Butwal Today

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

२० पुष २०८०, शुक्रबार
अ+
अ-

गैंडहवा, २० पुस ।

रुपन्देहीको गैडहवा गाउँपालिकाको गौरवको योजना सुर्यपुरा बहुमुखी क्याम्पस भवनको बिहीवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौड्यालले उक्त भवनको शिलान्यास गरेका हुन् । त्यस अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले बहुमुखी क्याम्पसको भवन असार मसान्तसम्म बन्ने बताउँदै निर्माण कार्यमा ठेकेदारले कुनै कमसल सामान प्रयोग गरेमा पत्रकार र स्थानीयलाई निरन्तर रेखदेख गर्न आग्रह गरे । उनले यसका लागि पालिकाले निरन्तर अनुगमन गर्ने पनि बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, निवर्तमान पालिका अध्यक्ष बच्चुलाल केवट, वडा अध्यक्ष विजय कुमार शर्मा, राजकुमार लाेंध लगायतले क्याम्पस भवन समयमै निर्माण सम्पन्न हुने आशा व्यक्त गरे ।

आयोजना को सम्झौता २०८० असोज ३० गते र सम्पन्न मिति असार मसान्तसम्म रहेको छ । सम्झौता रकम भ्याट बाहेक ९१ लाख ४९ हजार २९३ रहेको छ । केही दिन अगाडि सुर्यपुरा बहुमुखी क्याम्पसले आफ्नो साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।