोजनामा कार्यक्रम भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी देश र प्रदेशको अवस्थाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकारका सबै मन्त्रालयका मन्त्री, विभिन्न प्रमुख सचेत, प्रदेशका १२ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख,स्थानीय पालिकाका प्रमुख ,उपप्रमुख ,प्रदेशस्तरीय सरकारी कार्यलयका प्रमुख लगायत सहभागिता रहेको छ ।