Butwal Today

रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु

१७ पुष २०८०, मंगलवार
अ+
अ-

काठमाडौं , १७ पुस । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।  मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।