ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

साना–साना कुरामा बन्दुक पड्काउनेहरु

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

सङ्घीय राजधानीको बालकुमारीमा साता अघि एउटा क्रूर घटना भयो । दुई जना युवकले राज्यसत्ताको चरम दमनमा परी ज्यान गुमाए । राज्यसत्तामा हालीमुहाली गरिरहेका शासक वर्गका सारा प्रयत्नहरूको केन्द्रमा सधै सधै सत्ता र शक्तिमा अडिइरहने अहङ्कार हावी भएपछि यस्तो हुन्छ । मुलुकमा आएको परिवर्तन फलानो व्यक्ति, वर्ग वा समूदायको प्रयासको परिणाम मात्रै होइन । यो परिवर्तन फलानो वाद, विचार वा पथको प्रतिफल मात्रै पनि होइन । परिवर्तन विज्ञानको नियम हो र यो कसैको पेवा होइन । तथ्यप्रति आँखा चिम्लिएर, परिवर्तनका संवाहक हामी मात्रै हौं र फलाना मात्रै गणतन्त्र नेपालको जनक हो भन्ने सोँच राख्नेहरूभित्र अहंको मात्रामा अत्यधिक वृद्धि हुँदै गइरहेको छ । त्यसले तिनलाई बन्दुक नै कानुन हो । बन्दुक नै मानवाधिकार हो । बन्दुक नै सर्वस्व हो भन्ने हिटलरी घोषणाको पुनरावृत्ति गर्न उक्स्याइरहेको छ । तिनले साना साना कुरामा बन्दुक पड्काइरहेछन् । त्यो पनि निर्दोष नागरिकका छातीमा । महान् सभ्यताको निर्माणमा हिडेंका छौं भन्नेहरूले शिष्टताको पनि ख्याल गर्नुपर्दछ । सांस्कृतिक क्रान्तिको विकास गर्न चाहनेले संस्कारको पनि विचार गर्नुपर्दछ ।

उसरी राज्यको चरित्र सधैं दमनकारी नै हुन्छ । चाहे त्यो राज्यमा पुरानो सत्ता होस् या होस् नयाँ सत्ता । पुरानो सत्ताले अनेकौं कृष्णसेन ‘इच्छुक’हरूको हत्या ग¥यो । त्यसले सयौं चुनू गुरुङहरूलाई निर्ममतापूर्वक जिउँदै चिहानमा गाड्यो । त्यसले हजारौं बाबाआमाहरूलाई असहाय र लाखौं लालाबालाहरूलाई अनाथ बनायो । त्यसले दमनचक्रको इतिहासमा अजंगको स्थान बनायो । र, त्यसकै समानान्तरमा जनयुद्धको भूमरीले पनि मानवतालाई सोत्तर पा¥यो । कथित प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने पशुवत् तर्कले बाहेक अरू कुनै पनि तर्कले त्यसलाई समर्थन गर्न सकिदैन ।

बाल कुमारीको घटनाले भन्दछ–बन्दुकको अत्याचार समाप्त भएको छैन । र, यो रहन्छ राज्यसत्ता रहेसम्म । बन्दुकलाई सर्वस्व ठान्ने प्रवृत्तिको पछाडिको मूल ‘फिजिक्स’ अधिनायकवाद हो । यो प्रवृत्तिमा अहं, षडयन्त्र र स्वार्थजनित मत्स्य न्यायको कुरीकुरी लाग्ने ‘केमिष्ट्री’ अन्तरनिहीत छ । यो प्रवृत्ति कति घातक छ भने यसले बन्दुक र विवेकका बीचमा रहने सुक्ष्म र संवेदनशील सीमारेखालाई अनायास भंग गरिदिन्छ र दुःखान्तको पहाडले किचिएर इतिहासले क्रन्दन गर्दछ । इतिहासको त्यो क्रन्दन भनेको क्रूरतापूर्वक भेरीमा बगाइएका नवराजहरूको प्रेमको क्रन्दन हो । जिउँदै पुरिएका पत्रकार ज्ञानेन्द्र खडका र तिनको अनाथहरूको क्रन्दन हो । इतिहासको त्यो क्रन्दन भनेको न्याय नपाएका निर्मला पन्त र तिनको बाबाआमाको क्रन्दन हो । इतिहासको त्यो क्रन्दन भनेको हालै बालकुमारीमा राज्य सत्ताको नृशंशताबाट मारिएका युवाहरूको क्रन्दन हो ।

