ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लुम्बिनीबाट धार्मिक एकताको सन्देश

२० पुष २०८०, शुक्रबार
२० पुष २०८०, शुक्रबार

बुटवल (बुटवल टुडे), २० पुस। हिन्दु धर्मसँग सम्बन्धित श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गराएर धार्मिक सदभावको सन्देश दिइएको हो ।
पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरू एकताबद्ध रहेको सन्देश दिएका हुन ।

कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरूको उपस्थिती रहेको थियो । महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायविच बलियो एकता रहेको बताए ।
उनले हिन्दु धर्माम्बलम्बीहरू लुम्बिनी र स्वयम्भु सहज रूपमा जाने र बुद्धिष्टहरू पशुपती जाने गरेको बताउँदै सदभाव र सहकार्यमा नेपालीहरू एकताबद्ध रहेको बताए । ‘हिन्दुहरू सहजरूपमा लुम्बिनी र स्वयम्भु जानुहुन्छ, बुद्धिष्टहरू पनि पशुपतीमा जानुहुन्छ’ उपाध्यक्ष लामाले भने । उनले नेपालको संस्कृती, सदभाव र परम्परा एक आपसमा जोडिएको बताए । डा. लामाले बौद्धिष्टको मेडिटेशन र हिन्दुहरूको योग विश्वकै लागि नभई नहुने बनेको बताए । संविधानसभा सदस्य र पूर्व राज्यमन्त्री समेत रहेका उपाध्यक्ष लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सदभावलाई भत्कन दिन नहुने बताए ।

उनले सबैको सम्मान जनक उपस्थिती हुनुपर्ने बताउँदै नेपालीहरूविचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताए । नेपालीहरूविच जातजाती र विभिन्न धर्मका मानिसहरूविच एकतावद्ध रहेको उनले बताए । ‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’ उनले भने । लुम्बिनी, सगरमाथा र पशुपतीलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए । नेपाल आर्थिक रूपमा कमजोर भएपनि साँस्कृतिक रूपमा संसारकै धनी देशका रूपमा रहेको बताए । ‘हाम्रो संस्कार, संस्कृती र प्रकृतीमा धनी छौं, हामी सबै मिलेर अगाडि बढौं’ उनले भने ।

उपाध्यक्ष लामाले लुम्बिनी र बुद्धलाई सबै नेपालीहरूले अपनत्व मान्नुपर्ने बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी शान्ति र पवित्र स्थल रहेकाले सबै धर्म र सम्प्रदायले अपनत्व गर्नुपर्ने बताए । उनले बुद्धजन्मस्थलको जिल्लामा भएको महायज्ञ आर्थिक संकलनसँगै समाजलाई जोड्ने काम गरेको बताए । कार्यक्रममा कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रूपमा एकताबद्ध र धार्मिक रूपमा समेत मिलेर बसेको समाज रहेको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख जागेश्वरीदेवी चौधरी, वडाअध्यक्ष दानबहादुर चौधरी, चेतनारायण आचार्य, बालकृष्ण गैरै लगायतले बोल्दै महायज्ञ सफलताको शूभकामना दिएका थिए । बुधबारदेखि शुरु भएको महायज्ञ आगामि पुस २४ गतेसम्म चल्नेछ । महायज्ञको प्रमुख कथावाचन प. दीनबन्धु पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?