ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

ट्रंक लाइन विवाद : उद्योगीको बिद्युत काटियो, आन्दोलन गर्ने चेतावनी

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

भैरहवा, १९ पुस ।  शुक्रबार रातीदेखि बिद्युत प्राधिकरणले आफ्नो उद्योगमा बिद्युत काटेको घराना फुड्सका सन्चालक बिनय गोयन्काले दुखेसो ब्यक्त गरे । गोयन्का भन्छन्, ‘हामी माथि घोर अन्याय गरेको छ ट्रंक लाइन भनेर नाजायज बिलिङ गर्यो ५ करोड ९ लाख रुपियाँ पुर्याएको छ ।’ ‘बिद्युत प्राधिकरणले लाइन काटेर अन्याय गरेको छ त्यसको घोर भर्सना गर्दै अरू उद्योगको लाइन नकाटोस भनेर बिद्युतलाई भनेका छौं नियमित बक्यौता तिरेका छौं ।’ गोयन्का भन्छन्, ‘उच्च अदालतमा बिचाराधिन हाम्रो मुद्दा हुंदा हुँदै हामीलाई अन्याय भएको छ । हामीले ट्रंकलाइन मागेकै होइनौं । अब हामी अरू उपचार तर्फ पनि लाग्छौं ।’

रूपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरूले विद्युत काटिएका उद्योगहरूको लाइन पुनः निःशर्त जडान गर्न माग गरेका छन् । उद्योगीले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरूले नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रंकलाईनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको छुट बिलका विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेट प्लाष्टमा शुक्रबार राति देखि लाइन काटेको थियो ।

उद्योगी चन्द्रमान श्रेष्ठले २ वटा उद्योगको लाइन काटिएको हुंदा ज्ञापन पत्र दिन आएको बताए । हामीले प्रयोग नगरेको, हामीले तिर्नै नपर्ने रकम भएको श्रेष्ठ बताउँछन् । ‘कसैले २० घन्टा लगातार प्रयोग गरे तिर्ने हो हामीले लगातार २० घन्टा चलाएकै छैनौं । प्रसारणपनि गरेका छैनौं यसमा हाम्रो बिरोध हो ।’ यदि काटेको लाइन आइतबारसम्म जडान भएन भने आइतबार बाट सबै उद्योग बन्द गरि शान्तिपुर्ण धर्ना गर्ने श्रेष्ठले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बिना जानकारी उद्योगीको लाईन काटिएको बताउँछन । उनले उद्योगमा लाईन काटिदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए ।

पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले कुनै उद्योगको हितको लागि यस्तो नीतिले २२ उद्योग मर्कामा परेको बताए । ट्रंक लाइन भन्दै एक्कासि चिठि आउँदा उद्योगलाई अन्याय गरिएको साहुको भनाइ छ । नियमित मासिक बिल तिर्ने तर ट्रंक लाइनले नाजायज शुल्क उद्योगीसंग माग्नु गलत भएको उनको तर्क छ । सेवा सुबिधा नै नपाइ कसरी उद्योगलाई ट्रंक लाइन दियो उनको तर्क छ ।

उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउञ्जेल उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने साहुले बताए ।
विद्युत प्राधिकरणले उद्योगहरूमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन

काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरू त्रसित भएको ज्ञापनपत्रमा बताइएको छ ।
‘प्राधिकरण भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा हामी १३ वटा उद्योगहरूको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको औद्योगिक फिडर (भैरहवा पुरानो र न्यू २) बाट फिडर परिवर्तन गरी अमुवा भरवलिया प्रशारण ट्रंकलाईनमा वितरण केन्द्रको आफ्नै बाध्यताका कारणले सार्नुपरेको परिपेक्षयमा न्यायसम्मत नरहेको छुट बील २०७५ देखिको जारी गरिएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?