विडम्वना ! इतिहासको त्यो क्रन्दन एउटा नियमितता जस्तो लाग्न थालेको छ । यो ज्यादै दुःखको कुरा हो । तर नियमित आकस्मिकताहरूलाई अस्वीकार गर्न सकिदैंन न त हार्दिकतापूर्वक स्वीकार गर्नु नै सजिलो हुन्छ । दर्शन उत्तरतिर र व्यवहार दक्षिणतिर, विचार अघिल्तिर र काम पछिल्तिर, नीति एकातिर र नियम अर्कोतिर हुनु नेपाली राजनीतिको परिदृश्यमा साक्षात्कार भइरहने नियमित आकस्मिकताहरू हुन् । नीतिका नाममा देखिने अनीतिहरू जतिसुकै आकस्मिक लागे पनि ती नियमितजस्तै भएका छन् । यही नियमितता हो जस्ले हाम्रा सपनाहरूमाथि सधैं थिचोमिचो गर्दै आइरहेको छ ।

यिनै नियमित आकस्मिकताहरूलाई नै ‘सांस्कृतिक क्रान्ति’ वा ‘दुई कदम अगाडि, एक कदम पछाडि’को फिजिक्सका रूपमा बुझ्न हामी बाध्य छौं । यही बाध्यताले हाम्रा युवाहरूको सपनाहरूलाई रगताम्मे बनाएर सत्ताको मैदानमा घिसारिरहेको छ । हामी बालकुमारीको क्रूर दृश्य टुलुटुलु हेरिरहन बाध्य छौं ।

परिणाम के भइरहेछ भने नागरिकहरूका दिलमा चरम निराशा र आक्रोशले ठाउँ लिन थालेको छ । लालफिताशाही र भ्रष्टाचारले आम नागरिक कति हैरान छन् । यातायात व्यवस्था विभाग, मालपोत वा नापी कार्यालयमा वा जुनसुकै सरकारी कार्यालयमा गएर हेरे त्यो कुरा थाहा हुन्छ । सेवाग्राहीका दुःखी, पीडित, शोषित र आक्रोशित अनुहारले त्यही हैरानीको कहानी बताइरहेको हुन्छ । जसलाई नागरिकले आफ्ना दुःखका साथी र सेवक भन्ठानेका छन्, तिनीहरू नै नागरिकबाट ‘हफ्ता उसुल’ गर्ने गुण्डाहरूका प्रतिरूपमा देखिएका छन् । झन्झन् महंगी, झन्झन् अराजकता, झन्झन् थिचोमिचो, झन्झन् अन्याय, झन्झन् अँध्यारो नै नागरिकका भागमा परेको परिवर्तनका प्रतिफल जस्ता भएका छन् ।
सुदूर गाउँ बस्तीमा अन्न छैन । नुनतेल, पानी छैन । बिजुली छैन । स्वास्थ्य चौकी छैन । जीवन धान्नका लागि चाहिने कुनै पनि आधारभूत कुराहरू छैनन् । भोकमरी, असुरक्षा, राज्यहीनता र दण्डविहीनताको चक्रव्युहजस्तो दुर्भाग्यमा आँसुका पोखरीहरू मात्र छन् जहाँ पीडाका अनन्त छालहरू उठिरहेछन् निरन्तर । सहरहरू अराजकताको बन्दी भएका छन् जहाँ बाटाहरू छन् तर छैनन् ढुक्क भएर हिड्न सकिने गन्तव्य । बेरोजगारीको कोलमा पेलिएर खाडीतिर भास्सिएका लाखौं युवाहरू अझै फर्कन सकेका छैनन् मुलुक । अनियन्त्रित महंगीको ज्वारभाटा चलिरहेछ । साँझ बिहान हातमुख जोर्न धौ धौ पर्ने नेपाली नै नेपाली नागरिकको प्रतिनिधि हो भन्ने तथ्यलाई स्वीकार गर्ने हो भने कुन चैं नेपाली नागरिकलाई मुलुकमा आफ्नो शासन छ भन्ने लाग्छ ? यो कुनै सजिलो स्थिति होइन ।

