ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सृजनाको ‘घरेलु सृजना’

५ सय रूपैयाँको कच्चा पदार्थ ल्याएर सुरुवात भएको उनको फार्मले अहिले उद्योगको रूप लिएको छ । घरमा नै खाली समयको सदुपयोग गरी विभिन्न प्रकारका अचार, बाटेको धुप, सुत्ेकरी मसला, सिन्की, मस्यौरा लगायतका परिकार उत्पादन गर्दैै बिक्री वितरण गर्दै आएकी हुन ।
१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

बुटवल, १८ पुस । जन्मदा समान्य देखिएपनि विस्तारै छोरीमा बौद्धिक अपाङ्गता देखियो, पछि अटिजम पनि, बौद्धिक प्लस अटिजमको सामस्या भएपछि उनले छोरीलाई कहि कतै पनि एक्लै छाड्न मिल्दैन । छोरीको निरन्तर हेरचाह गर्नुपर्ने, अन्य स्थानमा रोजगारी समेत गर्न नमिल्ने भएपछि बुटवल–१२ नयाँ गाउँकी सृजना अर्याल पाण्डेले एउटा जुक्ती निकालिन् अब घरबाट नै विभिन्न प्रकृतिका खाद्यान्न उत्पादन गर्ने र विक्रि वितरण गर्ने ।

पाँच बर्ष पहिला तामनगरसिकाई केन्द्रमा उनले तालिम लिएपछि अहिले सिकेको सिपलाई पूर्णरूपमा व्यहारमा लागू गर्दै आएकी उनले एक जना साथी समेट भेटाईन् । सुन्जु थापा । उनी तिनै सञ्जु थापा संग मिलेर अहिले घरमा नै विभिन्न प्रकृतिका अचार, मासुको अचार, बाटेको धुप, सिन्की, मस्यौरा, सुत्केरी मसला लगायतका खाद्यान्न उत्पादन गर्दै विक्रि वितरण गर्दै आएकी छिन् ।

उनले उत्पादन गरेको सामग्री आफु विभिन्न कार्यक्रममा जाँदा लगेर विक्रि वितरण गर्दैै आएकी छिन् । उनि भन्छिन्–‘अर्डर आउन साथ हामी विवाहको लागि चाहिने साईपाटा, दशै तिहारको लागि चाहिने रोटी, सेलरोटी लगायतका परिकार समेत बनाएर विक्रि गर्दै आएका छौ ।’
अन्य आम्दानीको स्रोत नभएको कारण सोही विक्रि बाट उनी दुई जनाको घर परिवार चलेको छ । बुटवल–१२ नयाँ गाउँमा ‘आमाको घर श्रीम अचार’ नाम दिएर सुरुवात भएको ५ बर्ष जति भयो । यसको प्रमुख सञ्चालक नै सृजना अर्याल पाण्डे हुन ।

उनले विभिन्न स्थानबाट संकलन गरिएको कच्चा पदार्थलाई प्रसोधन गरेर अचारका विभिन्न परिकार बनाउदै विक्री गर्दै आएकी हुन । कार्यक्रममा जाँदा, सहभागी हुँदा उनले आफूले उत्पादन गरेको सामान लैजाने गर्दछिन्, जसलाई साथीहरू, अतिथिहरूले समेत खरिद गरेर सहयोग समेत गर्र्दै आएका छन् ।

सामान्य अन्य अचार तथा परिकारको बजार मूल्य भन्दा उनीहरूले उत्पादन गरेको अचार जन्य उत्पादन, अन्य परिकार सस्तो पनि छ । उनी भन्छिन्–‘हामी बजार मूल्य भन्दा सस्तोमा दिन्छौ, कुनै पनि केमिकल प्रयोग गर्दैनौ ।’ ५ सय रूपैयाँ को कच्चा पदार्थ ल्याएर सुरुवात भएको उनको फार्मले अहिले उद्योगको रूप लिएको छ । घरमा नै खाली समयको सदुपयोग गरी विभिन्न प्रकारका अचार, बाटेको धुप, सुत्ेकरी मसला, सिन्की, मस्यौरा लगायतका परिकार उत्पादन गर्दैै बिक्री वितरण गर्दै आएकी हुन ।

अन्य आम्दानीको स्रोत नभएको अवस्थामा यी नै सामाग्रीविक्रि वितरण बाट नै घर चलाउदै आएको उनको तर्क छ । घरमा नै पूर्णरूपमा अर्गानिक रूपमा उत्पादन गरेका परिकारहरूमा कुनै पनि बाह्य केमिकल नमिसाउने उनी बताउँछन् ।

उनीहरूले उत्पादन गरेको विभिन्न परिकारको प्रसार प्रसार अझै व्यापक रूपमा हुन सकेको छैन । घरमा नै अर्गानिक रूपमा उत्पादन गरिएको कारण एक पटक प्रयोग गरेका उपभोक्ताहरूले अर्को पटक पनि खरिदको लागि आर्डर दिने र लैजाने गरेका छन् ।

स्थानीय निकायले महिलाहरूले गरेको यो उद्यमको प्रवद्र्धनमा भने कुनै पहल गरेको छैन । यसको लागि सरोकारवाला निकायबाट सहयोगको अपेक्षा गरेको उनीहरूको भनाइ रहेको छ । अहिले घरेलु उपकरणको प्रयोग गरेर उत्पादन गर्दै आएको यी परिकार, समानको कुनै निकायबाट सहयोग भएमा मेसिन, उपकरण जडान गरी उद्योगकै रूपमा सुरुवात गरिने सोँच समेत बनाएको अर्यालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?