ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

मैनहिया–सम्पत्तिया क्रसबोर्डर लाइन तयार : २०० मेगावाट विद्युत प्रवाह हुने

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण लाइनको संरचना छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार भएपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्यत् व्यापार थप सहज बन्नेछ ।
१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

बुटवल, १९ पुस ।

रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनका लागि तयार भएको छ ।

मैनहियादेखि भारतको सम्पतियासम्मको १३२ केभी प्रसारण लाइन चार्ज गरी सफल परीक्षण समेत गरिएको छ । परीक्षण सफल भएसँगै अव यो प्रसारण लाइनबाट भारतमा विद्युत निर्यात गर्ने बाटो खुलेको छ । भारतको ठूलो राज्य उत्तर प्रदेशसँग पहिलो तथा छोटो १३२ केभीको लाइन रहेकोले यो लाइनबाट नेपालले अधिकतम विद्युत निर्यात गर्न सक्नेछ ।

भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा.एस जयशंकरले संयुक्तरुपमा उद्घाटन गरेसँगै संचालनमा आएको हो ।

यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसनसमेत सियारी गाउँपालिकाको मैनहियामा निर्माण गरिएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनवा) सबस्टेसन जोडेर प्रसारण लाइन बनाइएको हो ।

मुलुकमा उत्पादित विद्युत् भारत निर्यात गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिएको हो । “भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन तयार भएर सफल परीक्षण भएको छ,” आयोजना प्रमुख हरिप्रसाद पाण्डेले भने ।

मुआब्जासहित १ अर्ब २५ करोड  रुपियाँ लागतको यो आयोजनाबाट १८० देखि दुई सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री गर्न सकिने उनले जानकारी दिए ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण लाइनको संरचना छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार भएपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्यत् व्यापार थप सहज बन्नेछ ।

२८.५ किलोमिटर लामो आयोजनामा नेपालतर्फ ९६ र भारततर्फ ५ वटा टावर बनाइएको छ। ‘यो आयोजनाअन्तर्गत नेपालतर्फ २८ किलोमिटर लाइन निर्माण गरिएको छ, भने बाँकी ५०० मिटर भारततर्फ पर्छ,’ पाण्डेले भने, ‘नेपालतर्फको लाइन ६ महिनाअघि नै चार्ज गरिएको थियो, भारतसँग जोडेर पुस १७ गते मात्रै चार्ज भयो ।’

आयोजनामा नेपाल सरकारको लगानी छ । मैनहिया सबस्टेसनबाट सुरु प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण भएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैठौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।

यसपछि २०७६ कात्तिकमा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू–नौतनवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?