ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

साधारणसभा नहुँदै चुनावी चटारो

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

बर्दघाट, १९ पुस । यतिबेला बर्दघाट नगरपालिकाका उद्योगी ब्यवसायीहरू चुनावी मैदानमा होमिएका छन् । बर्दघाट उद्योग वाणिज्य संघको छैठौँ साधारण सभा एवं तेश्रो अधिवेशन आज (पुष १९ गते) आयोजना गरिएको भए पनि ब्यवसायीहरू प्यानल नै बनाएर अधिवेशन भन्दा २ दिन अघिदेखि नै घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन । साधारण सभा हुनु पूर्व नै चुनावी मैदानमा उत्रिदा साधारण सभाको खुल्ला सत्र र बन्द सत्र प्रभावित हुन सक्ने ब्यवसायीहरूले बताएका छन ।

सामान्यतः वर्तमान कार्यसमितिले साधारण सभा सम्पन्न गर्ने र वन्द सत्रको कार्यक्रम सकिएपछि निर्वाचन समितिलाई नयाँ नेतृत्व चयनको जिम्मा लगाउने प्रकृया रहन्छ । संघको आगामी नेतृत्वको लागि ३ जनाले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष लेखनाथ न्यौपानेलाई नेकपा एमाले र राष्ट्यि स्वतन्त्र पार्टिको समर्थन रहेको छ । यस्तै अध्यक्षका अर्का प्रत्यासी दिनेश न्यौपाने वर्तमान महासचिव हुन । उनलाई सत्ता गठवन्धन (काँग्रेस, माओवादी, समाजवादी) को समर्थन रहेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष राजु पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । यस्तै बरिष्ठ उपाध्यक्षमा लेखनाथ न्यौपाने प्यानलबाट तारा गौतम, दिनेश न्यौपाने प्यानलबाट हरि अधिकारीले उम्मेदवारी गराएका छन । वाणिज्य उपाध्यक्षमा लेखनाथ प्यानलबाट चन्द्र बहादुर दमाइ, दिनेश न्यौपाने प्यानलबाट धनन्जय पौडेल र स्वतन्त्र नवराज अधिकारीले उम्मेदवारी दिएका छन । उद्योग उपाध्यक्षमा लेखनाथ प्यानलबाट टेक बहादुर बुढाथोकी र दिनेश प्यानलबाट भरत कँडेल प्रत्यासी रहेका छन ।

महासचिवमा लेखनाथ प्यानलबाट गँगा पाठक, दिनेश प्यानलबाट मोहन सापकोटा र स्वतन्त्र विष्णु पराजुलीले मनोनयन दर्ता गराएका छन ।
बर्दघाटका ब्यवशायिहरूले ब्यवशायीहरूको सँस्थामा राजनैतिक रूपमा नेतृत्व लिन भन्दा पनि सहमतिमा नेतृत्व चयन गरेर ब्यवसायीको हक हितमा काम गर्नुपर्ने बताएका छन । साधारण सभा नै नहुँदै चुनाव प्रचारमा होमीनु कहिँ नभएको जात्रा हाँडिगाँउमा भनेजस्तै भएको पन्थी इलेक्टेनिक्सका नगेन्द्र पन्थीले बताए । उनले भने, कम्तीमा साधारण सभाका कार्यक्रम सम्पन्न भएपछि चुनावी प्रकृयामा जानु पथ्र्यो, यदि बन्द सत्रमा प्रतिवेदन पारित भएन भने को जिम्मेवार हुने? महासचिव दिनेश न्यौपानेले केन्द्रिय महासँघको विधान अनुसार अघि बढ्दा केहि असहज देखिएको बताए ।

उनले केन्द्रिय महासँघको निर्देशन अनुसार अघि बढ्दा साधारण सभा अगावै चुनावी माहोल सुरु हुँदा ब्यवशायीहरूमा केहि अन्यौलता छाएको बताए । अध्यक्ष लेखनाथ न्यौपानेले माउ सँस्था केन्द्रिय महासंघको विधानमा साधारणसभा अगावै चुनावी प्रकृयामा अघि बढने उल्लेख भएको र प्रदेशका अन्य सँघहरूले पनि केन्द्रीय विधान अनुरूप नै अधिवेशन सम्पन्न गरेकोले बर्दघाट उद्योग वाणिज्य सँघ पनि सोहि अनुरूप अघि बढेको बताए । बन्द सत्रमा प्रस्तुत हुने प्रतिवेदनहरू उपर छलफल सहित पारित हुनेमा आफ्नो टिम विश्वस्त रहेको समेत उनले बताए । बर्दघाट उद्योग वाणिज्य सँघमा बर्दघाट नगरपालिका वडा नम्बर १ देखी १६ सम्मका २ हजार ५१ जना उद्योगी ब्यवशायीहरू आवद्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?