परिवर्तनका सारथि जनबल, इतिहासमा कहिल्यै नदेखिएको निर्वल र हतास मनस्थितिमा देखिएको छ । तिनका सारा उत्साह, आशा र विश्वास डगमगाएको छ । सपनामाथिको घातले तिनमा असीमित आक्रोश थपिदिएको छ । यस्तो बेला राजनीतिज्ञहरूले आफू कुन धरातलमा उभिएको छु भन्ने कुरा बिर्सेका छन् । अहिलेको सत्ता समीकरणलाई अनेक कोणबाट आलोचना गरिएको छ । सत्तारुढ दलकै नेताहरू समेत यो ध्रुबीकरणको विरुद्धमा बोलिरहेका छन् । तर त्यसको कुनै अर्थ छैन । लामो समयदेखि नेपाली राजनीतिको मैदानमा भएका उछिनपाछिन र दगुरादगुरको दिक्कलाग्दो लामो श्रृंखलाकै निरन्तरता त हो यो !

उसरी नेपालको राजनीतिमा कथित ‘वाम’ र गैरवाम ध्रुबीकरण कुनै अस्वाभाविक कुरा होइन भन्ने मानिन्छ । तर्कले बाँच्नेहरू यो ध्रुबीकरणको विरोध गर्दैनन् । तिनले भन्दछन्–ध्रुबीकरण उत्तर र दक्षिणका बीचमा नै हुन्छ । उत्तरी ध्रुव दक्षिणी ध्रुवमा र दक्षिणी ध्रुव उत्तरी ध्रुवमा विलुप्त हुन सक्तैन । दुबै ध्रुव एक भएर ध्रुबीकरणविहीन अवस्था हुनु भनेको पृथ्वी नरहने अवस्था हो । विज्ञानको यो नियम राजनीतिमा पनि लागु हुन्छ । राजनीति पनि विज्ञानसम्मत ढंगले चल्नुपर्दछ । ध्रुबीकरणबिनाको राजनीतिले या त देशलाई अधिनायकवादतिर धकेल्छ वा धकेल्छ विचारशून्यतातिर । राजनीतिमा विचारशून्यता मूलतः विध्वंश नै हो ।
वा क्या गजबको तर्क ! हामीजस्तो तर्कशील दुनियामा कोही छैनन् ।

यस्तै तर्क (कुतर्क !) का कारण सत्ता आरोहणलाई सर्वस्व ठान्ने प्रवृतिले ठीक दिशामा गइरहेको राजनीतिमा पनि गलत दिशा पढिरहेको हुन्छ । परिणाम के हुन्छ भने पूर्व गइरहेको भ्रममा पश्चिम पुगिन्छ । पश्चिम गइरहेको भ्रममा पूर्व । नागरिकले आफ्नो दुःख अभिव्यक्त गर्दा पनि त्यो अभिव्यक्तिमा व्यवस्था नै पल्टाउन गरिएको षडयन्त्र देखिन्छ । तर त्यो केवल भ्रम मात्रै हो । त्यो भ्रमबाट मुक्त हुन ‘सत्तारुढ भइरहनु नै राजनीतिक सफलता हो’ भन्ने मनोविज्ञानबाट नेताहरू मुक्त हुनु जरुरी छ ।
खास गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ।

राजनीतिक दलहरू र तिनका नेताहरूको गलत काम, आदेश, निर्णय र नेतृत्वले मुलुकको अस्तित्व नै समाप्त गरेका छन् । टाढा वा सुदूर अतितमा किन जाने ? राजतन्त्रविरोधी सिक्किम नेशनल कंग्रेस पार्टी, राजा छोग्याल पाल्देन कान्दुप नामग्याल र काजी लेण्डुप दोर्जे नै त्यसका लागि काफी छन् । सदियौंदेखि स्वतन्त्र र स्वाधीन मुलुकका रूपमा रहेको सिक्किम सन् १९७५ अप्रिल १३ को मध्यरातबाट अचानक कहाँ हरायो ?

कहाँ हराए काजी दोर्जे ?
धेरै समयपछि कालिम्पोङ्मा देखिएका काजीको त्यही नै ‘डग डेथ’ भयो । जनचाहनालाई लत्याएर गलत निर्णय लिने, साना साना मुद्दाहरूमा नागरिकका छातीमा बन्दुकको फायर खोली हाल्ने, बन्दुकलाई नै सत्ताको टेको मान्ने र सत्तामोहका लागि जुनसुकै गलत काम गर्ने नेतृत्वको अन्तत्वगत्वा ‘डग डेथ’ नै हुन्छ भन्ने कुरा सत्ता नेतृत्वले कहिले बुझ्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?