ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

गुल्मीमा किन घट्यो सुन्तला ?

१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

गुल्मी, १८ पुस । गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । गत बर्ष जिल्लामा छ हजार आठ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार पाँच सय ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

गत वर्ष पाँच सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको भएपनि यस वर्ष उक्त क्षेत्रफल वृद्धि भई छ सय २३ पुगेको छ । सुन्तला खेती गर्ने क्षेत्रफल बढेपनि यस वर्ष सुन्तलाको उत्पादन र उत्पादकत्व घटेको हो । गत वर्षको तुलनामा सय वर्ष जिल्लामा सुन्तला उत्पादनमा ११ प्रतिशत कमी भएको छ । गत बर्ष २९ करोडको उत्पादन भएकोमा यस वर्ष उक्त उत्पादन घटेर करिब २३ करोड ७८ लाखको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

सुन्तला उत्पादनको हिसाबले यो बर्ष १२ करोड ८४ लाखको सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । गत बर्ष जिल्लाबाट १३ करोड २१ लाखको सुन्तला निर्यात भएको बताईएको छ । यसरी सुन्तलाको उत्पादन घट्नुमा फल पातलो लाग्नु, फलका दाना साना हुनु र गत वर्ष भन्दा कम उत्पादनहुनु मुख्य कारण रहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

जिल्लामा सुन्तला खेती गर्ने परम्परागत प्रविधिको कारण ९५% भन्दा बढि सुन्तला बगैचा बिजु बोटका छन । बिजु बोटहरूमा फँेद र जरा कुहिने रोग सबैभन्दा बढि देखिएको धुर्कोट गाउँपालिकाका २ सुफलका कृषक शिबलाल खनालले बताए । उनले अधिकांस सुन्तला बगंैचामा मलखाद र शुक्ष्म तत्वको अभावका कारण पात पहेलोहुने, छिर्केमिर्र्के देखिने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने र सानो हुने, रसिलो फल नलाग्ने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिदै गएको कारण गत वर्ष भन्दा केही कमी आएको बताए ।

जिल्लाका १२ वटै पालिकाहरूमा सुन्तला खेती हुने गर्दछ । १२ पालिकाका अन्र्तगत ३७ वडामा सुन्तलाजात फलफुल जोन लागु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारमा सुन्तला खेतीका लागि चक्लाबन्दी शुरु गरिएको छ ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा छत्रकोटको लुम्छा, श्रृङ्गा रेसुङ्गा नगरपालिकाको भाडगाँउ, अर्खले, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन ।

यहाँका अधिकांस व्यवसायी कृषकहरूले आफ्नै लगानीका साथै केही स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा करिब ६० हेक्टर क्षेत्रफलमा सुन्तला रोपण गरेका छन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले पनि सुन्तलाको क्षेत्रमा काम गर्दै आएको छ ।

सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जातहरू पहिचान गरि तिनको व्यवसायीकरण गर्न शुरु गरेको छ । ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैचा व्यबस्थापनमा सुधारका लगायत मलखाद, सिंचाई र काँटछाँट गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा कुमारी पोख्रेलले बताईन ।

गुल्मीको सुन्तला निकै मिठो र स्वादिलो भएका कारण यहाँको सुन्तलाको माग जिल्ला भित्र र बाहिर उत्तिकै राम्रो मानिन्छ । व्यापारीहरू पनि कृषककै घरघरमा आएर बगैंचामै पुगेर सुन्तला खरिद गर्ने गर्दछन । सुन्तला कृषकहरूका लागि पनि मुख्य आम्दानीको स्रोत बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?