ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण
१२ औं वार्षिकोत्सव विशेष

जनवादी विद्यालयः द्वन्द्वमा उदाए, शान्तिमा अस्ताए

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

स्कुलको बन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ खोलिएका जनवादी विद्यालयहरू अहिले एकादेशको कथा बनेका छन । सामन्ती सत्ताले शिक्षालाई हुने खाने वर्गको पेवा बनाएको, धनी र गरिबका छोरा छोरीले पढ्ने विद्यालय नै फरक फरक बनाएको भन्दै समान एवं वैज्ञानिक शिक्षा दिने भन्दै खोलिएका त्यस्ता विद्यालय अहिले ईतिहासको पानामा कैद भएका छन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको विशेष संरचनाको रूपमा रहेको केन्द्रीय आधार ईलाका भित्र रोल्पा, रुकुम र सल्यानमा एक/एक वटा जनवादी विद्यालय स्थापना गरिएका थिए । केन्द्रीय आधार ईलाकामा मात्रै ३ वटा जनवादी विद्यालय र ३१ वटा जनशिक्षालय संचालन गरिएका थिए । जनवादी विद्यालयमा कक्षा ४ सम्म र जनशिक्षालयमा कक्षा ३ सम्म पढाइ हुने गर्दथे । स्थानीय जनसत्ता मार्फत संचालन गरिएका ती जनवादी विद्यालयमध्ये एक हो शहीद स्मृती जनवादी नमूना विद्यालय थवाङ । माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिनको संझनामा सो जनवादी विद्यालय २०६१ साल फाल्गुन १ गते स्थापना भएको थियो ।

सरकार र माओवादी बीच भएको वृहत शान्ति संझौता संगै माओवादी सशस्त्र युद्धमा स्थापना भएका सवै संरचना विघटन गर्ने सहमति अनुसार सो विद्यालय समेत छिमेकी विद्यालयमा समायोजन भएको थियो । समायोजन पूर्व कक्षा ४ सम्म संचालनमा रहेको उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्रसहित ८७ जना विद्यार्थीले अध्ययन गर्दथे । आवासीय रूपमा ५० जना, अजम्वरी जनकम्युनबाट २४ जना र जनस्तरबाट १३ जनाले पढ्ने गरि कोटा निर्धारण गरिएको थियो । विद्यालयमा पार्टी सेल कमिटी,पार्टी शाखा,अखिल क्रान्तिकारी वाल ईकाइ, शिसु स्याहार, निर्माण र मेस गरि ७ वटा विभागको गठन गरिएको थियो । अध्यापनका लागि ५ जना शिक्षकको व्यवस्था गरिएको थियो । विद्यालयमा शहिद परिवारका ३४, जनमुक्ती सेनाका १७, कार्यकर्ताका ३२ र घाईते परिवारका ४ विद्यार्थीले अध्ययन गर्ने व्यवस्था मिलाइएको थियो ।

