ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सज्जन, दुर्जन, मूर्ख र धूर्त को?

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

सत्पुरुष, भलाद्मी, शरीफ र राम्रो आचरणको व्यक्ति सज्जन हुन । ‘सत’ उपसर्गमा ‘जन’ प्रत्यय संधि गर्दा सज्जन शब्दको निर्माण हुन्छ । ‘सत’ अर्थात, साँचो वा साधु, संस्कृतमा यसको अर्थ ‘छ’ हो, यसको बहुबचन सन्त हो, जो कि नेपालीमा ‘संत’ रूप मा प्रचलित छ , सत् शब्द को धातुगत अर्थ हो ’अस्तित्व’, जो छ त्यही सत् हो, जसको अस्तित्व नै छैन त्यो असत् हो । पुनश्च, “ब्रम्ह सत्यम् जगद् मिथ्या” का अनुसार ब्रम्ह या ईश्वर नै सत् हो र यो संसार असत् हो, अतः जसले ब्रम्हको सत्तालाई जान्यो उनलाई संत भन्न सक्छौं, जसरी ब्रम्ह सत् हो त्यसरी नै ब्रह्मज्ञ पनि सत् हो । रामचरित मानसमा भनिएको छ कि ’जानत तुम्हहिं तुम्हहिं होइ जाई’ अर्थात्, ईश्वरलाई जान्ने स्वयं ईश्वर हुन जान्छ । यसबाट स्पष्ट हुन्छ कि ईश्वर र संत मा कुनै भेद हुँदैन । यसरी हामीले देख्यौं कि सज्जन भनेको साधु जन, असल मान्छे वा इश्वरीय गुण भएका व्यक्ति हुन । यसरी, सज्जन को त भन्दा, जो दुर्जन छैन। फेरि दुर्जन को भन्दा, जो सज्जन छैन वा जो धूर्त छ । मूर्ख र धूर्त एउटै होइन तर केही हदसम्म उस्तै चाहिँ हो । मूर्खले आफूलाई पनि हानी पुर्याउँछ भने धूर्तले सकभर आफू बाहेक अरूलाई मात्र बर्बाद गर्ने प्रयत्न गर्छ । दुर्जनको प्रकृति र प्रवृत्ति विषयमा चाणक्यले भनेका छन ।
दुर्जनस्य च सर्पस्य वरं सर्पो न दुर्जन ।
सर्पो दंशति काले तु दुर्जनस्तु पदे पदे ।।
अर्थात, एक दुष्ट मानिसभन्दा एउटा सर्प कयौं गुना जाती हुन्छ। सर्पले आफ्नो आत्मरक्षाको लागि कहिलेकाइ मात्र डस्ने गर्छ, तर दुष्ट ब्यक्ति ले हरेक क्षण तपाईंलाई डस्न तत्पर रहन्छ ।
उसो भए, सर्पको झैं दुर्जनको विष कहाँ हुन्छ त भन्ने प्रश्नमा चाणक्यले अगाडि भन्नुहुन्छ ः
तक्षकस्य विषं दन्ते मक्षिकायास्तु मस्तक ।
वृश्चिकस्य विषं पुच्छे सर्वाङ्गे दुर्जने विषम् ।
अर्थात, सर्पको दाँतमा विष रहन्छ । झिंगाको टाउकोमा विष हुन्छ । विच्छीको पुच्छरमा विष हुन्छ तर दुर्जनका सबै अङ्गमा विष भरिएको हुन्छ ।
यसर्थ, बुद्धिमान प्राणीले दुर्जनको संगत गर्नु हुँदैन । यदि, संगत गर्नै पर्ने भए सर्पको गर्नु तर, दुर्जनको संगत कदापि न गर्नु। संगत अनुसारको फल प्राप्त हुने भएकाले सज्जनसित नै संगत गर्नुपर्ने हुन्छ ।
नेयं सज्जन संगे चित्तम् ।
अर्थात, सज्जनको संगतमा चित्त लगाउनुपर्छ। सज्जनको संगत हृदयलाई शीतल बनाउने खालको हुन्छ भने दुर्जनको संगतले मनमा रिस, राग, द्वेष र ईर्ष्या को उत्पत्ति हुन्छ । त्यस कारण दुर्जन सर्वथा परित्यज्य हुन्छ ।
दुर्जनः परिहर्तव्यो विद्ययालङ्कृतो पिसन्मणिना भूषितः सर्पः किमसौ न भयङ्करः ।
अर्थात, विद्वान् नै भए पनि दुर्जनसित संगत गर्नुहुँदैन । जसरी मणिले विभूषित भए पनि सर्प भयंकर हुन्छ, त्यसरी नै विद्वान् नै भए तापनि दुर्जन खतरनाक हुन्छ । त्यस कारण पढेका मानिस सबै सज्जन हुन्छन् भन्ने छैन । अरूको कुभलो गर्ने सीप पनि दुर्जन संग अत्याधिक हुन्छ ।
दुर्जनेन समं सख्यं प्रीतिञ्चापि नकारयेत्उष्णो दहति चांगारः शीतं कृष्णायते करम् ।
अर्थात, दुर्जनसित मित्रता र प्रेम दुवै गर्नुहुँदैन । जसरी अँगार तातो हुँदा पोल्छ र चिसो हुँदा हातै कालो बनाउँछ, दुर्जनले पनि जुनसुकै अवस्थामा हानि पुयाउन सक्छ ।

