ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

खानेपानी संस्थामा ठूला तीन दलको मिलेमतोविरुद्ध विद्रोह, स्वतन्त्र उम्मेदवारको जित

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

बुटवल,१९ पुस । खानेपानी, सामुदायिक बन,सिंचाई लगायत सार्वजनिक संस्थाहरुमा सीमित दलबीच हुने गरेको दलीय भागवण्डा, नियन्त्रण र मिलेमतोविरुद्ध तिलोत्तमामा विद्रोह शुरु भएको छ ।
आनन्दवन शंकरनगर खानेपानी संस्थामा नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी मिलेर आफू अनुकूलका व्यक्तिलाई पदाधिकारी र कार्यसमितिको भागबण्डा गरेर अधिवेशन गर्न लागेपछि पार्टीभित्रैबाट विद्रोह भएको हो ।

खानेपानी संस्थाको नेतृत्व चुन्ने पार्षद र क्षेत्रीय सदस्यका लागि बुधबार भएको चुनावमा क्षेत्र नं १ को संयोजकमा तीन दलको साझा उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बाला कुंवरले दोब्बर मतले पराजित गरेका छन् । तीन दलीय गठबन्धनका उम्मेदवार डोलराज भण्डारीलाई जनमुक्ति पार्टीका उम्मेदवारले समेत पछि पारेर दलीय गठबन्धन र निरंकुशतालाई चुनौति दिएका छन् । आफूले राजनीति भन्दा उपभोक्ताको हितमा इमान्दार ढंगले काम गर्द आएकाले उपभोक्ताले गठबन्धनलाई नरोजी स्वतन्त्र उम्मेदवारलाई रोजेको कुंवरले प्रतिक्रिया दिए । आफू अब संस्थाको स्वतः कार्यसमिति सदस्य हुने भएकाले अब संस्थालाई राजनीतिक दलबीचको हुने भागबण्डा र हस्तक्षेपबाट टाढा राख्न प्रयास गर्ने बताए ।


तीन दलका उम्मेदवार भण्डारीले ७२ मत पाउंदा कुंवरले १३३ मत पाए भने जनमुक्ति पार्टीका चन्द्रबहादुर श्रीसले ७४ मत ल्याए । यस्तै उक्त क्षेत्र भित्रका ८ वटा ब्लक मध्ये ३ नम्बर ब्लकमा जनमुक्ति र ५ नम्बर ब्लकमा स्वतन्त्र उम्मेदवारले पार्षद जितेका छन् ।

यो खानेपानी संस्था अन्तर्गत ९ वटा क्षेत्र छन् । भोलि २० गते हुने क्षेत्र नं २ को ब्लक ७ को सदस्य (पार्षद) को चुनावमा पनि गठबन्धनबाट एमालेभित्रैबाट विद्रोही उम्मेदवार छन् । एमालेले निवर्तमान नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ भने एमालेकै नेता विष्णुप्रसाद पाण्डेले तामनाथलाई चुनौति दिदैछन् । कांग्रेस र एमालेबीच अध्यक्ष पदमा कांग्रेसका किशोर सुवेदी र उपाध्यक्षमा एमालेबाट तामनाथ पाण्डेलाई उम्मेदवार बनाउने गरी भागबण्डा भएको छ ।

खानेपानी संस्थाका वर्तमान अध्यक्ष केशवराज न्यौपानेले आफूले आफ्नो कार्यकालमा ३ वटा ओभरहेड टंकी निर्माण गरेको र अधुरा योजना पूरा गर्न एक कार्यकाल दोहोरिने चाहना राख्दा दलको हस्तक्षेप भएको गुनासो गरे । आफूले संस्थागत सुशासन, आर्थिक मितव्ययिता र राम्रो काम गरेको हुंदा उपभोक्ताको मन जितेको भएपनि दलीय गठबन्धन गरेर आफूलाई एक कार्यकाल काम गर्नबाट रोक्न खोज्ने प्रपञ्च भएपछि उपभोक्ताले स्वतन्त्र उम्मेदवारलाई जिताइदिएको न्यौपानेले बताए ।

