Butwal Today

सत्ता गठबन्धनमा राष्ट्रियसभाको सिट भागबण्डामा भएन सहमति

१९ पुष २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेताहरुको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगिनसकेको बताए। उनले आज साँझ वा शुक्रबार बिहान पुन: बस्ने गरी बैठक सकिएको बताए।
सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ। नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेताहरुको बीचमा छलफल भएको छ।
प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए। आगामी माघ ११ गते रिक्त हुन लागेका १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ। त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिक छ।