Butwal Today

लुम्बिनीमा संसदीय पत्रकारको क्षमता विकास कार्यक्रम

२१ पुष २०८०, शनिबार
अ+
अ-

लुम्बिनी।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले शुक्रबारदेखि लुम्बिनीमा २ दिने संसदीय पत्रकारका लागि क्षमता अभिवृद्वि तालिम सुरु गरेको छ ।

कार्यक्रमलाई संबाेधन गर्दै  लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले  संसद र सरकारलाई सहि बाटोमा लैजान पत्रकारहरूको महत्वपूर्ण भुमिका रहने बताए । उनले संसदीय मामिलाको रिपोर्टिङ गर्ने पत्रकारहरू आझै थप जिम्मेवार हुनुपर्ने बताए । सभामुख घर्तीले संघीयतालाई बाेझिलाे र खर्चिलो भयो भन्ने टिकाटिप्पणी हुने गरेको भन्दै संघीयतालाई आर्थिक रूपमा नभएर जनसेवा र अधिकार प्राप्तिको आधार मान्नुपर्ने बताए । प्रदेश सभालाई स्थापित गराउने कार्यमा संसदीय मामिला पत्रकार समाजको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उनलेे संघीयता स्थापित गराउने कार्यमा पत्रकार सगँ प्रदेश सभा सधै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता समेता ब्यक्त गरे ।

कार्यक्रममा उपसभामुख मेनुका खाँण केसीले संसद र संसदीय मामिला पत्रकार समाजबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने बताईन ।

पत्रकारहरू दलिय संकर्णता र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसदका गतिविधि बाहिर ल्याउनुपर्नेमा जाेड दिदै उनलेे संसदमा उठेका बिषयवस्तुहरू जस्ताको तस्तै बाहिर ल्याउनुपर्ने बताइन् ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अमृता अनमाेले कार्यक्रमकाे उदेश्य र औचित्यबारे प्रकाश पारेका थिए भने सञ्चालन समाजका काेषाध्यक्ष लक्ष्मण पाेखरेलले गरेका थिए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुका पत्रकारहरूकाे सहभागीता थियाे । तालिममा प्रमुख प्रशिक्षककाे रूपमा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन, संघीय संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनाेज सत्याल, प्रदेश संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष अमृता अनमाेल लगायतले सहजिकरण गरेका थिए । यसै बीच संसदीय पत्रकारहरूकाे क्षमता विकास कार्यक्रमका साथै समाजको नयाँ नेतृत्व समेत चयन हुनेछ ।