Butwal Today

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३०० ग्राम सुनसहित श्रीलंकाली नागरिक पक्राउ

२२ पुष २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुनसहित श्रीलंकन नागरिक पक्राउ परेका छन्। शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकन नागरिक ४५ वर्षीया कान्था माथा  काभास्कर पक्राउ परेकी हुन्। उनले लगाएको ब्राभित्र प्लास्टिकले बेरेको ५ सय ग्रामका दुई थान र कट्टुभित्र स्प्रे गरेको अवस्थामा ३ सय ग्राम सुन बरामद भएको हो।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनलाई पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले बताए।
यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ।