ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

तिनाउ सभ्यता जोगाउन मुहानमा ‘वायो इन्जिनियरिङ्ग’

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

बुटवल, १९ पुस । रूपन्देहीका विभिन्न पालिकाको भूमि सिंचाईंको मुख्य नदीको रूपमा रहेको छ तिनाउ । पाल्पा जिल्लाका विभिन्न स्थानमा मुहान भएर बग्ने यो नदीको संरक्षणका लागि ठोस पहल हुन सकीरहेको छैन । नदीको मुख्य मुहान नै संरक्षण गरेमात्र यसको स्रोतको दिगोपना ल्याउन सकिन्छ । तर यसमा विभिन्न पालिकाहरूले भने चासो देखाएका छैनन । तिनाउ गाउँपालिकाको एकल प्रयासबाट तिनाउ जलाधारको संरक्षणका प्रयास निरर्थक प्रायः भएका छन् ।

नदीको मुहान संरक्षणका लागि पछिल्लो समयमा तिनाउ सामुदायिक वन समन्वय समिति पाल्पाले गाउँपालिकाको पहलमा मुहान संरक्षण र वायो इन्जिनियरिङ्गको काम जारी राखेको हो । खासगरी नदीको मुख्य मुहानमा पानीको स्रोत नष्ट हुन बाट जोगाउनको लागि यस्तो प्रकृतिको अभ्यास गरिएको सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका अध्यक्ष दल बहादुर गुरुङ्ग बताउँछन् ।

प्राविधिक भाषामा बायो इन्जिनियरिङ भनेको ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा बायो इन्जिनियरिङ गरिएको छ ।, कास, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवन जस्ता बिरुवा रोपीन्छ । यसले एक तर्फ पहिरो खस्नाबाट जोगाउँछ भने अर्कोतर्फ पानीको मुहान सुख्नबाट जोगाउँछ । भूक्षय हुने पहिरो जानबाट बायो ईन्जीनिरिङ्गले रोक्छ । भने हरियाली बनाउने काम गर्दछ । यसैगरी हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने काम गर्दछ । माटोको माथिल्लो करिब पाँच इन्च भागमा रुख बिरुवाका जराले समाएर बलियो बनाउनका लागि बायो इन्जिनियरिङ गर्ने गरिन्छ ।

हेर्दा सामान्य देखिएपनि माटो काट्ने र नयाँ निर्माण गर्ने क्षेत्रमा बायो इन्जिनियरिङ निकै महŒवपूर्ण हुने र बायो ईन्जीनीयरिङ्ग गरिएको क्षेत्रमा पानीले माटो बगाएर नोक्सान पनि नहुने भूगर्वविद भोजराज कडेरिया बताउँछन् ।

वन समन्वय समिति तिनाउ पाल्पामा बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाबाट प्राप्त आर्थिक सहयोगबाट वृक्षरोपण (पछिल्लो समयमा आयमुखी फलफूलका बेर्ना रोपिएको छ भने वनप्रतिको निर्भरता घटाउने कार्यक्रम) आधुनिक र सुधारिएको चुल्हो निर्माण गरेको छ । मुहान संरक्षण र वायो इन्जिनियरिङ्ग को काम समेत जारी रहेको हो । यस्तै नदी किनारका बस्तीहरूमा शौचालय निर्माण, वन उपभोक्ताहरूलाई सशक्तिकरण, वन डढेलो नियन्त्रण सम्बन्धि विविध गतिविधी सञ्चालन समेत गर्दै आएको अध्यक्ष दल बहादुर गुरुङ्ग बताउँछन् । समन्वय समितिले वन विनाश रोक्नका लागि वन उद्यम र कृषि वनमा जोड दिने र वनप्रतिको निर्भरतालाई घटाउँदै आयमुखी काममा समूहहरूलाई सञ्चालन गर्ने योजना समेत बनाएको छ ।

यस्तै वन, वातावरण र जैविक विविधता संरक्षणका लागि विद्यालयका ईको क्लवलाई सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने । स्थानीय महिला समूह,युवा क्लब, गोठालाहरूलाई संरक्षणसम्बन्धी सचेतनामुखी कार्यक्रम सञ्चालन गर्ने । वनबाट आम्दानी बढाउन अम्रिसो, दालचिनी लगायतका विरुवाहरू लगाउन, गरिएका वृक्षरोपणहरूलाई जोगाउन सिंचाई,मल र हेरचाहको प्रवन्ध मिलाउने समेत कामलाई जोड दिने गरी तयारी गरिएको हो ।

यो क्षेत्रमा जलस्रोतको मुख्य स्रोतको रूपमा रहेको तिनाउ नदिको मुख्य मुहन पाल्पाको रैनादेवी ( मेहल्धाप) र पूर्वखोला (लेमधेम) मा रहेको छ । रैनादेवीतिरबाट बग्ने खोला दोभान हो भने पूर्वखोलाबाट बग्ने झुम्सा खोला हो भने यो खोलामा गोठादी खोला, बाउन्ने खोला,झेर्दी खोला,उटुवा खोला, चकाल्दी खोला लगायतका ससाना खोलाहरू मिसिएका छन् ।

यो खोला पाल्पाको तिनाउ गाउँपालिकाको वडा नं. २ र ३ मा आएर मिसिन्छ र दोभान बन्छ । दोभानबाट बुटवलतिर बग्दै आउँदा तिनाउ,तिलोत्तमा नदी समेत भनिन्छ । बाँडिएको तिनाउ खोला कोटहीमाइ गापाको वडा नं. ५ तेलियागढको दुईमुहानमा आएर जोडिन्छ अनि दानव नदी बन्छ । मुहन देखि भारतको दशगजासम्म ९७ किलोमीटर नीनाउ नदी रहेको छ । यो नदीमा थरिका ४१ थरिका माछा पाइने भएपनि रैथाने माछाहरू विस्तारै लोप हँुदै गएका छन् ।

तिनाउ नदीबाट बुटवलको चिडियाखोलाबाट नेपाल खानेपानी संस्थानबाट दैनिक एक लाख १० हजार लिटर पानी संकलन र वितरण गर्छ भने तिनाउको झुम्साबाट ८० हजार लिटर दैनिक पानी ल्याउने तयारी भैरहेको छ ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेले केही घरको समस्या समाधान भएपछि अवको चैत महिना सम्ममा झुम्साको पानी बुटवल ल्याउने गरी तयारी भैरहेको जानकारी दिए । उनका अनुसार तीनाउ नदी संरक्षणको लागि प्रत्येक बर्ष पाल्पाको तिनाउ गाउँपालिकालाई १५ लाख रूपैयाँ को कार्यक्रम दिँदै आएको समेत जानकारी दिए । एकल प्रयासबाट मात्रै तिनाउको संरक्षण नहुने भन्दै उनले यसको लागि साझा पहल, अभियान र योजनाबद्ध विकास आवश्यक रहेको बताउँछन् । तिनाउ नदीबाट तिनाउ हाइड्रो प्रोजेक्टको एक मेघावाट विद्युत उत्पादन समेत भैरहेको छ । बुटवलको कन्याढुंगाबाट १६÷३६ संयुक्त सिंचाई प्रणालीले सिंचाई गरेको छ । जसबाट शंकरनगर, मणिग्राम लगायतका १० हजार हेक्टर जमीनमा सिंचाइ ।

बुटवलको उजिरसिंह किल्ला नजिकैबाट नयाँगाउँ, बेलबास, सेमलार मोतीपुर लगायतका स्थानहरूमा चारतपाह सिंचाई प्रणालीमार्फत साढे चार हजार हेक्टर जमीन सिंचित रहेको छ । पाल्पाको तीनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठले तिनाउ नदी मात्रै नभएर यो एउटा सभ्यता समेत भएको कारण यसलाई जोगाउन आवश्यक रहेको बताउँछन् । उनी भन्छन्–‘यो एउटा नदी मात्रै होईन, यहाँ रामापिथेकसको सभ्याता समेत जोडीएको छ । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?