‘खानेपानी भनेको उपभोक्ताको संस्था हो, यसमा दलको राजनीति र हस्तक्षेप उपभोक्ताले स्वीकार गर्दैनन’–उनले भने–‘ पार्टीहरु मिलेर आफूले नचाउन सक्ने मान्छे उम्मेदवार बनाउने काम गलत हो, संस्थामा खटेर काम गर्नेलाई जिताउनुपर्छ भन्ने सन्देश क्षेत्र नंं १ को सदस्य र ब्लकहरुमा भएको चुनावको परिणामले देखायो’ । पार्षदहरुले आग्रह गरे आफू एक कार्यकाल संस्थाको नेतृत्व गरेर जान तयार रहेको न्यौपानेले खुलाए ।
खानेपानी संस्थाका उपभोक्ता भरत भुसालले खानेपानी, सिंचाई, सामुदायिक वन जस्ता श्रोतहरुमा दलीय सहमतिका नाउमा सीमित ब्यक्तिहरुको नियन्त्रण बिरुद्द भुईमान्छेहरुले भद्र अवज्ञा शुरु गरेका र यसले दलका मठाधिसहरुलाई नागरिकको अपेक्षा बुझ्न प्रेरित गर्ने प्रतिक्रिया दिए । उपभोक्ताले दलीय भागवण्डालाई अस्वीकृत गरेर मतदान मार्फत राम्रो काम गर्नेलाई चुन्न पाउनु नै सांचो अर्थमा लोकतन्त्र हुने भुसालले बताए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं २ की सचिव संगिता गौतम अर्यालले अब नागरिक र उपभोक्ता धेरै सचेत भइसकेकाले दलहरुले भागबण्डाका नाममा गर्ने जुनसुकै निर्णय स्वीकार गर्दैनन् भन्ने आनन्दवन शंकरनगर खानेपानीको पाषदको चुनावले देखाएको टिप्पणी गरिन् । दलभित्रैबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेर जितेका बाला कुंवरलाई बधाइ दिंदै उपभोक्ताले ठूला दलको मिलेमतो हैन, राम्रा उम्मेदवार छनोट गरेकोमा खुशी व्यक्त गर्दै अर्यालले बुधबार सांझ लामो स्टाटस लेखेकी थिइन् तर बिहीबार बिहान उक्त स्टाटस डिलिट गरिएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा अध्यक्ष भोमबहादुर बुढाले खानेपानी संस्थामा सीमित दलको मात्र गठबन्धन करोडौंको वजेटमा आफूखुशी रजाई गर्न, उपभोक्तालाई चर्को शुल्कमा धारा जडान गर्न वाध्य बनाउन मात्र भइरहेको तर उपभोक्तालाई छुट र सहुलियत दिने,पानीको महसुल सस्तो बनाउनेमा कुनै मतलब नभएको दावी गरे ।

तीन दलको मिलेमतोको विपक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, गठबन्धन नरुचाउने कांग्रेस र एमालेकै नेता कार्यकर्ता र स्वतन्त्र मत राख्ने उपभोक्ता उभिंदा तीन दलको गठबन्धनले सोचे जस्तो परिणाम नआउने संभावना बलियो  छ ।

संस्थामा ८ हजार ५ सय बढी धाराका उपभोक्ता सदस्य छन् । पुस २६ गतेसम्म ९ वटा क्षेत्रमा हुने चुनावले ११ जनाका दरले ९९ जना पार्षद चयन गर्छ । १२४ जना कुल पार्षद मतदातामा १५ जना पुर्व कार्यसमति सदस्य,३ जना लेखा समति सदस्य र ८ जना मनोनित गर्ने विधानमा व्यवस्था रहेको अध्यक्ष केशवराज न्यौपानेले बताए ।

क्षेत्रीय सदस्यमा निर्वाचित पार्षदहरु स्वतः कार्यसमति सदस्य हुन्छन् । संस्थाको नयां नेतृत्वका सन्दर्भमा शुरुमा माओवादी पनि कांग्रेस र एमाले गठबन्धन विरुद्ध उभिएको थियो तर पछि केही पद पाउने भएपछि तीन दलबीच गठबन्धन भएको हो । तीन दलको गठबन्धन विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले अअसहमति जनाउंदै निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न अडान लिएपछि चुनावी प्रकृया शुरु भएको हो ।

रास्वपा तिलोत्तमाका अध्यक्ष रुस्तम कंडेलले ठूला दलहरुबीच सार्वजनिक संस्थाहरुमा हुने भागबण्डा र मिलेमतोले भ्रष्टाचार र अपारदर्शितालाई मलजल गरिरहेको बताए । यस्ता संस्थाहरुलाई राजनीतिक दलको नियन्त्रणबाट टाढा राख्नुपर्ने उनले बताए ।
पुस २६ सम्म पार्षदहरुको क्षेत्रगत चुनाव सकिएपछि संस्थाको अध्यक्ष,उपाध्यक्ष,लेखा समिति र कार्यसमिति सदस्यहरुको चुनाव हुनेछ । संस्थामा महासचिव,सचिव कोषाध्यक्ष  जस्ता पदहरु नभएको अध्यक्ष न्यौपानेले बताए । निर्वाचनका लागि माधव पाठक संयोजक भएको निर्वाचन समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?