ट्रेंडिंग:

>> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान 
१२ औं वार्षिकोत्सव विशेष

राष्ट्रिय आँखा रणनीति २०७९–२०८६, विद्यालयमा कहिले ?

संघीय सरकारको निर्णय बमोजिम स्थानीय तहमार्फत विद्यालयलाई बर्षको एकपटक अनिबार्य रूपमा विद्यार्थीको आँखा परीक्षण गर्न निर्देशन गरिसकिएको छ । तर पालिकाहरूले यसको कार्यान्वयनमा बेवास्ता गरिरहेका छन् ।
१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

“स्वस्थ्य आँखा, स्वस्थ समाज” भन्ने उद्देश्यका साथ सरकारले विद्यालय तहका विद्यार्थीको हरेक बर्ष आँखा परीक्षण गर्ने नीति छ । राष्ट्रिय आँखा रणनीति २०७९–२०८६ मा आँखा स्वास्थ्य सेवालाई विद्यालय स्वास्थ्य कार्यक्रममा समावेश गर्दैै विद्यालयमा हरेक बर्ष दृष्टि परीक्षण गरिने उल्लेख छ । मानिसका सबै अंग उत्तिकै महत्वपूर्ण हुन्छ तर आँखाबिना संसार अँध्यारो हुन्छ । आँखा स्वच्छ, सुन्दर, स्वस्थ हँुदामात्र त्यसले सुन्दर संसार देख्न सक्छ । भबिश्यका कर्णधार बालबालिकाको आँखा स्वस्थ भए मात्र स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै सरकारले यस्तो रणनीति ल्याएको हो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मा सरकारको निर्णय बमोजिम स्थानीय तहमार्फत विद्यालयलाई बर्षको एक पटक अनिबार्य रूपमा विद्यार्थीको आँखा परीक्षण गर्न निर्देशन गरिसकिएको बताउँछन् । महानिर्देशक शर्माले भने “रणनीतिमा उल्लेख भए अनुसार विद्यार्थीको हरेक बर्ष आँखा परीक्षण गर्ने जिम्मा स्थानीय तहको रहेको छ । सोही अनुसार हामीले रणनीति कार्यन्वयन गरेर विद्यालय तहका विद्यार्थीको आँखा परीक्षण गर्न स्थानीय तहलाई निर्देशन दिइसकेका छौं ।”

बुटवल उपमहानगरपालिकाका शिक्षा बिभागका टीकाराम पन्थीले भने नगरपालिकमा विद्यार्थीको आँखा परीक्षण गर्ने कुनै त्यस्तो खालको निर्देशन नआएको बताए । बालबालिकाको आँखा परिक्षण जस्तो संबेदनशील बिषय भएकाले निर्देशन आउने बित्तिकै बिद्यालयलाई परिपत्र गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यस्तै, बुटवल–४ लक्ष्मीनगरको लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक शान्ति सुबेदीले पनि सरकारले विद्यालय तहका बालबालिकालाई बर्षमा एकपटक आँखा अनिबार्य परिक्षण गर्नुपर्ने रणनीति ल्याएको थाहा पाएको भएतापनि स्थानीय तहबाट बालबालिकाको लागि अनिबार्य आँखा परिक्षण गर्नेपर्ने निर्देशन अहिलेसम्म नआएको बताईन् ।

उनले सरकारबाट निर्देशन नआएपनि बालबालिकाको आँखाको स्वास्थ्य जस्तो बिषयमा बिद्यालय संबेदनशिल भएको बताईन् । उनले बिभिन्न समयमा बिद्यालय आफैले बालबालिकाको आँखा परिक्षण गर्दै आएको पनि जानकारी दिईन् । “स्थानीय तहले बालबालिकाको अनिबार्य आँखा परीक्षण गर्न भनेर निदर्शेन दिएको छैन । बालबालिकाको आँखाको बिषयमा गम्भिर छौं । त्यसैले हामीले बिभिन्न समयमा बिभिन्न क्लबहरूको सहयोगमा बिद्यालयमा अध्ययनरत बालबालिकाको आँखा शिबिर सञ्चालन गरेर आँखा परिक्षण भने गर्दै आएका छांै,” उनले भनिन ।
अहिलेको समय डिजिटलको समय हो । प्रबिधिमा आएको बिकाससँगै मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ । त्यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ ।

आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिका आँखा बिग्रने सम्भावना धेरै हुने हँुदा बच्चाहरूको आँखा प्रत्येक वर्ष अनिवार्य जाँच गराउन अत्यन्तै आवश्यक रहेको बताउँछिन् त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पतालकी बालरोग आँखा रोग विशेषज्ञ डा.ज्योतिबाबा श्रेष्ठ । श्रेष्ठले बालबालिका बिद्यालय जान लागेपछि नै आँखाको भिजन चेक गर्नुपर्ने बताउँछिन

डा. श्रेष्ठले भनिन, कतिपय बच्चाको आँखा चिलायो र रातो भयो भने पढ्न ध्यान दिँदैन। त्यहि आँखा धेरै चलाएर बस्छन् । यसले गर्दा अध्ययनमा समेत असर गर्दछ । त्यसैले ५ देखि १५ वर्षको बच्चाहरूको प्रत्येक वर्ष भिजन जाँच गर्नु पर्दछ । स्कुल पढ्ने विद्यार्थीमा दृष्टिदोष समस्या देखिएर चश्मा लगाउनुपर्ने बताउँछिन । उनले अल्छी आँखा, ढेडो वांगो आँखा, आँखाको स्वास्थ्यमा सुरक्षा गर्न नसकेर आँखा पाक्ने जस्ता समस्या देखिन सक्ने बताइन् । त्यसको समयमा उपचार गराइएन त्यस्तै छोड्यो भनेपछि गएर बच्चाको आँखा नै बाङ्गो हुन सक्ने उनको भनाइ रहेको छ ।
“बच्चाहरू बाहिर खेल्ने जाने भएकोले आँखामा धूलो कसिंगर भित्र पसेर आँखा रातो र पाक्ने समस्या हुने गर्दछ । आँखामा एलर्जी आँखा चिलाउने, जस्ता समस्या बालबालिका देखिने गर्दछ,” उनले भनिन ।

उनका अनुसार जन्मजात देखिने समस्या अलि अलि देखिन्छ । बच्चामा जन्मजात मोतिविन्दु, जलविन्दु राती अध्यारोमा रतन्धो जस्ता समस्या देखिने गर्दछ । यस्तै उनले बालबालिकामा आँखाको क्यान्सर पनि हुने गरेको बताउछिन् । “बाहिर खेल्दा चोट लागेर आँखा फुटाएको पनि हामीसँग उपचार गर्न आएका हुन्छन्” उनले भनिन, “त्यसैले बालबालिकोको समयमा नै आँखा परीक्षण गर्नुपर्दछ । नेपालमा ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या रहेको पाइएको छ ।

नेपाल नेत्रज्योति संघले करिब ८ लाख बालबालिकाको आँखा परिक्षण गर्दा ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको जनाएको छ । संघका कार्यक्रम व्यबस्थापक रंजन शाहका अनुसार सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरूको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरूलाई निःशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको शाहले जानकारी दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?