Butwal Today

बिहेको पात टिपेर फर्कदा टेक्टर दुर्घटनामा परी २८ घाइते

१८ पुष २०८०, बुधबार
अ+
अ-

दाङ, १८ पुस ।

बिहेको पात टिपेर फर्किदै गरेको महिला चढेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

बुधबार साँझ करिव ५ बजेर तिर लु २ त ५१६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु दिए ।

घाईते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेका छन् । घटना भएको जानकारी पाउन साथ प्रहरीको टोलि दुर्घटना स्थलमा पुगी उद्घार गरी २८ जना लाई उपचारकाका लागि लमही अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाईतेहरुलाई अस्पताल पुर्‍याईएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिए ।

गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशालाम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने बताएको छ ।