ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

गुल्मीमा नसर्ने रोगको ‘छुट्टै क्लीनिक’

२० पुष २०८०, शुक्रबार
२० पुष २०८०, शुक्रबार

गुल्मी, २० पुस । गुल्मीमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन हुने भएको छ । गुल्मी अस्पतालमा उक्त रोग सम्बन्धि सेवा सञ्चालन हुन लागेको हो । नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाईलेटिङ्ग प्रोजेक्ट अन्र्तगत नेपालको चारवटा प्रदेश अन्तर्गत चार जिल्लामा नसर्ने रोगको पेनप्लस प्रोजेक्ट अन्र्तगत क्लीनिक सञ्चालन हुने भएको हो । यो सेवा सुरु भएपछि अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि यसले सेवा उपलब्ध गराउने छ ।

बालवालीका र किशोर किशोरीहरूका लागि लक्षित गरेर सञ्चालनमा ल्याईएको सेवावाट पालिकाहरूमा नसर्ने रोग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन भैरहेको छ । जस अन्तर्गत गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका नसर्ने रोग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
अस्पतालमा पुग्ने बिरामीहरूले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने गरेका छन । धेरै जनालाई त्यस्ता प्रकृतिका रोगहरूको बारेमा खासै जानकारी नहुँदा थप अन्योलमा पर्ने गरेको अबस्थामा यो सेवाले बिरामीहरूलाई थप सहयोग पुग्ने बताइएको छ । गुल्मी अस्पतालमा आउने दिर्घरोगी नसर्ने रोगका बिरामीहरूलाई चाँडै अस्पताल भित्र छुट्टै पेनप्लस क्लीनिक स्थापना गरि थप सेवा प्रदान गर्ने तयारी गरिएको कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी गराईन ।

गुल्मी अस्पतालमा स्थापना भएको पेनप्लस क्लीनिकबाट दिर्घरोगी तथा कडा नसर्ने रोगका बिरामीहरूलाई सेवा प्रवाहका साथै उनीहरूलाई थप हेरचाह र उपचार गरिने भएको छ । उक्त पेनप्लस क्लीनिकमा मे डिकल अधिकृत सहित हेल्थ असिस्टेन र स्टाफ नर्सले निशुल्क रूपमा सेवा प्रवाह गर्नुहुने छ । क्लीनिकबाट अति गरीब र विपन्न नागरिकहरूका लागि निःशुल्क रूपमा स् वास् थ्य विमा गरिदिनुका साथै विमा रकम बाहे क अन्य ठुला रो गका बिरामीको शल्यक्रिया गर्नु परेमा उनीहरूलाई निःशुल्क रूपमा सबै खर्च व्यहोरेर उपचार गर्ने ब्यवस्था समेत रहेको कार्यक्रम अधिकृत थामीले बताएकी छन ।

संस्थाले केही समयपछि सबै पालिकाहरूसँग समन्वय गरेर जिल्लाभर सेवा विस्तार गर्ने जनाएको छ । पालिकामा पहिलो चरण अन्तर्गत सामुदायीक स्तरको कार्यक्रमका लागि स्वास्थ्यकर्मीहरूको हकमा पेनप्लस सम्बन्धि आधाभूत तालिम र स्वास्थ्य स्वयंसेवीकाहरूलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । नसर्ने रोगहरू जस्तै क्यान्सर, मुटु सम्बन्धि रोग, मधुमेह, उच्च रक्तचाप, अटिजम, छारे, बाथ, दम तथा किड्नी लगायतका रोगहरूको बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाका अधिकांस स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीहरूलाई यी रोगहरूको बारेमा खासै जानकारी नहुँदा अन्यौलमा परेको अबस्थामा यो क्लीनिक सेवा कार्यक्रमले थप सहयोग पुग्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?