आफ्ना वरिपरिका मानिसहरुको विचार गरौं । आफ्नै व्यवहारलाई पनि निर्मम भएर मनन गरौं । कतिपप लक्षणहरु हामी आफैँसित मिल्ने पनि हुन सक्छन्, जुन यथाशक्य सम्बोधन गर्नुपर्ने हुन्छ ।
दुर्जनः प्रियवादी च नैव विश्वासकारणम्मधु तिष्ठति जिह्वाग्रे हृदि हलाहलं विषम् ।
दुर्जन र प्रियवादीमाथि विश्वास गर्नुहुँदैन किनभने यिनको जिब्रोमा मह हुन्छ र मनमा हलाहल विष । यसको मतलब प्रियवादी वा मिष्ठभाषी हुनु नै दुर्जन हुनुको लक्षण कदापि होइन । मिठो बोली त मानिसको उच्चकोटिको गुण हो । तर, दुर्जनहरूले त आफ्नो प्रमुख अस्त्र नै मिठो बोलीलाई बनाएका हुन्छन् ।
हुन त, हाम्रो बोली मीठो हुनुपर्छ भन्ने मेरो मान्यता हो। किन भने, शास्त्रले भन्छः
प्रिय वाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः ।
तस्मत् तदेव वक्तव्यं वचने का दरिद्रता ।।
अर्थात्, मीठो वाणीले सम्पूर्ण प्रसन्न र सन्तुष्ट हुन्छन् सोही कारण सदैव मधुर वचननै वोल्नु राम्रो हो, मीठो वचनको दरिद्रता किन ?
मधुर वाणीले सबैलाई वशमा गर्न सकिन्छ, त्यो विपरीत कटु वचनले भने सवै शत्रु हुनपुग्छन् ।
“वाचा वदामि मधुमद् भूयासं मधु संदृशः“
अर्थात, म बाट निस्केको बोली, व्यवहार सबै मह समान मीठो होस् । यो सनातन वाक्यलाई मान्ने हो भने संसार बाट कटुता, वैमनस्यता को अन्त्य हुन सक्छ । मानव मित्रता वढ्नुका साथै सबै हाँसी खुशी रहन सक्छौ । दुर्भाग्यवश, दुर्जनले यसै मीठो बोलीलाई आफ्नो हतियार बनाउँछन्, सावधान।
अब कुरा गरौं मूर्ख र धूर्तका विषयमा । मूर्खका विषयमा कसैले भनेका छनः
मूर्खस्य पञ्च चिह्नानि गर्वो दुर्वचनं तथा ।
क्रोधश्च दृढवादश्च परवाक्येष्वनादरः ।।
मूर्ख का पाँच लक्षण छन्; घमंडी, दुष्ट वार्तालाप, क्रोधी, जिद्दी तर्क र अन्य व्यक्तिको राय का लागि सम्मान नहुनु । अर्थात, जो अहङ्कारी छ, जसले दुर्वचन भन्दा पृथक बोल्नै जान्दैन, जो अत्याधिक हठ गर्छ, जो अकारण दुःखी रहन्छ र जो अरूको कुरा फिटिक्कै मान्दैन ऊ निस्संदेह मूर्ख हो । यसरी हामी पाउँछौं कि, मूर्खको संगत, मूर्खलाई उपदेश र मूर्खलाई उपकार गर्नेले सुख प्राप्त गर्न सक्दैन ।
अब, मूर्ख खतरनाक कि धूर्त भन्ने विषयलाई बुझौं । यसका लागि कसलाई धूर्त भनिन्छ भन्ने विषयमा शास्त्रको कथन छः
मुखं पद्मदलाकारं वाचा चन्दनशीतला ।
हृदयं क्रोधसंयुक्तं त्रिविधं धूर्तलक्षणम् ।
मुख कमलपुष्प समान सुन्दर हुने, वचन चन्दन जस्तै शीतल हुने तर मनमा भने रिसको आहाल जमेको मान्छे नै धूर्त हो । शास्त्रोक्त वाणीअनुसार सज्जन हुनका लागि अनुहार राम्रो हुनुपर्छ भन्ने छैन । धूर्तको मुहार पनि मनोहर हुन सक्छ ।
धूर्त माने कपटी वा धोका दिने व्यक्ति हो। वास्तवमा, धूर्त र दुर्जन का बीच कतिपय समानता छन भने कतिपय भिन्नता । विषेशगरी, धुर्तताले चालाखीपन र धोका दिने प्रवृत्ति लाई बढी जोड दिन्छ भने, दुर्जनताले दुष्ट प्रकृति र प्रवृत्ति लाई इंगित गर्दछ । दुवै मध्ये कुन खतरनाक भन्ने विषय मानवको आ–आफ्नो अनुभव अनुसार भिन्न भिन्न हुने गर्दछ ।
जहाँ मूर्खता, धुर्तता र दुर्जनताको सर्वथा अभाव रहन्छ, त्यहाँ सज्जनताको वास हुन्छ। निष्कर्षमा, धूर्त, मूर्ख र दूर्जनसंगको उपयुक्त दूरी राख्नु मै बुद्ध्मिानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?