विद्यालयमा भाषा शिक्षा अन्तर्गत नेपाली भाषा, मातृ भाषा र अंग्रेजी भाषाको पढाइ हुन्थ्यो । यसैगरि समाज अन्तर्गत दर्शन, राजनीति, ईतिहास, अर्थशास्त्र, साहित्य र संस्कृती पढाई हुनुको साथै विज्ञान, स्वास्थ्य र वातावरण अन्तर्गत विज्ञान, स्वास्थ्य, वातावरण, सैन्य विज्ञान र शारीरिक शिक्षाको पढाइ हुने गरेको बताईन्छ । यसैगरि अन्य विषयका रूपमा गणित र ललितकलाको अध्ययन गराइन्थ्यो । नमूना गाउँका लागि जनशिक्षा र जनसाक्षरता अभियान संचालन गरेको तत्कालिन जनसत्ताको जनशिक्षा विभागबाट पाठ्यक्रम तयार हुने गर्दथे ।
उक्त विद्यालय हाल थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयमा समायोजन गरिएको वलभद्र मावि थवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिए । जनवादी विद्यालय रहेको सो स्थानमा हाल अर्काे विद्यालय संचालन भईरहेको छ घर्तीमगरले भने । प्रदेश सरकारको सामान्य आर्थिक सहयोगमा भवन मर्मत संभार गरि कक्षा ३ सम्म पठनपाठन गर्ने गरि अर्काे विद्यालय संचालन गरिएको छ घर्तीमगरले भने । युद्धकालिन सम्पत्तीको रूपमा उक्त विद्यालयलाई संग्राहलयको रूपमा सुरक्षित गर्नु पर्नेमा राज्यले वेवास्ता गरेको घर्तीमगरको भनाइ छ ।
सो समयमा जनवादी विद्यालयमा रहेका ५ जना शिक्षक मध्ये सवै आ–आफ्नो तरिकाले व्यवस्थापन भए पनि तत्कालिन व्यवस्थापक लालचन्द्र रोकालाई मावि थवाङमा निजि श्रोत शिक्षकको रूपमा व्यवस्थापन गरिएको घर्तीमगरले वताए ।
२०५७ साल अघिसम्म ध्वंस प्रधान थियो, २०५७ पछि ध्वंस र निर्माणको द्वन्द्वात्मक पद्धती अनुसार जनवादी विद्यालयको सुरुवात गरिएको हो घर्तीमगरले भने । महवपूर्ण ईतिहास बोकेको सो विद्यालयलाई संग्राहलयको रूपमा विकास गर्नुपर्नेमा सरकारको ध्यान पुगेको देखिदैन घर्तीमगरले भने ।

जनवादी स्कुलका हेडसर वडा कार्यालयका कर्मचारी

रोल्पा नगरपालिका वडा नं. १ धारपानीका जुमवहादुर महरा । उमेर ४९ वर्ष पारगरिसकेका महरा माओवादी सशस्त्र युद्धमा प्रत्यक्ष सहभागी भई लामो भूमिगत जीवन विताएका व्यक्ति हुन । माओवादी युद्धमा उनले करिव ६ वर्ष पूर्णकालिन कार्यकर्ताको रूपमा भूमिगत जीवन विताएका थिए । माओवादीको शिक्षा विभागले संचालन गरेको जनवादी विद्यालयका शिक्षक रहेका उनी जनयुद्धकालिन समयमा तुफान नामले परिचित थिए ।
माओवादी जनयुद्धको प्रभाव संगै सुरक्षाकर्मीले सामान्य समर्थक शुभचिन्तकलाई समेत गिरप्तार गर्ने कार्यलाई तिव्रता दिईरहेको थियो । गाउँकै एक आफन्तले प्रहरीको गिरप्तार लिस्टमा आफ्नो नाम पनि भएको सुनाएपछि जुमवहादुर प्रहरीको संभावित यातनावाट बच्नका लागि घरबाट निस्कने निष्कर्षमा पुगे । सोही अनुरूप २०५६ साल भदौ १ गते घरवाट निस्किए उनी । माओवादी कार्यकर्तासंग नियमित सम्पर्कमा भैरहने उनलाई भूमिगतपछि कसको सम्पर्कमा जाने भन्ने समस्या नै भएन । उनी माओवादीको सम्पर्कमा गएसंगै जनयुद्धमा पूर्णकालिन भएर लाग्ने निष्कर्षमा पुगे ।

होचो कद भएका कारण उनलाई हिँडडुल गर्न निकै मुस्किल हुन्थ्यो । सुरक्षाका कारण दिनभरी सेल्टरमा वस्ने र रातीको समयमा हिँड्नु पथ्र्यो । उनले पनि त्यसै गर्नु पर्ने भयो । रातमा हिँड्दा निकै मुस्किल भयो । लाईट वाल्न नपाईने भएका कारण हिँड्दा उनलाई कयौं पटक लडेर चोटपटक पनि लाग्यो । पूर्णकालिन माओवादी कार्यकर्तासँग हिँडेको देख्दा गाउँलेहरू उनलाई हेरेको हे¥यै हुन्थे । होचो कद भएकाले उनलाई माओवादी नेता कार्यकर्ता र गाउँलेहरूको माया गर्थे ।

