ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

विद्यार्थीको अभ्यासमा ‘संसदकै झल्को’

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

गुल्मी, १९ पुस । गुल्मीमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले नमुना संसदको अभ्यास गरेका छन । जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत कानुन सङ्काय र कक्षा छ देखि १२ सम्म सामाजिक शिक्षा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक बिधिबाट संसदको नमुना अभ्यास प्रस्तुत गरेका हुन ।

विद्यार्थीहरूलाई व्यवस्थापकीय संसदको काम कर्तव्य अधिकार र संसदमा प्रस्तुत गरिने बिधेयक र त्यसको बिधि र प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयमा नमुना संसदीय अभ्यास कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए । चार घण्टा भन्दा बढी समय चलेको नमुना संसद बैठकमा सभामुख र उपसभामुखदेखि मन्त्री र प्रतिनिधि सभा सदस्य, सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरूको लागि भिन्ना भिन्नै सिटको ब्यवस्था मिलाइएको थियो । कार्यक्रममा सभामुखले औपचारीक रूपमा संसद बैठक शुरु गरेपछि विद्यार्थीहरूले संसद बैठकको जस्तै झल्को दिनेगरि आफ्ना प्रस्तुतीहरू राखेका थिए ।

नमुना संसद बैठकमा बोल्दै सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदको भूमिकामा रहेका विद्यार्थीहरूले समयमा काम नहुँदा विकास निर्माणका कामहरू अलपत्र परेको, बेरोजगारीका कारण युवाहरू विदेश पलायन भएको, समाजमा अझै पनि जातीय भेदभाव कायम रहेको, स्थानीय तहले सुशासनमा भन्दा सडक र भौतिक संरचना निर्माणमात्र लागेको, सिंहदरबारको अधिकार अझै गाउँ पुग्न नसकेको जस्ता विषयहरू संसद बैठकमा जोडदार रूपमा उठाएका थिए ।

नमुना संसदमा बोल्दै प्रतिपक्ष दलका नेता विपिन सुनारले बजारमा कालो बजारी बढेको, शान्ति सुरक्षा बिग्रदै गएको र सुशासन कायम हुन नसकेको भन्दै सरकारको व्यापक आलोचना गरेका थिए । शुन्य समय र बिशेष समयमा बोल्दै विद्यार्थीहरूले आफ्नो जिल्लाका मुख्य समस्याहरू राख्नेदेखि बिधेयक संसदमा पुगेर सभामुखमा पेस भएपछि त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउने प्रक्रियासम्मको अभ्यास गरिएको प्रशिक्षक एवं नयाँ युवा नयाँ सोँच अभियानका केन्द्रिय अध्यक्ष मुकुन्ददिप मडैले जानकारी गराए ।

सिद्धबाबा माध्यमिक विद्यालयको आयोजना एवं नयाँ युवा, नयाँ सोँच नेपालको सहकार्यमा विद्यार्थीहरूलाई नेपाली संसदीय पद्दतिको ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा उनीहरूमा वैज्ञानिक तर्ककला र नेतृत्व क्षमता विकास गराउने उद्देश्यले यस्तो प्रकारको अभ्यास गरिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालले बताए ।

उक्त कार्यक्रममा एक सय जना छात्रछात्राहरू प्रत्यक्ष रूपमा संसदको विभिन्न भूमिकामा सहभागिता जनाएका थिए । टेलीभिजनबाट अप्रत्यक्ष रूपमा संसद बैठकको दृश्य देखेका विद्यार्थीहरूले आफै संलग्न भएर प्रत्यक्ष रूपमा त्यसको भुमिका निर्वाह गर्न पाएकोमा आफुहरूलाई नयाँ अनुभव मिलेको बताए । संसद बैठकको जस्तो झल्को दिनेगरि विद्यार्थीहरूले सञ्चालन गरेको नमुना संसद बैठकमा स्थानीय जनप्रतिनिधिदेखि, अभिभावक, नागरिक समाज एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?