ट्रेंडिंग:

>> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू

दाङमा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु गरिने

१९ पुष २०८०, बिहीबार
१९ पुष २०८०, बिहीबार

दाङ, १९ पुस ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले यही पुस १६ गते तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा आठ वर्षका उत्तम चौधरीलाई ठक्कर दियोे । बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिदा चौधरीको घटनास्थमै मृत्यु भयो । तीब्र गति तथा ओभर टेकका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको तथा विद्यालय क्षेत्रका सडक सुरक्षित हुन नसकेको भन्दै जिल्लामा बुधबार सरोकारवालाबीच छलफल भएको छ । उक्त घटना विद्यालय क्षेत्रमा भएका कारण सडक सुरक्षासँगै दुर्घटना न्यूनीकरणका विषयमा जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलमा घोराही–तुलसीपुर र घोराही–लमहीको सडकमा टाइम कार्ड लागू गर्ने निर्णय भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायीको सहमतिमा टाइमकार्ड लागू गर्ने सहमति भएको हो । जसका लागि गृहकार्य गर्न यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई बैठकले अनुरोध गरेको छ ।

दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लले लमही–घोराही–तुलसीपुर सडक खण्डमा एक सय ८० गाडी नियमित संचालन हुने गरेको जानकारी दिए । उनले लमही–घोराही सडक खण्डमा एक घण्टा पाँच मिनेट र घोराही–तुलसीपुर सडक खण्डमा एक घण्टा ५० मिनेट समयको प्रस्ताव गरे । तिब्र गतिका कारण दुर्घटना हुने भएकाले यसलाई कम गर्नका लागि सडकमा टाइम कार्ड लागु गरेर परीक्षण गर्ने बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न सर्वपक्षीय रुपमै काम गर्न थालिएको जानकारी दिए । ‘ साइरन वाला गाडी र अत्यावश्यक बाहेकका सबैको हकमा टाइमकार्ड लागू गरिन्छ,’– उनले भने– ‘गाडी र चालकको स्वास्थ्य परीक्षण गरिनुपर्छ । दुर्घटना न्यूनीकरण गर्न सडक गति नियन्त्रण यन्त्र पनि प्रयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।’

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले दुर्घटना न्यूनीकरणका लागि गाडिको गति सीमित गर्नु पर्ने बताए । उनले विद्यालय क्षेत्रमा जानकारीमूलक बोर्ड राख्न सडक डिभिजनसँग सहकार्य गर्ने बताए । घोराही तुलसीपुर फोरलेन सडक मर्मत भए पनि दुर्घटना कम हुन नसकेको बताए । जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले विद्यालय क्षेत्रमा जानकारीमूलक बोर्ड, जेब्रा क्रसिङ, र गति बोर्ड राख्नुपर्ने र गति नियन्त्रण गर्न टाइमकार्ड लागु गर्नुपर्ने बताए । दुर्घटना भैसके पछि पछुताउनु भन्दा पहिले नै सचेत हुनुपर्ने बताए । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले दुर्घटना न्यूनीकरणका लागि तीब्र गति नियन्त्रणका लागि यातायात व्यवसायी जिम्मेवार बन्नुपर्ने बताए । गाडीका चालकले यात्रुराख्ने प्रतिष्पर्धा गर्न नहुने बताए ।

त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले गाडी चालकहरुको बिचमा अस्वस्थ प्रतिष्पर्धालाई निरुत्साहन गर्नुपर्ने बताए । सडकमा सवारी र चालकको स्वास्थ्य परीक्षण र चालकलाई प्रशिक्षणलगायतका विषयमा राज्यले भूमिका खेल्नुपर्ने बताए । दुर्घटना न्यूनीकरणका विषयमा यातायात व्यवसायी गम्भीर रहेको बताए । राप्ती यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले सवारी दुर्घटनामा पाँच लाख रुपैयाँ बिमावापत दिइने रकमलाई प्रिमियम थपेर १० लाख रुपैयाँ बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष घनश्याम केसीले सडक सुरक्षाका लागि टाइम कार्ड लागु गर्ने भएमा मन्त्री, नेताका गाडिलाई पनि यो लागु हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?