अन्य माओवादी कार्यकर्तालाई भन्दा उनलाई बढीमात्रामा सुरक्षा चूनौती थियो । राम्रोसंग हिडडुल गर्न नसक्ने तथा स्पष्ट चिनिने शारीरिक संरचनाका कारण उनलाई थप सुरक्षित वातारणमा राख्ने चूनौती पार्टीलाई थियो । सोही अनुरूप उनलाई धेरै हिँडडुल नगर्ने गरि व्यवस्थापन गर्न पार्टीले जनवादी विद्यालयमा पढाउने जिम्मेवारी दियो ।

माओवादीको अति प्रभावित गाउँहरूमा खोलिएका त्यस्ता जनवादी विद्यालयमा माओवादी कार्यकर्ता र युद्धमा मारिएका शहिदका सन्तानले पढ्ने गर्दथे । उनले १ वर्ष रोल्पाको तेवाङमा रहेको लिस्ने जनवादी विद्यालयमा पढाए । नेपाली सेना र माओवादी सेनाको सोही ठाउँमा भिडन्त भएपछि उनलाई रोल्पाको फगाममा संचालनमा रहेको अर्को विद्यालयमा स्थानान्तरण गरियो । उनले त्यहाँ करिब १ वर्ष पढाए । फगाममा रहेको सो विद्यालयमा साँझ २ घण्टा पढाइ हुन्थ्यो ।

पार्टीको शिक्षा विभागले रोल्पा जैमाकसलामा संचालन गरेको नव चेतना जनवादी विद्यालयमा पढाउने गरि उनी २०५९ सालमा पुनः स्थानान्तरण गरिए । कक्षा ३ सम्म पढाई हुने सो जनवादी विद्यालयमा १ सय वढी विद्यार्थी थिए । उनी त्यहाँ प्रधानाध्यापकको रूपमा काम गर्ने गरि खटिए । उनी संगै अन्य स्टाफ पनि थिए । विद्यालयको प्रशासनिक र व्यवस्थापकिय कामका साथै पठनपाठन समेत उनको जिम्मेवारीमा प¥यो । माओवादीले संचालन गरेको विद्यालय भएका कारण सरकारी पक्षले जुनसुकै वेला पनि आक्रमण गर्न सक्ने खतरा थियो ।

त्यस्तो वेला साना वालवालिकालाई कसरी सुरक्षित गर्ने भन्ने उनी संगै चूनौती थियो । प्रहरीको उपस्थिति नभए पनि गाउँमा कहिले काँही सेना जाने गर्दथ्यो । सेना अप्रेशनमा जाँदा पढाई नै रोकेर उनी लगायतका अन्य शिक्षकहरू सेल्टर तिर जान्थे । उनले सो जनवादी विद्यालयमा २०६५ साल सम्म पढाइ । शान्ति प्रकृयाको करिब २ वर्ष सम्म उनले सोही विद्यालयमा अध्यापन गरे । दिउँसो विद्यालयमा पढाउने र साँझ विहान पार्टीको सांगठनिक काममा उनको समय बित्ने गथ्र्यो । युद्धकालिन अवस्थामा बनेका सवै संरचनाहरू सरकारले व्यवस्थापन गर्ने भनिए पनि अहिले जनवादी विद्यालयहरू अस्तव्यस्त भएकोमा उनी चिन्तित छन । आफूहरूले ज्यानको वाजी राखेर वैज्ञानिक शिक्षा दिने उद्देश्यले त्यस्ता विद्यालय संचालन गरेको भए पनि अहिले अधिकांश विद्यालय अस्तव्यस्त भएकोमा उनलाई दुःख लागेको छ ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर साम्यवादी समाज निर्माण गर्ने सपना सहित माओवादी आन्दोलनमा लागेका उनी जस्ता लाखांै युवाहरू विदेशी भूमिमा पसिना बगाई रहेका छन । उनलाई भने विदेश जान शारीरिक अवस्थाले साथ नदिँदा यतिवेला वडा कार्यालयको कर्मचारी भएका छन । स्थानीय तहको निर्वाचन पछि गठित स्थानीय सरकारले उनलाई रोल्पा नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्ने अवसर दिएको छ । कार्यालय गएर जनताको काममा सहयोग गर्ने उनको दैनिकी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?